2076 माघ 12 आईतवार

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? सावधान ! ट्राफिक सचेतना कक्षा लिनुपर्ला

  |      16:46:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
जथाभावी बाटो काट्दै हुनुहुन्छ ? सावधान ! ट्राफिक सचेतना कक्षा लिनुपर्ला

काठमाडौ, पुस २८ । पैदलयात्रीले ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काटिरहनुभएको छ, तोकिएको जेब्राक्रसबाट बाटो काट्नु भएको छैन, आकाशे पुल प्रयोग गर्नु भएको छैन भन्ने अब सचेत रहनुहोला । 

ट्राफिक प्रहरीले अब तपाईलाई त्यतिकै छाड्नेवाला छैनन् । अब तपाई पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलेजस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्नेछ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार  पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे त्यस्ता बटुवालाई समातेर २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि शुरू गरेका हौं । 

सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ, साथै ऊनीहरूकै माध्यमवाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिएको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले भन्नुभयो ‘ट्राफिक नियम पालना नगरी जेब्राक्रस र आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेतना कक्षा हाललाई भोटाहिटी र वीर अस्पताल अगाडी सञ्चालन गरेका छौं । क्रमश अन्य स्थानहरूमा पनि यो अभियान सञ्चालन हुनेछ ।’ 

ट्राफिक प्रहरीले समाते भने कक्षा नलिइ आफ्नो काममा पैदलयात्री जान पाउने छैनन् । आजमात्रै करिव १००० पैदल यात्रीलाइ सचेतना कक्षा दिईएको छ ।

ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदलयात्रीको धेरै ज्यान जान थालेपछि नै ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्री सुरक्षा अभियान नै सञ्चालन गरिएको हो । 

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीले जथाभावी वाटो काट्दा हुने सवारी जाम हटाउनको लागि पनि यो अभियान प्रभावकारी देखिन्छ । 

साथै ट्राफिक एफ.एम.९५.५ मेघाहर्जवाट पनि नियमित रूपमा पैदलयात्रीहरूले सडक प्रयोग गर्दा ध्यान पुर्याकउनुपर्ने कुराहरूलाई जानकारीमूलक कार्यक्रम तथा अनुरोधहरू समेत प्रसारण गरिरहेको छ । 

यस आर्थिक वर्ष मात्रै उपत्यकामा ७६ मध्ये ३२ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको छ । गत वर्ष भने २५४ मध्ये ९३ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...