2076 माघ 12 आईतवार

मोरङ्ग उद्योग संङ्गठनलाई नाडाबाट स्वागत

  |      11:29:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
मोरङ्ग उद्योग संङ्गठनलाई  नाडाबाट स्वागत

काठमाडौ, पुुस २९ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा कै सचिवालयमा मोरङ्ग उद्योग सङ्गठनका अध्यक्ष भिम घिमिरेको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधि मण्डललाई स्वागत गरेको छ । 

यही २०७६ फागुन २ गते देखि १० गतेसम्म सञ्चालन हुने बिराट एक्स्पो २० एग्रो एण्ड इन्टरनेशनल एक्सीभिसन को प्रवद्र्धनका सन्दर्भमा आएको सो प्रतिनिधि मण्डललाई नाडाले स्वागत गरेको नाडाले जानकारी दिएको छ । 

आफनै सचिवालयमा स्वागत गर्दे अध्यक्ष दुलालले नाडालाई देशव्यापी बनाउन पहल भईरहेको भन्दै नेपालको पहिलो अटो उद्योग हुलास मोटर्स पूर्व मै स्थापना भएको, लुव्रिकेण्टस उद्योगहरु पनि धेरै पूर्व मै स्थापना भएको बताउनु भयो । र अव पनि अटोमोवाइल उद्योग स्थापना गर्नका लागि उद्योग सङ्गठन मोरङ्गले पहल गरोस भन्ने इच्छा व्यक्त गर्नू भयो ।

सोहि छलफल तथा भेटघाट कार्यक्रममा मोरङ्ग उद्योग संङ्गठनका अध्यक्ष भिम घिमिरेले अध्यक्ष दुलाललाई निर्विरोध निर्वाचित हुनु भएकोमा बधाई दिदै उहाँको नेतृत्व एतिहासिक होस भन्ने कामना पनि गर्नु भयो । 

उहाँले उद्योग व्यवसायको खस्किदो अवस्थालाई उठाउन नाडाले आवश्यक पहल गरोस, अटोमोवाइल व्यवसायको प्रवद्र्धन र सम्बद्र्धनका लागि नाडाले उल्लेख्य भूमिका निर्वाह गर्न सक्छ भन्नु भयो । 

सोही छलफलमा बिराट एक्स्पो २० एग्रो एण्ड इन्टरनेशनल एक्सीभिसनका संयोजक भोलेश्वर दुलालले सो एक्सपो बारे जानकारी दिदै उक्त प्रदर्शनीमा सहभागिताका लागि औपचारिक रुपमा निमन्त्रणा समेत दिनु भयो । 

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निलमणी पाठक, धु्रव थापा, शुभासिस थपलिया र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो । 

त्यसैगरी मोरङ्ग उद्योग सङ्गठनको प्रतिनिधि मण्डलमा अध्यक्ष भिम घिमिरे लगायत भोलेश्वर दुलाल, सुयस प्याकुरेल, सुबोध कोइराला तथा चुँडामणी भट्टराई समेतको उपस्थिति रहेको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...