2076 फाल्गुन 15 बिहीबार

खानेपानी मन्त्रीद्वारा मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्रको उद्घाटन

  |      16:49:00   |  

प्रयोजक :

15806254601210x100-NIC-super.gif
Corporate-benefit_1280x150Pixles.gif
खानेपानी मन्त्रीद्वारा मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्रको उद्घाटन

काकडभिट्टा, माघ ८ l खानेपानी मन्त्री बिना मगरले झापाको काकडभिट्टा र चारआलीमा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन केन्द्रको बुधबार उद्घाटन गर्नु भएको छ । 

 


संघीय सरकार र स्थानीय नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त फोहोर प्रशोधन केन्द्रको मन्त्री मगरले एक समारोहका बीच उद्घाटन गर्नु भएको हो । खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले झापाको दुवै ठाउँमा पाइलट प्रोजेक्टको रूपमा मानव मलमुत्रीय फोहोरको प्रशोधन केन्द्र निर्माण गरेको हो । 

 


झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १ देखि १३ सम्मको लागि काकडभिट्टाको पूर्व दक्षिणमा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको हो ।

 

हालको ६५ हजार १९ जनसंख्या अर्थात  १४ हजार ८ सय ९३ घरधुरीका लागि प्रति दिन १२ घन मिटर मानव मलमुत्रीय फोहोर प्रशोधन गर्न सक्ने बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाइ कम्पोस्ट बनाइ मलको रूपमा प्रयोग गर्न १६ वटा ड्राइङ बेडहरु समेत भएको प्रशोधन केन्द्रको निर्माण गरिएको साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले जानकारी दिनुभयो । प्रमुख भट्टराईले यस केन्द्रको लागत ६ करोड ७४ लाख रुपैयाँ रहेको बताउनुभयो । 

 


काकडभिट्टामा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन केन्द्रको संचालन काकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गर्नेछ । यसैबीच खानेपानी मन्त्री मगरले जनताको मौलिक हक संग जोडिएको खानेपानी र सरसफाइ क्षेत्रसंग सम्बन्धित  आयोजनाहरुलाई कार्यान्वयन गर्न मन्त्रालय अघि बढिरहेको बताउनुभएको छ । काकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मगरले मौलिक हकलाई कार्यान्वयन गर्न मन्त्रालयले कार्यक्रमहरु अघि बढाइरहेको बताउनुभएको हो । 

 


“विशेषगरी तराई क्षेत्रमा देखिएको आर्से्निक लगायतका समस्या समाधान गर्न बल्क प्रणालीमा खानेपानीका केही ठूला आयोजनाहरुको काम अघि बढाउदै छौं, उहाँले भन्नुभयो, “वडा, गाउँ र निर्वाचन क्षेत्रलाई मात्रै लक्षित नगरी केही जिल्लाहरु नै समेट्ने गरि आयोजनाको डिपीआर बनाउदै छौं । ताकि तराईमा खानेपानीको समस्या समाधान होस् ।“ 

 


त्यस्तै मेचीनगर नगरपालिकाका १४ र १५ वडा, बिर्तामोड नगरपालिकाका १ देखि १३ वडाहरु र बुद्ध शान्ति गाउँपालिकाका १ देखि ७ वडाहरुका १ लाख ४२ हजार ८ सय ४८ जनसंख्याका लागि लक्षित हुने गरी झापाको चारआलीमा मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन गर्ने गरि प्रशोधन केन्द्रको समेत निर्माण गरिएको छ । २४ हजार ६ सय ३७ घरधुरीका लागि प्रतिदिन २७ घनमिटर दिसा जन्य लेदो प्रशोधन गर्ने गरि प्रशोधन केन्द्र बनाइएको हो । यी दुवै प्रशोधन केन्द्र निर्माणमा ८५ प्रतिशत लगानी संघीय सरकारको र १५ प्रतिशत नगरपालिकाहरुको लगानी रहेकोे छ । 

 


बिल एन्ड मेलिना गेट्स फाउन्डेसनको करिब १४ करोड आर्थिक सहयोगमा निर्माण भएको दुवै प्रशोधन केन्द्र नेपालमै पहिलो पाइलट प्रोजेक्टको रूपमा अघि बढेको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...