2077 कार्तिक 11 मंगलवार

उच्च मूल्यको कृषि उत्पादन, भूमि बैंकको स्थापित गर्नु आजको आवश्यकता

  |      15:35:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
उच्च मूल्यको कृषि उत्पादन, भूमि बैंकको स्थापित गर्नु आजको  आवश्यकता

अरुण राज सुमार्गी–
नेपाल उद्योग वाणिज्य संघको अवधारणालाई आत्मसात् गरी भूमि बैंकको सोच स्थापित गर्नु आजको हाम्रो आवश्यकता हो । देशको अर्थतन्त्र पहिले पनि सही बाटोमा लाग्न नसकिरहेका बेला यो १० वर्ष अझ कठिन मोडहरूबाट गुज्रिएको छ ।

गणतन्त्रपछिको दुईवटा संविधान बनाउन भएको निर्वाचन विकास योजनाहरूमा पूर्ण रूपमा लगानी लगाउन नपाउनुको कारण बनेको थियो । जनयुद्धको परिस्थितिबाट नेपाली रोजगारहरूले वैदेशिक गन्तव्यलाई श्रमबजार बनाउन सुरु गरेको लर्को आज पनि त्यसतर्फ नै उन्मुख छ ।

औद्योगिक विकास, कुल गार्हस्थ्य उत्पादन कतैबाट पनि लम्किन नसकिरहेको वर्तमान परिस्थितिमा विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को महामारी, यस्तो अवस्थामा नेपालको अर्थतन्त्रले घुँडा टेकिसक्यो भने पनि हुन्छ ।

जहिले पनि परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भरतर्फ लान कोसिस नभएका होइनन् होला, भए पनि यसको प्रत्याभूति नेपाली अर्थतन्त्रलाई हामीले थाहा पाएदेखि सबल र सहज भएको देखिन्न । तपाईं जति डेटाहरू खोज्नुहोस्, नेपालको अर्थतन्त्रको यात्रा बडो अनुदार रहेको छ ।


समयको बदलावसँगै कुनै पनि व्यवसायले स्थायी रूपमा देशमा स्थान बनाउन सकेको छैन । व्यापारघाटाका आधारमा हामीले पहिला बिनापूर्वाधार गर्न सक्ने अर्थिक उन्नति पनि हाम्रो नीति र कार्यक्रममा प्राथमिकतामा पर्ने त कता हो कता, सूचीमा पनि पर्ने गरेको पाइन्न ।

अन्धो आकारको अर्थतन्त्रको सञ्जाल जहिले पनि सीमित क्षेत्र र सीमित वर्गहरूका बीच घुमिरहेको देखिन्छ । जबसम्म हाम्रो अर्थबजार तजबिजको वरपर घुमिरहन्छ तबसम्म हामीले खोजेको अर्थबजार बन्न सक्दैन । देशको अर्थतन्त्रको आधारमा सामाजिक सन्तुलनलाई आकलन गर्ने हो ।

यो विश्वभरिको देश चलाउने सिद्धान्तमा पर्छ । जनतालाई भरणपोषण, स्वास्थ्य, शिक्षा, खानेपानी र सुरक्षाका लागि देशले अर्थ जम्मा गर्छ र त्यसको खर्च गर्ने संयन्त्रहरूमार्फत खर्च गर्छ । को हुन् यो खर्च पाउने राज्यबाट भनेर हेर्ने हो भने त्यो देशका आमनागरिक जसले यो देशमा जन्मने सौभाग्य प्राप्त गरेको छ ।

जब देश सञ्चालनको मुख्य दायित्व जनतातर्फ उन्मुख भएको हुन्छ भने, फेरि हामी हाम्रो देशको नजरमा त्यो जनता बन्न सकिरहेका वा पाइरहेका छैनौं । यसको उत्तर सजिलो छ, देशले जबसम्म आफ्नो आकारको अर्थतन्त्रभित्र जनता र जनताको चाहनालाई समाविष्ट गराउन सक्दैन, तबसम्म हामीले कुनै पनि उत्पादनलाई हाम्रो गार्हस्थ्य उत्पादनसँग जोड्न सक्दैनौं ।


यो महामारीको चर्चा गरिरहँदा एउटा विषय सधैं हाम्रो सामु आइरहेको हुन्छ । हाम्रो परम्परावादी सोच र त्यो सोच तथा आदर्शले जेलिएको अर्थतन्त्र हाम्रो घातक हो । देशलाई समुन्नतितर्फ लाने भनेको के हो ? कुरा गर्दैमा, रिबन काट्दैमा ठूला–ठूला पुल र रेलको कुरा गर्दैमा आत्मनिर्भर अर्थतन्त्र बन्दैन ।

