2077 असार 26 शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हव अस्पतालहरूलाई निर्देशन

  |      17:26:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हव अस्पतालहरूलाई निर्देशन

काठमाडौ, जेठ १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पूर्ण क्षमतामा सञ्चालित हुन हव अस्पतालहरूलाई निर्देशन दिए । हव अस्पतालका प्रमुखहरूलाई शुक्रबार मन्त्रालयमै बोलाएर मन्त्री ढकालले पूर्ण क्षमतामा अस्पताल सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको हो ।

 केही दिनदेखि उपचारका बारेमा गुनासोहरू समेत सुनिएको भन्दै मन्त्री ढकालले कुनै पनि गुनासो आउन नदिने गरी अस्पताल सञ्चालन गर्न निर्देशन दिए । एकले अर्कोलाई गुनासो गरेर बस्ने समय नरहेको भन्दै मन्त्री ढकालले योजना अनुसार पूर्ण क्षमतामा काम गरेर अब्बलता देखाउन अस्पतालका प्रमुखहरुलाई निर्देशन दिए । 

उनले सूचना प्रणाली समेत बलियो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै स्याटेलाइट अस्पतालहरूले हब र हब अस्पतालले मन्त्रालयलाई रिपोर्टिङ गर्ने गरी काम गर्न निर्देशन दिए । उनले नीति, निर्दे्शिका, कार्य्बिधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताए ।

 कुनै पनि अस्पतालाई स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । मन्त्री ढकालले मानवश्रोतको परिचालन सबन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा बेडको व्यवस्थापनका बारेमा पूर्व तयारी गरेर कार्यान्वयनमा जान निर्देशन पनि दिए । 

उनले बिरामी रिफरका लागि स्वास्थ्य आपत्कालीन केन्द्रको नेतृत्वमा तत्काल संयन्त्र निर्माण गरी कार्यान्वयन गर्न समेत निर्देशन दिए । सो अवसरमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गा, वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेञ्चुरी, विरेन्द्र सैनिक अस्पतालका डा उदय बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा विष्णुप्रसाद शर्मा, सिभिल सर्भिस अस्पतालका कार्यकारी निर्देशक डा दीर्घाराज आरसी र भक्तपुर अस्पतालका डा सुनिल ढुंगेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, मन्त्रालयका विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, इन्सिडेन्ट कमान्ड सिस्टमका प्रमुख डा गुणराज लोहनी लगायत सहभागी रहेका थिए ।   


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...