2077 जेष्ठ 14 बुधबार

कोरोना त्रासः निःशुल्क वितरण गर्दा पनि सकिएन दूध

  |      13:50:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
कोरोना त्रासः  निःशुल्क वितरण गर्दा पनि सकिएन दूध

–सुरेन्द्र भण्डारी
झापा ।
दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् । गौरीगञ्ज, बाह्रदशी लगायतका गाउँपालिकाका अधिकांश कृषकका दूध डेरीले सङकलन गर्न छाडेपछि उनीहरुले गाउँलेलाई निःशुल्क बाढ्न थालेका हुन् । डेरीले दूध नलिदा गाउँलेलाई निःशुल्क बितरण गर्दै आएको सो गाउँपालिकाका कृषक राजु साहले जानकारी दिए । 


उनले दैनिक ७५ लिटर दूध उत्पादन गर्छन् । पाथीभरा कृषि फर्म दर्ता गरेर पशुपालन शुरु गरेका कृषक साहको मुख्य आयश्रोत नै दूध हो । तीन वर्ष अघिदेखि तीन उन्नत जातका गाई पालन गरेर उनले सो व्यवसाय शुरुआत गरेका थिए ।


गौरादह नगरपालिका – ८ थापा चोक निवासी नारायणप्रसाद गौतमले गौशाला कृषि फर्म दर्ता गरेर उन्नत जातका गाई पालेका छन् । दैनिक ५० लिटर दूध विक्री गर्ने उनको पनि समस्या उस्तै छ । साह र गौतमजस्ता  किसानले उत्पादन गरेको  दूध नबिक्नु अहिलेको साझा समस्या हो । अधिकांश व्यवसायिक पशुपालक  किसानले दैनिक ५० लिटर भन्दा बढी दूध निःशुल्क गाउँलेलाई बाँड्दै आएका छन् । 


‘गाउँमा दूध बाँडेर पनि सकिदैन’  साहले भने– ‘दुई चार लिटर भए पो बल्लो गाउँ पल्लो गाउँमा दूध दिँदा सकिन्छ, ग्रामीण क्षेत्रका अधिकांशले पशुपालन गरेका छन् प्रायजसो घरैपिच्छे दूध हुन्छ उनीहरुले लाँदैनन् जसले पशु पालेको छैन उनीहरुले मात्र लाँदा हामीले उत्पादन गरेको दूध सकिदैन ।’ साह भन्छन्– ‘दूध फाल्नु पनि त भएन नि ।’

गौरीगञ्ज–खजुरगाछी क्षेत्रका किसानहरूले उत्पादन गरेको दूध  खजुरगाछीको आठमौजा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको चिश्यान केन्द्रले खरिद गर्दै आएको थियो । आठमौजा सहकारी संस्थाले संकलन गरेको दूध रितिका डेरी उद्योगले खरिद गर्ने गरेपनि अहिले रितिका डेरी उद्योगले दूध लिन छाडेको सहकारीका अध्यक्ष अर्जुन दंगालले बताए । 

सहकारीले दैनिक एक हजार लिटर दूध संकलन गर्ने गरेकोमा एक सय ५०   लिटर दूध स्थानीय ठाउँमा बिक्री हुने र बाँकी दूध रितिका डेरी उद्योगलाई बिक्री गर्ने गरेको आठमौजा सहकारीका दूध संकलन कर्ता जयप्रसाद ढकाल बताउँछन् । 

एनएमसी डेरी उद्योगका सञ्चालक रामचन्द्र उप्रेतीले काम गर्ने कर्मचारी नै आउन छाडेपछि किसानको दूध सङकलन गर्न नसकेको जानकारी दिए । ‘कर्मचारीले बरु जागिर छाड्छौं भन्छन् तर काममा आउदैनौं भनेपनि किसानको दूध उठाउन नसकिएको हो’उनले भने– ‘अहिले उद्योगको उत्पादन २५ प्रतिशत पनि छैन ।’

झापाको मेचीनगरपालिकामा अवस्थित एनएमसी डेरी उद्योगले दैनिक १४ हजार लिटर दूध सङ्कलन गर्दै प्रशोधित दूध र दूधका परिकार झापासहित मोरङ र सुनसरीका विभिन्न बजारमा एकसाता अघिसम्म बिक्री बितरण गर्दै आएको थियो । 

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै एक सातादेखि  लकडाउन गरेसँगै डेरी उद्योगले दूध सङ्कलन गर्न छाडेको छ । नेपाल वहुउद्देश्यीय सहकारी संस्था मार्फत सञ्चालन गरिएको डेरी उद्योगले आफ्ना २९ वटा चिस्यान केन्द्र मार्फत दैनिक चारसय किसानको घर – घरमा पुगेर दूध सङ्कलन गर्दै आएपनि अहिले उद्योगले दूध सङकलन गर्न छाडेपछि किसानले उत्पादन गरेको दूध बिकेको छैन । उद्योग नजिकै रहेका पशुपलक कृषले भने उत्पादित  दूध उद्योगमा पु¥याउने गरेका छन् । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...