2077 श्रावण 25 आईतवार

डिजलमा मट्टीतेल मिसाउने ट्यांकर व्यवसायीलाई आयल निगमले दियो छुट, अध्ययन प्रतिबेदन लत्याउँदै देखावटी कार्वाही

  |      11:32:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
डिजलमा मट्टीतेल मिसाउने ट्यांकर व्यवसायीलाई आयल निगमले दियो छुट, अध्ययन प्रतिबेदन लत्याउँदै देखावटी कार्वाही

काठमाडौं, साउन १६ । थलिएको उदयपुर सिमेन्टलाई  माथि उठाएका  सुरेन्द्र कुमार पौडेल अहिले आयल निगममा प्रवन्ध निर्देशक छन् । तर , उनि अहिले तेलमा मिसावट गर्ने व्यवसायीलाई कार्वाहि गर्न भने चुकेका छन् । कम कार्वाहि गरेर दोषीलाई उन्मुक्ती दिइएको छ ।

मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट केहि दिन डिजल आउन नसक्ने भएपछि आयल निगमले काठमाडौं उपत्यकामा तेल अभाव नहोस् भनेर भारतको बरौनीमा केहि ट्याकंरहरुलाई तेल ल्याउन पठाएको थियो । तर ४ वटा ट्यांकरले डिजलमा भारतमा सस्तोमा पाइने मट्टीतेल मिसाएर ल्याएका थिए । तर, आयल निगमले दोषीलाई ६ महिना मात्रै तेल बोक्न नपाउने गरि उन्मुक्ती दिएको छ।

मिसावटयुक्त इन्धन ल्याउने ट्यांकर केशवकुमार उप्रेती, प्रसादकुमार श्रेष्ठ,  कुलवीर सिंह र पुरुषोत्तम अर्यालका हुन् । अर्याल पेट्रोलियम डिलर्स एसोसिएसन र ढुवानी महासंघका महासचिव विश्व अर्यालका भाइ हुन् ।

 निगम व्यवस्थापनमाथि व्यवसायीको प्रभावमा परेर दोषीलाई जोगाएको आरोप लागेको छ । उसले छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्नै नमान्नु र जरिवाना असुल नगरिनुले त्यो आरोपमा बल पुगेको छ । फागुन २५ मा भारतको बरौनीबाट काठमाडौं आएका तीनवटा ट्यांकरले ल्याएको डिजेलमा मट्टीतेल मिसाएको भेटियो । २७ गते अर्को ट्यांकरले पनि मट्टितेल मिसाएरै डिजेल ल्यायो ।

चारवटै ट्यांकरमा गरी ८० हजार लिटर डिजेल मिसावटयुक्त रहेको निगमले गठन गरेको समितिको छानबिनबाटै देखिइसकेको छ । वाणिज्य विभागका निर्देशक सागर मिश्र संयोजक रहेको समितिले ती चारवटै ट्यांकरको डिजेल बिक्री गर्न नमिल्ने भन्दै नष्ट गर्न सुझाव दियो ।

साथै व्यवसायीलाई आधा इन्धनको मूल्य बराबर जरिवाना तिराउन भन्दै जेठ २९ मा निगमलाई प्रतिवेदन बुझायो । तर निगमले त्यो प्रतिवेदनन सार्वजनिक गरेको छ, न त त्यसको सिफारिसअनुसार दोषीमाथि कारवाही गरेको छ । केवल ६ महिनासम्म इन्धन बोक्न नदिने निर्णय गरी निगम व्यवस्थापनले नै दोषी व्यवसायीलाई जोगाएको छ ।

 

मिसावटयुक्त इन्धन बिक्रीमा संलग्न ट्यांकर व्यवसायीलाई नेपाल आयल निगम कारवाही गर्नुको साटो उन्मुक्ति दिएको छ । आफैले गठन गरेको छानबिन समितिको सिफारिसलाई नै लत्याएर निगम व्यवस्थापनले दोषी व्यवसायीलाई जोगाएको हो । त्यति मात्र होइन, चार महिनासम्म थानकोट डिपोमा राखिएका ती ट्यांकरको मिसावटयुक्त इन्धन पनि डिपोमै मिसाइएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...