2077 आश्विन 08 बिहीबार

वीरगञ्जमा चिकित्सक, सैनिक, प्रहरीसहित १४२ जनामा कोरोना संक्रमण पुष्टि

  |      13:18:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
वीरगञ्जमा चिकित्सक, सैनिक, प्रहरीसहित १४२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पर्सामा पहिलोपटक हो । संक्रमित मध्ये १७ जना महिला छन् भने रौतहट र बाराका ४–४ जना रहेका छन् ।

बिहीबार गण्डक कोरोना अस्पतालमा मृत्यु भएका वीरगञ्ज ११ का ५७ वर्षीय पुरुष र घरमै मृत्यु भएका ७९ वर्षीय वृद्ध पनि यो संख्यामा समावेश छन् ।

त्यसबाहेक नेपाली सेनाका ५ जना, ४५ जना प्रहरी, नारायणी बयोधा अस्पतालका ५ जना चिकित्सकसहित १५ जना, वीरगञ्ज २५ सिर्सिया क्षेत्रमा ३९ जनालगायतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका ७२ वर्षीय वृद्ध, ६८ वर्षीया वृद्धा, २१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

वीरगञ्ज महानगरपालिकाका ३३ वर्षीय कर्मचारीमा पनि कोरोना देखिएको छ । यसअघि वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत सहित १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

५ दिनदेखि ज्वरो आएर शंकास्पद संक्रमितको रुपमा कोरोना विषेश अस्पताल गण्डकमा भर्ना भएका बाराको कलैया उपमहानगरपालिका(१ का ३७ वर्षीय पुरुष, ज्वरो टाउको दुख्ने र कमजोरीको समस्या लिएर नेशनल मेडिकल कलेजमा भर्ना भएका बारा च्युटाहाका २३ वषिर्य युवक, तराई अस्पतालमा उपचाररत ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज ११ फूलबारी टोलका ५३ वर्षीय, ५ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज १० आदर्शनगरका ५० वर्षीया महिला, ५५ र २४ वर्षका पुरुषमा, ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज १७ अलौंका ६९ वर्षीय, बाराको जीतपुरसिमराका ३५ वर्षीया महिला, खोकी लागेर कोरोना जाँच गराएका वीरगञ्ज(७ का ३६ वर्षीय पुरुषमा कोरोना देखिएकोछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...