2077 श्रावण 25 आईतवार

‘मेरो पति खै ?’ भन्दा अग्नि सापकोटा भागे’

  |      15:34:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
‘मेरो पति खै ?’ भन्दा अग्नि सापकोटा भागे’

तपाईको पति कहिलेदेखि माओवादीले अपहरण गरी हत्या गरेका हुन् ? 
२०६२ साल वैशाख १६ गते माओवादी कार्यकर्ताहरूले विद्यालय व्यवस्थापन समितिको बैठकबाटै मेरो पति अर्जुनबहादुर लामालाई अपहरण गरी लगेका हुन् । व्यवस्थापन समितिको बैठकमा चुनावको कुरा भइरहेको रहेछ । मेरो पति काठमाडौंमा हुनुहुन्थ्यो । उहाँलाई यादव भन्ने व्यक्तिले फोन गरेर बोलाएछ ।

ऊ पनि काठमाडौं गएर मेरो पतिकै मोटरसाइकलमा चढेर यहाँ काभ्रे दाप्चा आएको हो । मेरो पतिलाई अध्यक्ष बनाउने भनेर नारायण पौडेल भन्नेले फकाएर ल्याएछ । भोलिपल्ट चुनाव थियो । बिहान १० बजेतिर चुनावका लागि खाना खाएर निस्कनुभयो । निर्विरोध भइसक्नुभएको थियो । त्यो बेला माओवादी कार्यकर्ताहरू श्याम गौतम, भोला अर्याल र यादव पौडेल आएर अपहरण गरेर लगे । हामीले लगेको त देखेनौं, पारि पु¥याएपछि हामीलाई थाहा भयो । 


तल बेंसीभन्दा माथि पुगेपछि बाटोमा गएर पनि फर्केर आएछन् । म पनि गएँ । तर बाटोबाट फर्केर आएकाहरूले मलाई बाटोमा भेटे । पानी परिरहेको थियो । उनीहरूले जानु पर्दैन, केही पनि हुँदैन भनेर मलाई आश्वासन दिए । फलाम साँघुमा पुगेपछि मेरो पतिलाई लिएर जानेहरूलाई अगाडि जान दिएनछन् । अर्को समूहले त्यहाँबाट लिएर गएछन् । 


तपाईहरूले त्यसपछि भेट्नुभएन ? 

हामीले धेरै कोसिस गर्दा पनि भेट भएन । खबर भने पठाउनुभएको थियो । अपहरण गरेका मध्ये सुबु भन्ने महिलाले केही पनि हुँदैन भन्थिन् । दुई–दुई जनाको हत्या गरेकालाई त मार्दैन भने दाई (अर्जुन) ले त के गर्नुभएको छ र ? भन्थिन् । त्यसरी मलाई ढाँटे । मसहित मेरो परिवारका अरू पनि भेट्न जाँदा भेटन पाएनौं ।

रोएर फर्कियौं । उनीहरूले घरमै पु¥याउन आउँछौं भनेका थिए । माओवादीका कार्यकर्ता बूढाबूढी रहेछन् । उनीहरूले भनेको भएन । पछि १५ दिनपछि यादव पौडेल भन्नेलाई भेट्यौं । उसले दाइलाई केही भएको छैन, केही हुँदैन भन्यो । त्यसपछि हामीलाई यहाँको एकजना भाइले काठमाडौं लिएर जानुभयो ।

आईसीआरसी, मानवअधिकार आयोग आदिमा उजुरी दियौं । उनीहरूले पनि खोज्छौं भने । तर ढाँटे । खोजेनन् । खाजेर तपाईंकै घरमा लिएर आउँछौं भनेका थिए । पछिदेखि माओवादीहरूले उनीहरूको पार्टीबाट कल आउन थाल्यो । पैसा ठग्दै लैजाँदै गर्न थाले । उनीहरूले मबाट ६ जोर कपडा लिएर गए । जुत्ता मोजासमेत लिएर गए । 


यसरी पैसा, कपडा लैजानेहरू तिनै अपहरणकारी थिए ? 
उनीहरूले अरूअरू मान्छेलाई खटाएर पैसा माग्न पठाउँथे । मेरो श्रीमान्लाई लगेपछि अपहरणकारीचाहिँ आएनन् । 


कति पैसा पठाउनुभयो ? 
चितवनतिरको मान्छे, डाँडापारिको मान्छे, दाप्चा हटियातिरका गरी ५ जना जतिले जम्माजम्मी ६ लाख जति पैसा लगे । त्यो बेला मेरो तीन तोला सुन बेच्यौं । बच्चाहरूको पनि सुन बेच्यौं । ऋण गरेको डेढ लाख जति लगे । त्यो मैले कसोकसो 
गरेर तिरेँ । 

उहाँलाई हत्या गरेको कहिले थाहा पाउनुभयो ? 
वैशाखमा अपहरण गरेर लगे । साउने सक्रान्तिमा ल्याउँछौं, सक्रान्ति राम्रोसँग मान्न पाउनुहुन्छ भनेका थिए । तर पाएनौं । पीर नमान्नु भन्थे । पछि ल्याउँदै ल्याएनन् । माघतिर होला, जिल्लामा पत्रिकामा उहाँको भिडन्तमा परेर मारिएको 
खबर छापिएछ । 