हो, साथसाथै भौतिक विकास पनि आउने कुराचाहिँ पक्कै हो । हामी बाँचिरहेको बेलामा विकासको बाटोमा लम्किरहेका देशहरू, करिब १५ वर्ष अगाडिसम्म आफ्नो खुट्टामा उभिन नसकेको अर्थतन्त्रले हल्लिराखेको देश आज पूर्ण आत्मनिर्भर भएको देख्न पाएका छौं । अर्थतन्त्रको एउटा घिनलाग्दो प्रचार हामीकहाँ सधैं भइरहेको छ । यो पनि हाम्रो अर्थतन्त्रको धमिरासरह नै हो ।

यहाँ भन्ने गरेको, पत्रपत्रिकामा लेख्ने गरेको अनि बजेट आएपछि देशका ठूला टाउका भएका अर्थविद्, व्यवसायी र विभिन्न साना–ठूला अनुहारले विकासको बजेटबाट बजारको तरलतालाई सघाउँछन् अनि हाम्रो आर्थिक वृद्धिमा बडोत्तरी हुन्छ भन्ने गरेको सुन्दा मलाई ती अर्थ बुझेका अबुझहरूलाई कुन महाविद्यालयमा कुन अर्थशास्त्रीको गणितले यसो भनेको र प्रमाणपत्र प्राप्त गरेको भनेर सोध्न मन लाग्छ ।


देशको ढुकुटीबाट विकास भनेर विनियोजन गरिएको रकम हाम्रो समाजमा कहाँ–कहाँ आफ्नो उत्पादनमा समावेश हुन्छ । बहुचर्चित आयोजनामा कति अर्थ हाम्रो देशभित्र खपत हुने हो । जे–जति खपत भए पनि त्यो खपत मुद्राले खर्च गर्ने ठाउँ कुन–कुन हो, के त्यो समान खाद्यवस्तुलगायत समान हामीले आयात गरेको हो कि हाम्रो उत्पादन हो, यो पनि थाहा छैन हाम्रो विज्ञहरूलाई ।

भएको रकमले विकासको कार्य गर्ने भनेको हामीसँग भएको रकमले हामीले घर बनाएको जस्तो हो । सुन्दर घर बनाएर बगैंचा र पानीको फोहरा हालेर, राम्रो चौकीदार राखेर समुन्नति आउने होइन । देशको अर्थतन्त्र बलियो बनाउन आफैंले कमाएर, आफैंले उत्पादन गरेर, आफ्नै बलबुतामा पैसा जेनेरेट गरेर किनेर खाने पहिलो नम्बरमा गर्नुपर्ने हो ।

भएको पैसा हामी वितरणमुखी योजनाबाट बाँड्न विनियोजन गरिरहेका छौं । विगत ७० वर्षको बजेटको सोच हेर्नुहोस्, जंगबहादुरको पालादेखिको बजेटको आदर्श खर्च गर्ने र बक्सिस दिने नै रहेको छ । हिजो त्यो बक्सिस वा पेवाका रूपमा दिने गरिन्थ्यो भने आज रूप परिवर्तन गरेर बाँड्ने गरिन्छ ।

हामीले जबसम्म वितरणको आदर्शलाई त्याग्न सक्दैनौं तबसम्म आर्थिक समृद्धि हुन सक्दैन । हिजोआज हाम्रो देशमा बढी चर्चा हुने विषय कृषि हो । सरसर्ती हेर्दा प्रायःजसोको जानकारीमा रहेको कृषिले नयाँ बाटो अपनाउन सक्छ त भन्ने प्रश्न अगाडि आइरहेको छ ।

यसै सन्दर्भमा हामीले उच्च मूल्यको बजार भएको कृषिलाई आत्मसात् गर्नु पहिलो वा छिटो बाटो हुनेछ । हाम्रो अर्थबजारको आकार बढाउनका लागि विश्वबजारमा हाम्रो अगाडि कसैले आफ्नो उत्पादनलाई बजारमा आउनुभन्दा अगाडि कस्तो व्यवस्था, सोच र आदर्शलाई आत्मसात् गरेको हेर्न पाइन्छ, त्यसैको अनुसरण गरौं ।

उच्च मूल्यमा बेच्न सक्ने उत्पादन किबी, कुरिलो, कफीलगायत धेरै वनस्पतिहरू छन् । एभोकाडोजस्ता उत्पादनलाई हामीले ठूलो संख्यामा सहभागीमूलक अवस्था बनाएर राज्यको खाली जमिनहरू, डाँडाहरूमा सामूहिक खेती गर्ने अवधारणामा काम गर्नुगर्छ ।

