2077 असार 26 शुक्रबार

सार्थक बनाऔं– नेपाल भ्रमण वर्ष २०२०

  |      16:57:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
सार्थक बनाऔं– नेपाल भ्रमण वर्ष २०२०
–मुरारी ढुंगेल, 
नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । संघीय तथा प्रदेश सरकारहरूले राजधानीहरूमा निकै भव्य कार्यक्रम आयोजना गरेर भ्रमण वर्ष उद्घाटन गरे । पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । नेपाल विकासको पहिलो आधार भनेकै पर्यटन हो ।
 
विश्वभर कहीँ कतै नभेटिने प्रकारका हिमशृंखलादेखि ताल तलैया, पहाड तथा पर्यटक लोभिने खालका हरिया वन, नदीनाला आदि कुरा यहाँ छन् । 
सानो देश नै किन नहोस् विभिन्न प्रकारको हावापानीदेखि लिएर भिन्नभिन्न प्रकारको रीतिरिवाज मान्ने मानिसको बसोबास भएको नेपालमा पाहुनालाई सत्कार गर्ने आफ्नै प्रकारको कल्चर छ ।
 
हरेक नेपालीले पाहुनालाई ‘अतिथिदेवो भवः’ भनेर सत्कार गर्ने परिपाटी छ । भ्रमण वर्षको पहिलो दिन जनवरी १ मा भित्रिएका पर्यटकहरूलाई आआफ्ना ठाउँमा स्वागत सत्कार गरिए । भ्रमण वर्षमा पर्यटक संख्या २० लाख पु¥याउने निकै महत्वाकांक्षी लक्ष्य छ । यसलाई जसरी पनि सार्थक बनाउनुपर्दछ ।
 
बितेका दुई वर्षको पर्यटक संख्याका आधारमा झन्डै ६० प्रतिशत बढ्नुपर्छ । यति पर्यटक आउने गरी पूर्वाधार छैन भन्ने टिप्पणी हुने गरेको छ । हाम्रो एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि चौबीस घण्टा चल्दैन । यसमा सुधारको खाँचो छ ।
 
हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवाका सबै जहाज चलेका छैनन् । नयाँ यसै बसेका छन् । पर्यटक आउने धेरै गन्तव्यमा नेपाली जहाजको पहुँच छैन । युरोपेली आकाश पूरै प्रतिबन्धित छ । पर्यटकलाई बस्न, खान र घुमाउन सक्ने क्षमताले मात्रै लक्ष्य पूरा हुन कठिन पर्छ । नेपाली विमानसेवाले पहुँच बढाउन सक्नुपर्छ ।
 
यसतर्फ खास प्रगति हुन सकेको छैन । देशभित्रै पनि विमानसेवा काठमाडौं केन्द्रित छ । सरकारले यस वर्षको नीति तथा कार्यक्रममा पनि पर्यटन क्षेत्रलाई महत्व दिएर यसको दीर्घकालीन विकासका लागि साझेदारी विकासका अवधारणालाई अघि सारेको छ । नेपालमा २० लाख पर्यटक भित्र्याउने केही महत्वाकांक्षी कार्यक्रमका साथ नेपाल भ्रमण वर्ष २०२० ल्याएको हो ।
 
यो लक्ष्य पूरा गर्ने सन्दर्भमा निकै काम गर्नुपर्ने हुन्छ । पहिलो र महत्वपूर्ण कुरा प्रतिबद्धता र सबैले सामूहिक जिम्मेवारी बोधका साथ काम भएमा लक्ष्य हासिल गर्न सकिएला । किनकि, नेपालमा प्रतिवर्ष पर्यटनको आवागमनको प्रवृत्तिलाई हेरेको खण्डमा गत वर्ष १० लाखको हाराहारीमा पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाउँछ ।
 
अझ यसलाई थोरै सबैले आआफ्नोतर्फबाट प्रयास गरे लक्ष्य भेट्न खासै समस्या नहोला ।सरकारले भ्रमण वर्ष २०२० सँगै अबको एक दशक पर्यटन दशक हुने भनेको छ । हाल कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान ३ प्रतिशत छ । एक दशकमा १० प्रतिशत पु¥याउने लक्ष्य सरकारको छ ।
 
नेपालको प्राकृतिक, पुरातात्विक, ऐतिहासिक र सामाजिक–सांस्कृतिक पर्यटनको सम्भावनामा यो लक्ष्य असम्भव छैन । यो लक्ष्यमा पुग्न नेपाली विमानसेवाले विदेशी गन्तव्यहरूमा पहुँच बढाउनुप¥यो । अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्नुप¥यो । सडक स्तरोन्नति गर्नुप¥यो ।
 
सेवा गुणस्तरीय हुनुप¥यो । पर्यटकको संख्या जति बढी हुन्छ त्यति नै बढी आर्जन हुन्छ तर संख्यामात्रै धेरै ठूलो कुरा होइन । कति पैसा खर्च गर्ने र कति दिन बस्ने पर्यटक आउँछन् भन्ने कुरा मुख्य हो । हाल नेपाल आउने पर्यटकले दैनिक सरदर ४४ रुपैयाँ खर्च गर्छन् । यो खर्च निकै कम हो ।
 
