2076 माघ 15 बुधबार

महासंघको २१ साधारण सभा र नेपाल बिल्ड टेक एक्स्पो २०२० माघ ३ बाट शुरु हुँदै

  |      17:12:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
महासंघको २१ साधारण सभा र नेपाल बिल्ड टेक एक्स्पो २०२० माघ ३ बाट शुरु हुँदै

काठमाडौ, पुुस २९ । नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारण सभा यही माघ ३ र ४ गते भक्तपुरको सल्लाघारी मैदानमा हुने भएको छ । देशभरका १५ सय भन्दा बढी व्यवसायीको सहभागिता रहने साधारण सभाको तयारी लगभग पूरा भएको महासंघले मंगलवार गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

महासंघका अनुसार साधारण सभाको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट हुनेछ । सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन र पूरा हुन बाँकी रहेका अन्य विषयमा साधारण सभामा छलफलभई महासंघको भक्तपुर घोषणापत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले बताए ।  

 दाहालका अनुसार साधारण सभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । 

सभाको उद्घाटन सत्रमा उपप्रधानमन्त्री पोख्रेलबाट निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरुको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषांकको विमोचन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।ं साधारण सभाको सह–आयोजकको रुपमा भक्तपुर जिल्ला निर्माण व्यवसायी संघ रहेको छ ।

 साधारण सभा सँग सँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त  आयोजनामा माघ ३ देखि ५ सम्म साधारण सभास्थल भक्तपुरको सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० पनि आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

महासंघले आफ्नो इतिहासमा नै पहिलो पटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको यस एक्स्पो निर्माण क्षेत्रमा रुची राख्ने सबैका लागि उपयुक्त मञ्च हुने महासंघका अध्यक्ष सिंहले बताए ।


“निर्माण व्यवसायीहरुलाई विश्वबजारमा आएका नयाँ नयाँ निर्माणयन्त्र उपकरणबारे अवगत गराउन एक्स्पो उपयुक्त मञ्च बन्नेछ ” अध्यक्ष सिंहले भने । एक्स्पो संयोजकको जिम्मेवारी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेलाई दिइएको छ ।

निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित् १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु कुल ७० हजार स्क्वाएर फिट क्षेत्रफलको एक्स्पोमा रहने पाण्डेले बताए । तीन दिने एक्स्पो करीब पाँच हजार ले अवलोकन गर्ने अनुमान गरिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिए ।

एक्स्पोको सहयोगी साझेदारहरुको रुपमा नेपाल उद्योण वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर आफ कर्मश लगायतका संस्थाहरु रहेकाछन् ।

नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सलटिङ आर्किटक्चरल एण्ड इन्जिनियरिङ फर्मस् (स्काफ नेपाल), नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, युथकम्युनिटी फर नेपलिज कन्ट्राक्टर्स (वाइसीएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स (सोना), एल्मोनियम व्यवसायी संघ नेपाल, नेपाल फर्निचर संघ, स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल, र भारतको राजकोट हार्डवयर म्यानफ्याक्चर एसोसिएसन पनि एक्स्पोका सहयोगी साझेदार संस्था रहेका छन  । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...