नेपाल उद्योग वाणिज्य संघको अवधारणालाई आत्मसात् गरी भूमि बैंकको सोच स्थापित गर्नु आजको हाम्रो आवश्यकता हो । सरकार–सरकार भन्ने हाम्रो उत्पादन विदेशमा बेच्न बिचौलिया चाहिने संकुचित व्यवस्थामा नयाँ सोच आवश्यक देखिन्छ । लेख लेख्यो, जसको विभाग मन्त्रालयवाला प¥यो, यस आलेखभित्रको राम्रो कुरालाई लिऊँ भन्दा विरोधी लेख भन्ने ।

यस प्रकारको सोच प्रस्ट देखिन्छ । कफीको कुरा गरौं । नेपाली कृषकहरूले उत्पादन गरेको अर्गानिक कफीको विदेशबाट आजको मागलाई हेर्ने हो भने ८ हजार मेट्रिक टनसम्मको माग भएको देखिन्छ । तर, नेपालमा १० लाख हेक्टरभन्दा बढी क्षेत्रमा कफीको उत्पादन गर्न सहज वातावरण भएको देखिन्छ ।

अहिले नेपालमा केही सीमित जग्गामा मात्र कफीखेती भएको देखिन्छ, तर कुल २ हजार हेक्टरजति जमिनमा खण्ड–खण्ड गरी खेती गरेको पाइन्छ । यहाँ कृषकको बारीमा भएको समस्या अर्कोले बेहोरे पनि एक त प्रविधि, अर्को प्राविधिकको कमीले भएको खेती पनि बन्द गर्ने अवस्थामा आएको देखिन्छ ।

नेपालको कफी अस्ट्रेलिया, क्यानडा, स्वीजरल्यान्ड र जर्मनीमा निर्यात भएको पाइन्छ । विदेशीले हाम्रो कफी मन पराएको पनि पाउछौं । यसो भनिरहँदा पश्चिमको बुटवलदेखि माथिको क्षेत्र पोखराको पल्लो भेगजस्ता धेरै ठाउँहरू छन् । धादिङ, मकवानपुर, नुवाकोट, रामेछापलगायत अर्घाखाँचीजस्ता ठाउँहरूमा यो प्रकारको खेतीलाई प्रशोधन केन्द्र संकलन केन्द्र बनाउन सक्ने अवस्था छ ।

त्यस्तो संस्था राज्य, निजी क्षेत्र र कृषि सहकारी मिलेर गर्न सकिन्छ । आफ्नो उत्पादनको कोड नम्बर प्राप्त गरेर विश्व बजारमा पूर्ण क्षमतामा पैठारी गर्न सकिन्छ । यसले गर्दा हाम्रो कुल गार्हस्थ्य उत्पादनमा सोझै सहयोग गर्छ । हिजोआज इजरायली प्रविधिको कोरियन कृषि प्रविधिका आधारमा हामी उच्च मूल्यको उत्पादनलाई स्थापित गर्न सक्छौं ।

यहाँनेर हाम्रो अर्थतन्त्रको प्रक्रियासँग मेल खान सकेको छैन । नेपालमा एउटा ठूलो समस्या के हो भने हाम्रो सरकारी निकायका उच्चपदस्थहरूले आफू त्यो मन्त्रालयमा हुँदा बाङ्गो नियम–कानुनले गर्दा यस्तो राम्रो योजना, सोचलाई पनि सहयोग गर्न सिकाएन भन्ने, आफू निवृत्त भएपछि यसरी पनि सकिने थियो, उसरी पनि सकिने थियो, त्यो बेला अवस्था आजको जस्तो भएको भए मैले देशको अर्थतन्त्रको विकासका लागि खुब गर्न खोजेको थिएँ भन्ने गरेको सुनेको छु ।

हिजोआज हाम्रो बजारमा लेख, रचना, भाषणहरूमा देशको पूर्व अर्थविज्ञ भएर बोलेको देख्दा नेताहरूलाई भन्दा बढी गाली गर्न मन लाग्छ । आफूले पूरै जीवन यही क्षेत्रमा खर्चेको देखाएर आफ्नो भुँडी भर्दा आज हामी मरेको अर्थतन्त्रमा पुगेकोमा कसैले पनि जवाफदेहिता लिएको देखिँदैन ।

अमेरिकामा एउटा व्यक्तिले २००५ मा एउटा उच्च मूल्यको उत्पादनको प्रस्ताव गर्छ अनि २००७ मा त्यो उत्पादन बजारमा ल्याउँछ । जसको आगमनले अमेरिकी अर्थतन्त्रमा त्यहाँको जीडीपीमा सिधै उतारचढाव ल्याएको पुष्टि गर्छ । त्यो हो— एप्पल फोन । यहाँ त्यसको सिधा उल्टो आदर्शलाई आज पनि हामी अंगीकार गरिरहेका छौं ।

