2077 श्रावण 25 आईतवार

ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा, स्वचालितरुपमा हातलाई स्यानिटाइज गर्न सकिने

  |      12:41:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
 ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा, स्वचालितरुपमा हातलाई स्यानिटाइज गर्न सकिने

काठमाडौ, साउन १३ । विश्वभर कोरोना भाइरसको महामारी र त्रास बढेसँगै मानिसहरु सुरक्षित हुने विभिन्न किसिमका तरिका र उपकरणहरुको खोजीमा रहेका छन् । यसमध्ये एक हो हातलाई सफा र सुरक्षित गर्ने ह्याण्ड स्यानिटाइजर । 

यहि विषयलाई ध्यानमा राखेर स्मार्ट आर्क प्रालिले नेपालमा कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको छ ।

बजारमा मानिसले नछोईकन नै ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको हो । कम्पनीले ओकमिस्ट ब्राण्डको कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर ल्याएको छ जसले कुनैपनि मानिसको हातलाई नछोईकन नै स्वचालितरुपमा स्यानिटाइज गर्दछ । 

कम्पनीले भारतमा निर्मित ओकमिस्ट ब्राण्डको ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा ल्याएको हो । यो टचलेस स्यानिटाइजर डिस्पेन्सर भारतको रक्षा, अनुसन्धान तथा विकास संगठन(डिआरडिओ)सँग मिलेर रिओट ल्याब्ज प्रालिले उत्पादन गरेको हो ।

कोरोना भाइरसबाट सुरक्षा गर्न र अधिक भिडभाड हुने स्थानमा आवतजावत गर्ने मानिसहरुको हात स्यानिटाइज गर्न रिओटले डिआरडिओको सहयोगमा टचलेस स्यानिटाइजर डिस्पेन्सर विकास गरेको हो । 


यो टचलेस स्यानिटाइजर डिस्पेन्सर निकै सुरक्षित रहेको छ भने यसमा भएको अल्ट्रासोनिक सेन्सरको आधारमा संचालन हुन्छ । 


यसले केबल १२ सेकेण्डमा स्वचालितरुपमा अल्कोहलमा आधारित ५देखि ६ मिलिलिटरको स्यानिटाइजरले मानिसको हातलाई स्यानिटाइज गर्न सक्दछ ।
हामी दैनिक नियमितरुपमा आँखा, नाक र मुखमा हातले छुने गर्दछौं । अनुसन्धानका अनुसार मानिसहरुले दैनिक २३ देखि ५० पटक आफ्नो अनुहारको विभिन्न स्थानमा छुने गर्दछन । 

यसले मानिसहरुमा कोरोनाभारस सार्न सक्दछ । तर ओकमिस्टको यो टचलेस स्यानिटाइजर डिस्पेन्सरले त्यस्तो जोखिमबाट मुक्त गर्न सक्दछ ।

स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवालले अधिक भिडभाड हुने स्थानहरुमा ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर प्रयोग गर्न सकिने र यसले सयौं मानिसहरुको हातलाई दैनिकरुपमा सजिलै स्यानिटाइज गर्न सक्ने बताए ।

‘देशमा बढिरहेको कोरोनाभाइरसको संक्रमण र लकडाउन खुलेपछि शुरु भएको भिडभाडले जोखिम बढाएको छ । यस्तोमा नियमितरुपमा हातलाई स्यानिटाइज गर्न आवश्यक हुन्छ । 

ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सरले यसलाई सजिलो बनाउँछ,’ स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवालले भने ।

यसमा प्रयोग गरिएको प्रविधिले स्यानिटाइजरलाई खेर जान दिँदैन भने पटक पटक हातले स्यानिटाइजर बक्सलाई छुनुपर्ने बाध्यता हटाउँछ । 

अझ यसले कार्यालयहरु वा सार्वजनिक स्थलहरुमा ह्याण्ड स्यानिटाइजर गराउनका लागि छुट्टै मानिस राख्नुपर्ने अबस्थाको अन्त्य हुनेछ । जसले गर्दा खर्चमा पनि कटौती हुनेछ । यसले स्वचालितरुपमा काम गर्नसक्ने हुँदा यो निकै सुरक्षित र भरपर्दो रहेको छ ।

ओकमिस्ट प्लस टचलेस स्यानिटाइजर डिस्पेन्सरमा ५ लिटरको स्यानिटाइजर प्रयोग गर्न सकिन्छ भने यसमा १ वर्षको वारेन्टी दिईएको छ । यसलाई डिआरडिओले प्रमाणित गरेको छ भने यसलाई कार्यालयहरुमा वा घरमा प्रयोग गर्न निकै सजिलो र सहज रहेकोछ ।

अझ यसलाई स्मार्टफोन एपबाट समेत नियन्त्रण गर्न सकिने सुबिधा रहेको छ । जसको माध्यमबाट कति सेकेण्डसम्म स्प्रे गर्ने भन्ने समय निर्धारण गर्न सकिन्छ ।  कम्पनीले आगामी दिनमा १.२ लिटरको ओकमिस्ट मिनी ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर समेत ल्याउने तयारी गरेको छ ।

 हाल ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर नेपाल बंगलादेश बैंक, सशस्त्र प्रहरीको मुख्यालय, एनसेल प्रालि, बतास अर्गनाईजेसन, आनन्द होटल, कतार राजदूतावास लगायत ३० भन्दा बढि कार्यालयहरुमा जडान गरि प्रयोगमा आईसकेको छ । 




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...