2077 श्रावण 25 आईतवार

सत्याग्रहीको जीवन रक्षामा सरकार जिम्मेवार हुनुपर्छः राप्रपा

  |      12:26:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
सत्याग्रहीको जीवन रक्षामा सरकार जिम्मेवार हुनुपर्छः  राप्रपा

काठमाडौ, साउन १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सत्याग्रहीको जीवन रक्षामा सरकार जिम्मेवार हुनु पर्ने बताएको छ । इनफ इज इनफ अभियानप्रति ऐक्यवद्धता जनाउँदै युवा अभियन्तासँग सरकारले गरेको सहमति पूरा गर्न सरकारसँग माग गरेको छ ।

बसन्तपुर डबलीमा भेला भएर राप्रपाका नेता, कार्यकर्ताहरूले सरकारको कोभिड व्यवस्थापन प्रभावकारी नभएको भन्दै बिहीबार प्रदर्शन गरे । सामाजिक दुरी कायम गर्दै, सत्याग्रहीको जीवन रक्षा गर, जनता मार्न पाइदैन, सरकार कता हरायो, लुटतन्त्र दुइतिहाई, सरकारको हातमा रगत, १०० प्रतिशत पीसीआर, सहमति पूरा गर, कोरोनाबाट नबचाउने, स्वास्थ्य क्षमता वृद्धि गर जस्ता नाराअंंकित प्लेकार्ड बोकेर प्रदर्शन गरे ।

युवा सत्याग्रहीको आवाज नसुनेको भन्दै सरकारको आलोचना गरे । अभियन्ताका माग अविलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गरे । महामारी व्यवस्थापनमा सरकार जिम्मेवार हुनुपर्छ भन्ने उनीहरूको जोेड थियो । युवा अभियन्ता ईः तेह्र दिनदेखि सत्याग्रहमा छन् । खाना र पानी नखाई अनसनमा बसेका ईःको स्वास्थ्य अवस्था संवेदनशील हुँदै गएको छ ।

 युवा अभियन्तासँग गरेको पूर्ववत् संझौता सरकारले कार्यान्वयन नगरेकोमा दोस्रो चरणको सत्याग्रह सुरू गरिएको हो । इनफ इज इनफ अभियानले मूलतः कोभिड–१९ को सबल व्यवस्थापन माग गरेको छ ।

‘महामारी व्यवस्थापनको सवालमा सरकारलाई मोतीबिन्दू लागे जस्तो छ । तर यो रोग निको पारेर भए पनि सरकारले जनताको जीवन रक्षा गर्नुपर्छ । सत्याग्रहीको माग र जीवन रक्षामा सरकार जिम्मेवार हुनुपर्छ । यसै अभिप्रायले युवा अभियानको जायज र सान्दर्भिक मागप्रति हामीले ऐक्यवद्धता जनाएका हौं । 

सत्याग्रहीको ज्यानप्रति सरकार नै जिम्मेवार हुनुपर्छ, सरकार बेखबर रहने, भाग्ने प्रश्नै उठ्दैन भन्ने हाम्रो भनाइ हो,’ राप्रपाका नेता सगुन सुन्दर लावतीले भने ।

कार्यक्रममा राप्रपाका नेताहरू दुर्गा श्रेष्ठ, ध्रुव प्रधान, जगत गौचन, राजाराम श्रेष्ठ, श्याम तिमिल्सिना, गोविन्द खनियाँ, दिनेश श्रेष्ठ, किशोर कार्की, रवीन्द्रप्रताप शाह, परशुराम तामाङ, बिजयकला राई, मीना सुवेदी, विन्दा गिरी, मीना शाही, जनकराज पाठक, पूजा राणा, मोहन श्रेष्ठ, श्याम घिमिरे, केदार फुयाल, राजु लोहनी, धनशुर शाही लगायतको उपस्थिति थियो । 




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...