२०६० मा कुनै व्यक्ति व्यापार गर्न प्रवेश गर्दछ । त्यो व्यक्तिलाई सीमित मान्छेले विश्वास गर्छन् र २०७० मा आउँदा ऊ नेपालको पुँजीपति बन्दछ । यो प्रक्रियामा कोको सहभागी भए, प्रायः सबैले सबैलाई देखाइसकेका हुन्छन् । यो अर्थतन्त्रको धमिरा युग हो ।


अब हामीले यथार्थमा आधारित रोजगारी विकास गर्दै आफ्नो उत्पादनलाई आत्मसात् गर्दै अगाडि बढ्ने अर्थतन्त्रलाई आत्मसात् गर्नुपर्ने नै हो । एउटा अर्को कमजोरी हाम्रो देश र व्यवस्थाको के हो भने, जुनसुकै देश विकास र उन्नतिको बाटोमा लागिपरेको छ भने उसले कुल बजेटमा केही हिस्सा अनुसन्धान, रिसर्चको क्षेत्रका विज्ञहरूमाथि खर्चेको हुन्छ ।

जबसम्म हामीले यो प्रकारको व्यवस्थाभित्र सोचलाई स्थान दिन सक्दैनौं तबसम्म हाम्रो अवस्था अझ खराब हुने पक्का छ । कोभिडका कारण बेरोजगार बन्न पुग्नेहरूका लागि सबैको चिन्ता हुन थालको छ । एक पोका पाउरोटीका लागि ज्यान गुमाउनुपर्ने अवस्थातर्फ जान सक्ने परिस्थितिलाई ध्यानमा राखी केही गर्नुपर्ने देखिन्छ ।

विदेशबाट रोजगारी गुमाएर आएका नेपाली युवा लक्षित योजना ल्याउनु जरुरी छ । अर्थतन्त्रलाई छिमेकी देशको नागरिक हाम्रो देशमा श्रम गर्न आउनेहरूको बदलामा नेपाली श्रमिकलाई त्यो स्थानमा स्थापना गर्न कति समय लाग्छ, नेपाली नयाँ उच्च मूल्यको कृषि उत्पादनमा कसरी लगाउन सकिन्छ, यो आजको आवश्यकता हो ।

सबैले कुरा गरे, तर बाध्यकारी नियम लागू नगर्ने हो भने हामी जहाँको तहीं होइन त्योभन्दा पनि तल जान लागेको जस्तो देखिएको छ ।आजको परिस्थितिमा कृषिको बाटो हाम्रो लागि सहज बाटो हो । अलिकति राज्यले, अलिकति निजी क्षेत्रले र बाँकी ५० प्रतिशत श्रमसहितको सहभागी कृषकबाट हुने योजनामा जानुपर्छ ।

नत्र बेरोजगार युवाहरू यत्रतत्र खाली बसेको खण्डमा देशले सकारात्मक होइन, नकारात्मक क्षेत्रमा ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ । हाम्रा बढी मूल्यका कृषि उत्पादन मध्यपूर्वदेखि युरोपका केही देशहरूमा पनि पठाउन सकिन्छ । धेरै वर्षअगाडि पालुङबाट जापनिजहरूले वैद्य अर्गनाइजेसनको सहयोगमा प्रशोधन गरी हरियो केराउ थोरै परिमाणमा लगेको थाहा छ, तर मजदुरको मूल्य र जग्गाको प्राप्तिमा कमीका कारण त्यो रोकिन पुग्यो ।


जहिले पनि १० रुपैयाँदेखि ४० रुपैयाँसम्मको बजारभाउ हुने खालको उत्पादनलाई हामीले कृषि खेती, व्यावसायिक खेती भन्ने गरेका छौं, तर त्यसो होइन । नयाँ पुस्तालाई कृषिको नयाँ रूपसहित प्रतिकेजी ४ सयदेखि १ हजार रुपैयाँ प्रतिकिलोका दरले पाउने खालको खती गर्न सक्नुपर्छ ।

जसरी भए पनि देशका युवाहरूलाई सम्बोधन गर्नुपर्छ । सम्बोधन गर्दा फरक तरिकाले गर्न सकिन्छ । यहाँको परम्परावादी अर्थतन्त्रको सोचमा परिवर्तन ल्याउन केही यस्ता कार्यहरूले हामीलाई सघाउँछ भन्ने कुरामा फरक मत नहोला ।

स्रोतः यो समाचार तथा लेख हामीले कारोबार दैनिकबाट लिएका हौं ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...