2077 जेष्ठ 14 बुधबार

स्वास्थ्य मन्त्रालयको बिभिन्न पदमा जागिर लगाई दिन्छु भनी ठगी गर्ने ब्यक्ति पक्राउ

  |      20:10:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
स्वास्थ्य मन्त्रालयको बिभिन्न पदमा जागिर लगाई दिन्छु भनी ठगी गर्ने ब्यक्ति पक्राउ

काठमाडौ, जेठ ८ । स्वास्थ्य मन्त्रालयको बिभिन्न पदमा जागिर लगाई दिन्छु भनी ठगी गर्ने ब्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाले ठगी कार्यमा संलग्न काठमाडौ तारकेश्वर नगरपालिका बालाजुु बस्ने ४५ बर्षिय सरोजकुमार चापागाईलाई पक्राउ गरेको हो । 


प्रहरीका अनुसार पक्राउ परेको चापाईगाई यहअघि बिसं २०७२ सालमा पनि निलिमा महर्जन र आकृती डंगोलसंग प्रतिव्यक्ति दुुई लाखको दरले जम्मा चार लाख  ठगी गरेको कसूरमा नख्खु कारागारमा चार बर्ष कैद भुक्तान गरेको  खुल्न आएको छ । उनले बिभिन्न समयमा आफुलाई बिभिन्न उच्चपदस्थ अधिकारीहरुको पि.ए. भनी कारागार तथा कार्यालयहरुमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिएको भन्ने बुझिएको प्रहरीले जनाएको छ । 

आफुलाई प्रहरीको उच्च अधिकृत हुँ भनी बिभिन्न ब्यक्तिहरुलाई धम्क्याउने गरेको, जिल्ला खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी मुना पाण्डेलाई जागिर लगाई दिन्छु भनी पटकपटक गरी दुुई लाख रुपैयाँ लिएको, आर्मी स्कुलमा बच्चा भर्ना गराई दिन्छु भनी प्रलोभन देखाउने गरेको, बिभिन्न ब्यक्तिहरुसंग सवारी चालक अनुमती पत्र बनाई दिन्छु भनी रकम ठग्ने गरेको खुल्न आएको छ । 

पक्राउ परेका चापागाईको साथबाट निजको फोटो टाँसिएको राम बहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षकको नक्कली परिचय पत्र एक थान, खरिदार पदको नक्कली परिचय पत्र दुई थान, बा. ९० प ९५५५ नम्बरको कालो रङको स्कुटर थान, मोबाईल एक थान, पाँच थान सिमकार्ड थान, बिभिन्न ब्यक्तिहरुको पासपोर्ट साईजको फोटो भएको थान १० थान र एक लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको छ ।

प्रहरीका अनुसार आफूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक भएको बताई बिभिन्न ब्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको खरिदार , रिसेप्सनिष्ट, सहायक लेखापाल जस्ता महत्वपुर्ण पदमा जागिर लगाई दिन्छु भनी बिभिन्न प्रलोभनमा पारी पिडितहरुलाई खरिदार पदको नक्कली परिचय पत्र समेतबनाई झुक्यानमा पारी पिडितबाट पटक – पटक रु. १,८५,०००– (एक लाख पचासी हजार) लिई ठगी कार्य गरेको भन्ने महाशाखामा प्राप्त सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलिले जिल्ला काठमाण्डौं तारकेश्वर नगरपालिका वडा नं. ३ बस्ने बर्ष ४५ को राजकुमार चापागाईलाई का.जि. पेप्सीकोला बाट सम्झना के.सी भट्टराईसंग रु. १,२०,०००।– (एक लाख बिस हजार) लिदै गर्दाको अबस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको हो ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...