2077 श्रावण 23 शुक्रबार

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण सम्पन्न

  |      12:36:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण सम्पन्न

बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत सडकको मुख्य लेनको दुवैतर्फ पुल निर्माणको काम शुरु गरिएकामा एउटा अघिल्लो वर्ष नै सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । अर्को दिशातर्फको पुल निर्माणको काम सकिएको र त्यससँग जोडिएका थप काम बाँकी रहेको आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार पुल निर्माण सकिएपछि सो स्थानमा सडक कालोपत्र गर्न, पुलमा रङरोगन र बत्ती जडान गर्न बाँकी रहेको छ । निर्माण व्यवसायीले केही समयमै रङरोगन र सडक कालोपत्र गर्ने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । उनले भने, “अबको केही समयमै पुल सञ्चालनमा आउनेछ ।”


    पुल निर्माण सम्पन्न हुँदै गर्दा पुलमा कस्तो बत्ती जडान गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । आकर्षक र बढी लगानीमा निर्मित पुल भएकाले पनि हेर्दा आकर्षक बत्ती जडान गर्न चाहेको आयोजनाले जनाएको छ । ठेक्का सम्झौतामा भने सामान्य बत्ती जडान गर्ने उल्लेख थियो । निर्माण व्यवसायीले सम्झौतामा उल्लेख भएभन्दा फरक बत्ती जडान गर्न थप रकम माग्ने गरेको उनले बताए ।


सरकारले चार वर्ष पहिले धोबीखोला पुल र वाग्मती पुलमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माणको जिम्मेवारी दुई फरक ठेकेदार कम्पनीलाई दिइएको थियो । तीनकुनेस्थित वाग्मती पुलको निर्माण लामो समयदेखि ठप्प भए पनि धोबीखोला पुलको निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । 

एउटै ठेक्कामा सडकको दायाँबायाँ दुवै पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । वाग्मती पुलको निर्माण लामो समयसम्म अघि बढेको थिएन भने निर्माण हुँदा पनि डिजाइनअनुसार नभएको भनी सरकारले निर्माण रोकेको छ ।
 
त्यहाँ रहेका सबै अवरोध हटिसकेकाले अहिले ठेकेदार कम्पनीलाई काम गर्न कुनै बाधा छैन । शुरुका दुई तीन वर्ष विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको थियो । ठेकेदारको ढिलाइका कारण मात्रै नभएर विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ । 

देशभर निर्माण भइरहेका अरु पुलमा आफैँले डिजाइन गरेर ठेकेदार कम्पनीलाई त्यहीअनुसार काम गर्न ठेक्कामा दिइने गरिएकामा यस पुलमा डिजाइन समेत ठेकेदार कम्पनी आफैँले गरेको इञ्जिनीयर श्रेष्ठले बताए ।

आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख भएको उनले जानकारी दिए । “ठेक्का अवधि शुरु भएपछिको पहिलो डेढवर्ष डिजाइनमा नै सकिएको थियो”, उनले भने, “त्यसपछिको डेढवर्षमा पनि त्यहाँ रहेका संरचना नहट्दा उनीहरूले सरासर काम गर्न पाएका थिएनन् ।” 

सडक पुल निर्माण गर्ने स्थानमा खानेपानी, बिजुली, ढललगायत संरचना नहट्नुले ठेकेदारले सरासर काम गर्न नपाएको उनको भनाइ छ । सडकमा रहेका संरचना सम्बन्धित निकायले हटाउनुपर्ने भए पनि पटक÷पटक ताकेता गर्दासमेत नहटाएकाले काममा ढिलाइ भएको उनको दाबी छ । 

आयोजना आफैँले यहाँका संरचना हटाएर काम गर्ने स्थान खाली गरेको थियो । नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त रहेको इञ्जिनीयर श्रेष्ठले बताए । 

अरू पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ । अरू सामान्य प्रविधि भन्दा पुल हेर्दा सुन्दर देखिने र लामो आयु हुने उनले बताए । 

उनले भने, “अरू पुलको औसत आयु ५० वर्ष भएकामा यसको एक सय वर्ष हुन्छ ।” माइतीघरदेखि भक्तपुर सडक विस्तारको काम केही वर्ष पहिले जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका० को सहयोगमा सम्पन्न भएको थियो ।

जाइकाले पूरै सडक ६ लेनको निर्माण गरेपनि धोबीखोला र वाग्मती पुल चार लेनका थिए । सडक चौडाइ कम भएकाले यी पुल र नजिकैका सडकमा दैनिक जाम हुँदा यात्रु र चालक हैरान छन् । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...