2077 श्रावण 25 आईतवार

काठमाडौं महानगरले जारी गर्‍यो ‘डिजिटल सिग्नेचर’ भएको पहिलो प्रमाणपत्र

  |      16:35:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
काठमाडौं महानगरले जारी गर्‍यो ‘डिजिटल सिग्नेचर’ भएको पहिलो प्रमाणपत्र

काठमाडौं । काठमाडौं महानगरले पहिलो ‘डिजिटल सिग्नेचर’ भएको भवन नक्सा स्वीकृतिको प्रमाणपत्र जारी गरेको छ।

बबरमहलस्थित भवन इजाजत विभागले वडा ८ गौशाला बस्ने उमेशराज शिवाकोटीको आवासीय क्षेत्र र व्यापारिक उपक्षेत्रमा व्यवसायिक प्रयोजनको भवन निर्माण गर्न डिजिटल सिग्नेचरसहितको स्वीकृति प्रमाणपत्र जारी गरेको हो । 

यस्तो स्वीकृति अब सेवाग्राहीले घरबाटै प्राप्त गर्न सक्नेछन् । पहिलो भएकाले शिवाकोटीको प्रमाणपत्र प्रिन्ट गरे, महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले लाभग्राहीलाई हस्तान्तरण गरे।


प्रमाणपत्रमा उल्लेख भएका विवरणबाहेक कसैले एउटा मात्र अंक वा अक्षर थपघट गरे पनि प्रणालीले अस्वीकार गर्छ। यस्तो प्रणालीको  भवन नक्सा प्रमाणपत्र कसैले पनि नक्कल गर्न सक्दैन।

त्यसैगरी भवन नक्साको कागज बोकेर कुनै पनि कार्यालयमा जानु पर्दैन। अनलाइनको माध्यमबाट जो जहाँ छ। त्यहीँबाट हेर्न सकिन्छ। 

महानगरले नक्सा स्वीकृतिका लागि प्रयोगमा ल्याएको इबिपिएस (इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम) बाट यो प्रमाणपत्र जारी भएको हो। यस प्रक्रियामा सेवाग्राहीले सबै विवरण अनलाइनमार्फत नै बुझाउन सक्छन्।

 यसै गरी महानगरले उपलब्ध गराएको कोडको प्रयोग गरेर आफ्नो काम कुन चरण पुग्यो भनेर ट्रयाकिङ पनि गर्न सक्छन्।

‘यो स्मार्ट सहरी सेवाको एउटा आयाम हो। हामी स्मार्ट सहरी सेवालाई कार्यान्वयनमा लैजादैछौं,‘ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, ‘सेवाग्राहीले घरमै बसेर कार्यालयका प्रक्रियाहरु पूरा गर्न सक्नु हुनेछ।

सेवालाई प्रविधिमैत्री सहज र सरल बनाउँदै लैजाने क्रममा छौं।  महानगरबासीलाई अब प्रविधिमा आधारित सेवा पाउनेछन्।’

त्यस क्रममा सहसचिव राजेश्वर ज्ञवालीले नक्सा स्वीकृतिलाई भवन निर्माण सम्पन्न प्रमाणपत्रसँग अन्तरसम्बन्धित बनाएर घर नम्बर उपलब्ध गराउने प्रणाली विकास गर्न सम्बद्ध प्राविधिकलाई आग्रह गरे। 

उनले प्रमाणपत्रमा भएका जानकारीलाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गरेर सहरी विकास र सुविधा वितरण व्यवस्थापनसँग अन्तरसम्बन्धित बनाउन सकिने बताए।

‘सहरी सेवा व्यवस्थापन गर्न यो महत्वपूर्ण तथ्यांक हो । यसलाई थप सुधार र व्यवस्थित गर्दै लैजानुपर्छ’ उनले भने।

यसप्रकार प्रविधिको संयोजन महानगर सूचना प्रविधि महाशाखाले गरिरहेको छ भने इबिपिएस प्रणालीका लागि आइटि एक्पो नेपाल र डिजिटल सिग्नेचरकाका लागि रेडियन्टले परामर्शदाताका रूपमा काम गरिरहेका छन्।  

भवन इजाजत विभागका प्रमुख सुरज शाक्यका अनुसार महानगरपालिकाले २०७० भदौ १६ देखि विद्युतीय माध्यमबाट भवनहरुको नक्सा स्वीकृति गर्ने प्रणाली ‘इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम’ प्रयोगमा ल्याएको हो। अनलाइनमा आधारित यो सेवा शुरुवातमा ७ वटा वडामा परीक्षणका रूपमा लागू गरिएको थियो । 

प्रयोग बढाउँदै एक वर्षपछि थप ७ वटा वडामा सेवा विस्तार गरियो । तेस्रो चरणमा २०७३ साउनबाट सबै वडामा यो प्रणाली लागू गरिएको महानगरपालिकाले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...