2076 माघ 15 बुधबार

भारतबाट चोरि गरि ल्याएको १ करोडसहित तीनजना पक्राउ

  |      16:14:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
भारतबाट चोरि गरि ल्याएको १ करोडसहित तीनजना पक्राउ

धनगढी । भारतबाट चोरी गरी ल्याएको १ करोड रुपैयाँसहित प्रहरीले कैलालीमा ३ जनालाई पक्राउ गरेको छ । भारतको दिल्लीबाट चोरी गरेको ल्याएको ६५ लाख भारतीय रुपैयाँ (एक करोड ४ लाख नेपाली रुपैयाँ) सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बाजुराको बुढीगंगा नगरपालिका १, डुङ्ग्रीका २९ वर्षीय जहर सिंह थापा सोही ठाउँकी २८ बर्षकी मनाकुमारी खड्का र कैलालीको गौरिगंगा नगरपालिका २ कि ३२ वर्षकी बिन्दाकुमारी थापालाई रकमसहित पक्राउ गरेको हो ।

बाजुराका जहर सिंह थापा र मना कुमारी खड्का थापाले भारतबाट पैसा चोरी गरेको र कैलाली गौरिगंगाकी बिन्दा कुमारी थापा चोरीको पैसा आफ्नो घरमा लुकाई राखेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ ।

भारतको दिल्ली निवासी विश्वेश्वर अग्रवालको कार्यालयबाट गरगहना र नगद चोरी भएको भारतीय राजदूतावासले जनाएपछि कैलाली प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।

प्रहरीले कैलालीको गौरिगंगा २ मा बिन्दाकुमारी थापा ९रावल० को कच्ची घर कोठाभित्र सुत्ने खटियामुनि खाल्डो खनी टिनको बाकसभित्र प्लास्टिक र कपडामा बेरी लिपपोत गरी पुरेर लुकाइरहेको अवस्थामा ६५ लाख भारतीय रुपैयाँ सहित बरामद गरेको हो ।

अग्रवालले सुनका गरगहनासहित १ करोड ४ लाख भारतीय रुपैयाँ चोरी गरेको आरोप लगाएका छन् । प्रहरीले भने अहिलेसम्म ६५ लाख भारतीय रुपैयाँ मात्रै बरामद गरेको छ ।

‘चोरी भएको गहना र अन्य रकम हामी खोज्दै छौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनीहरूले मङ्सिर ४ गते भारतबाट रकम चोरेर ल्याएको प्रहरीले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...