तपाईंलाई त्यसपछि थाहा भयो ? 
पत्रिकामा त छापेछन् । तर हामीले पत्रिकाको कुरा पत्याएनौं । हामीले पैसा दिएको दियै, गरिराख्यौं । दुई वर्षसम्म त पैसा 
दिइराख्यौं । मेरो पतिको सुन र घडी माओवादीले लगाएर हिँडेछन् । 


के कारणले अपहरण भयो ? 
एमालेमा हुनुहुन्थ्यो । त्यसअघि राप्रपामा हुनुहुन्थ्यो । एमालेमा हुँदा केही समस्या थिएन । पार्टीगत कुरा थिएन । काठमाडौंमा बालुवाटारमा निक्षेशमशेर भन्ने राजाको सालोसँग मिलेर घर बनाएको कुरा माओवादीलाई थाहा भएछ । राजाको सालाको साथी भन्ने आरोप थियो । 


कहिलेसम्म पति फर्केर आउने आशा थियो ? 
दुई वर्षसम्म आशा थियो । पत्रिकामा लेखेको कुरा पत्यार लागेन । मारेको भन्ने थाहा भएन । डेढ वर्षसम्मचाहिँ मारेको कुरा थाहा भएन । 


भिडन्त हो कि माओवादीले मारेको हो ? 
भिडन्तमा परेको होइन । भिडन्तको बेला त बुडाखानीमा लुकाएर राखेको थियो । भिडन्तपछि मारेको हो । भिडन्तपछि मेरो पतिले चिठी पठाउनुभएको थियो । म काठमाडौं थिएँ, घरमा चिठी आएको थियो । 


उहाँको निधन भएको खबर कसरी थाहा भयो ? 
हामीले लास नै देखेनौं । यस्तै विभिन्न मान्छे, पत्रिकाबाट मात्रै थाहा पाएको हो । त्यसपछि केही पनि थाहा छैन । 


कहा“, कसरी, किन उहाँको हत्या गरेछन् माओवादीले ? 
उनीहरूले सल्लाह गरेर नै हत्या गरेका रहेछन् । भोलिजस्तोमा मार्नुपर्नेमा अघिल्लो दिन कुखुराको मासु पकाएर दिएछन् । उहाँले मासु भात खानु भएनछ । रुनुभएछ । दिउँसो लगे राखेछन् । मार्नुअघि नै खाल्डो खनेका रहेछन् । राति खाल्डो नजिकै लगेछन् ।

अनि शरीर काट्दै मासु झिक्दै खाल्डोमा हाल्न थालेछन् । त्यसरी बर्बरतापूर्वक हत्या गरेछन् । सास नगई नै खाल्डोलाई हालेर पुरेछन् । यो कुरा मैले डेढ वर्षपछि थाहा पाएकी हुँ । पछि अनि मलाई मेरो पतिलाई मारेकै रहेछन् भन्ने थाहा भयो । 


पछि कहिले विश्वास भयो ? 
पछि विश्वास भयो । अनि मैले पैसा पनि दिन छाडें । मेरो ससुरालाई रक्तचापको रोग थियो । ६४ सालमा बुबा पनि बित्नुभयो । छोराकै पिरले बित्नुभयो । बेहोस बेहोस भएर बित्नुभयो । माओवादीले पतिलाई मारे, ससुरा छोराको पीरले मर्नुभयो । मेरो छोरालाई पनि लैजान खोजेका थिए । तर मैले दिइनँ । त्यसपछि ६४ सालमा उजुरी दर्ता गर्ने सोचेँ । 


तपाईंले अर्जुनबहादुर लामाको अपहरण गर्नेहरूविरुद्ध जाहेरी दिनुभएन ? 
जाहेर दिन गयौं । तर कसैले पनि जाहेरी लिन मानेन । प्रहरीले पनि लिएन । सिडियोले पनि लिएन । स्थानीय प्रहरीको त कुरै भएन । कसैले पनि हामीलाई सहयोग गरेनन् । त्यसपछि अदालतमा गएर गुहार माग्यौं । अनि अदालतको आदेशबाट हाम्रो जाहेरी दर्ता भएको छ । 


त्यसपछि माओवादीहरूसँग भेट भयो कि भएन ? 
एकपटक लालध्वज भन्नेसँग भेट भएको थियो । तर त्यो भाग्यो । उनीहरूको पार्टी कार्यालय कुपण्डोल जाँदा त्यो भाग्यो । सापकोटा भन्नेलाई चाहिँ सर्वोच्च अदालतमा भेटेँ । 


के भन्नुभयो अग्नि सापकोटालाई भेटेर ?
मैले चिनेकी थिइनँ । अरूले चिनायो । अनि म ढोकामा बसेर कुरें । आएपछि मैले सापकोटा भनेको तपाईं हो ? भनेर सोधेँ । उसले हो हो, मैले के गर्नुप¥यो ? भनेर सोध्यो । मेरो श्रीमान खै ? भनेर सोधें ? कहाँ लगेर मा¥यौं ? भनेर सोधें । ऊ भाग्यो । गार्डहरूले छेकेर लगे । अनि कुरा हुन पाएन । 


तपाँईहरूले राहत कति पाउनुभयो ?
दुई लाख, तीन लाख गरेर दियो, दिएको जति सकियो । १० लाख जति दिए ।

साभारः अमृतबजार साप्ताहिकबाट ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...