2077 कार्तिक 05 बुधबार

आलु रोप्ने समयमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा

  |      15:14:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
आलु रोप्ने समयमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा

टीकापुर । आलु रोप्ने समयमा बजारमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन् । स्थानीय बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण किसान मर्कामा परेका हुन् ।

आलु बीउको मूल्य अत्यन्त महँगो भएपछि यहाँका स्थानीय बजारमा पसलैपिच्छे फरक फरक मूल्य भएका कारण किसान कुन पसलबाट बीउ किन्ने भन्ने अन्योलमा छन् ।

भारतीय सीमावर्ती बजारबाट आलुको बीउको आयातमा रोक लगाएपछि कैलालीको स्थानीय बजारमा यसको मूल्यमा अत्यन्त वृद्धि भएको किसानको गुनासो छ ।

कैलालीका बजारमा अहिले उन्नत आलुको बीउ प्रतिकिलो ९० देखि एक सय पाँच रुपैयाँसम्म बिक्री भइरहेका छन् । रातो र सेतो आलुको बीउ प्रतिकिलो रु। ७५ देखि ९० मा बिक्री भइरहेको छ । गतवर्ष यही समयमा आलुको बीउ प्रतिकिलो  ३० देखि ५० सम्म रहेको थियो ।

गत वर्ष पाँच विघा क्षेत्रफलमा आलु खेती गर्दै आउनुभएका टीकापुर–१ बनगाँउका किसान बलिराम चौधरी यो वर्ष दुई बिघा क्षेत्रफलमा मात्र आलु खेती गर्ने तयारीमा हुनुहुन्छ ।

विगतका वर्षभन्दा यो वर्ष आलुको बीउ महँगो हुँदा उहाँले आलु खेतीको क्षेत्रफल नै घटाएको बताउनुभयो । ‘‘नेपालमा आलुको बीउको अभाव छ ।

यहाँको बीउले किसानको माग पूरा गर्न सक्दैन’’, उहाँले भन्नुभयो, ‘‘प्रतिकिलो सय रुपैयाँमा बीउ किनेर खेती गर्नुको कुनै फाइदा छैन् । पछि आलु उत्पादन राम्रो नभए ठूलो लगानी खेर जान्छ ।

त्यसैले आलु खेतीका लागि केही जमीन घटाएर त्यसमा अन्य तरकारी लगाउने योजना छ ।’’ कैलालीका बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण पनि किसान मारमा पर्नुका साथै कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा छन् ।

टीकापुर बजारमा आलुको बीउ किन्न आएका टीकापुरका खुशीराम चौधरीले आफू पाँचवटा पसलमा गएको तर आलुको बीउको मूल्यमा एकरुपता पाउन नसकेको बताउनुभयो ।

“एउटै आलुको पसलैपिच्छे मूल्य फरक छ”, उहाँले भन्नुभयो, “उपभोग्य वस्तुसहित फलफूल, तरकारीको प्रभावकारी अनुगमन गर्न नसक्दा आफूहरु चर्को मूल्य तिर्न बाध्य भएका छौँ ।”

चौधरीले पनि गत वर्ष चार बिघा क्षेत्रफलमा आलु खेती गर्नुभएको थियो । बीउ महँगो भएकै कारण यो वर्ष उहाँले पनि यसको क्षेत्रफल घटाएको छ ।

‘‘आलुको बीउ मात्र होइन, खेतीमा प्रयोग हुने रासायनिक मल समेत महँगो भएको छ’’, चौधरीले भन्नुभयो, ‘‘किसानका लागि आवश्यक बीउ र मल सहज पाउने वातावरण नै छैन ।

बीउ र मल खोज्न किसानलाई निकै सास्ती हुने गरेको छ । खेतीका लागि आवश्यक मलखाद्य, गुणस्तरीय बीउ, उपयुक्त प्रविधि र सिँचाइ सहज रुपमा उपलब्ध भए यसतर्फ किसानको आकर्षण बढ्छ ।’’

विगतका वर्ष निर्वाध र सहज रुपमा भारतीय सीमा बजारबाट नेपाली किसानले आलुको बीउ ल्याउन पाउँथे । यो वर्ष नाका पूर्णरुपमा बन्द रहेकाले किसानलाई समस्या भएको हो ।

स्थानीय उत्पादनमा किसान भर पर्दा गत वर्षको तुलनामा आलुको बीउ अत्यन्त महँगो भएको टीकापुर–९ बनगाँउका किसान कृष्णगोपाल चौधरीको भनाइ छ ।

‘‘कृषिमा प्रोत्साहन गर्न स्थानीय सरकारले बीउ र मलमा अनुदान दिने नीति तथा कार्यक्रम ल्याउनुपर्छ’’, उहाँले भन्नुभयो, ‘‘कोरोना महामारीपछि धेरै क्षेत्रजस्तै कृषिमा पनि ठूलो असर पारेको छ ।’’

टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदीले कोरोना महामारीका कारण भएको बन्दाबन्दी र निषेधज्ञाले कृषि क्षेत्रलाई बढी असर पारेको बताउनुभयो ।

‘‘गर्मीमा तरकारी बारीमै सड्यो, अहिले बीउ र मल महँगो भएको छ’’, उहाँले भन्नुभयो, ‘‘कृषि क्षेत्रको व्यवसायीकरणका लागि स्थानीय सरकारले यसलाई विशेष प्राथमिकतामा राख्न सक्नुपर्दछ ।’’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...