औसत बसाइ साढे १२ दिन जति छ । खर्च र बसाइ अवधि बढाउन सके मात्रै पर्यटनबाट आय बढ्छ । गन्तव्यको विविधीकरण र गुणस्तरीय सेवाले पर्यटकको गुणस्तर पनि बढ्छ । सबै सुधार र विकास एकै पटक हुँदैन ।
 
सबै किसिमको क्षमता बढाउँदै जाने, प्रसारप्रसार गर्दै जाने र पर्यटन क्षेत्रको गुणस्तरीय विकास गर्ने अभियान जारी रहनुपर्छ । दुई दशकमा पर्यटकको संख्या करिब ५० प्रतिशतले बढेको छ । यो सन्तोषजनक होइन । हामीले सिंगै मुलुक पर्यटकीय क्षेत्र र हरेक वर्ष पर्यटन वर्षका रूपमा पर्यटन क्षेत्रको विकासमा ध्यान दिएको हुनुपर्छ ।
 
पर्यटकीय क्षेत्रको महत्वअनुसार त्यसको संरक्षणमा ध्यान दिन उत्तिकै आवश्यक छ । पर्यटकीय व्यवस्थापनमा चुस्तता हुनुप¥यो । एक पटक आएका पर्यटक पुन आउने वातावरणको सृजना हुनुपर्दछ । आएका पयर्टकको बसाइ लम्ब्याउने खालका मनोरञ्जन तथा आकर्षण हुनुपर्दछ ।
 
पर्यटक लोभिने तत्व जोगाउन सक्नुपर्छ । केही कमीकमजोरीका बीच पर्यटन वर्ष सुरु भएको छ । यसलाई सबैले अभियानका रूपमा अघि बढाऔँ । आआफ्ना क्षेत्रबाट मन, वचन र कर्मले सहयोग गरौँ । यसैबीच विभिन्न देशबाट भ्रमणवर्ष २०२० को शुभारम्भ भएको छ जसलाई महत्वका साथ हेरिएको छ ।
 
अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को अन्तर्राष्ट्रिय शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र न्यू साउथ वेल्स राज्य संसद्का सभामुख जोनाथन ओडीले संयुक्त रूपमा सिड्नीमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरे ।
 
कार्यक्रममा त्यहाँका विपक्षी दलका नेता, नगरपालिका प्रतिनिधिलगायतले शुभकामना दिएका थिए । पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहानुभूति प्रकट गरेका थिए । उनले नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको बताउँदै आफ्ना कूटनीतिक नियोग तथा नेपालीलाई सहयोगमा जुट्न आग्रह गरेका थिए ।
 
भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको थियो । तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता भए । उद्घाटन कार्यक्रममा मार्चपास, विविध सांस्कृतिक प्रस्तुति भए ।
 
कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोसाकमा सहभागी भए । मार्चपास तथा ¥यालीमा राष्ट्रिय झन्डाका साथ सम्बन्धित संस्थाको झन्डा प्रयोग गरिए । तीन घण्टा सञ्चालन भएको उद्घाटन समारोह दिउँसो ३ बजे सुरु भएको थियो । भ्रमण वर्षलाई भव्य बनाउने सन्दर्भमा पर्यटनमन्त्री योगेशकुमार भट्टराई अहोरात्र खटिएका छन् ।
 
भ्रमण वर्षकै सन्दर्भमा पछिल्ला दिनमा मन्त्री भट्टराईले १०० भन्दा बढी संघसंस्थाका प्रतिनिधिसँग छलफल गरी अभियानलाई सफल पार्न सक्रियता जनाइदिन आग्रह गरेका छन् । पर्यटनमन्त्रीले गत पुस ६ देखि ९ गतेसम्म दैनिक छलफल गरे ।
 
यो अवधिमा मन्त्रीले कुनै दिन दैनिक नौदेखि १० वटा संगठनसँग पनि छलफल गरे । सरकारी, सार्वजनिक निकाय तथा निजी क्षेत्रका संघसंस्था, व्यापारिक प्रतिष्ठान, स्काउट, लायन्स, रेडक्रसजस्ता संस्थासँग अन्तक्र्रिया गरेका थिए ।
 
नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने संकल्पसहित सरकारले नेपाल भ्रमण वर्ष मनाउँदैछ । भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यलाई सार्थक तुल्याउन विशेष जिम्मेवारी रहेको पर्यटन मन्त्रालय र त्यसको नेतृत्व गर्ने पर्यटनमन्त्री तथा मातहत निकायका प्रमुख लागि गरेका छन् ।
 
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल भ्रमणमा आएका विदेशीलाई ठाउँठाउँमा स्वागत गरिन थालिएको छ ।
 
कतै फूलमाला त कतै बुकी दिएर स्वागत गरिएको छ । त्यसैगरी नेपाल भ्रमण आएका भारतीय अतिथिलाई समेत नेपाल–भारत सीमा क्षेत्रमै स्वागत गरिएको छ । यसले छिमेकी राष्ट्र भारतमा समेत राम्रो सन्देश गएको छ ।
 
नजिकको पाहुनालाई अझ बढी सम्मान तथा स्वागतको खाँचो पर्दछ । जसले उनीहरूको आगमनमा वृद्धि ल्याउँछ । यसैगरी सबै याममा चलायमान पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई विशेष प्राथमिकताका साथ सञ्चालनमा ल्याइनुपर्दछ । जसले दीर्घकालीन असर पु¥याउँछ ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...