2077 श्रावण 23 शुक्रबार

अमेरिका र बेलायतमा मूख्यालय भएको फिचले नेपालको ‘कन्ट्री रेटिङ’ गर्दै

  |      00:00:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
अमेरिका र बेलायतमा मूख्यालय भएको फिचले नेपालको ‘कन्ट्री रेटिङ’  गर्दै

काठमाडौं पुस,  २८–  मुलुकका वाणिज्य बैंकहरुले ‘कन्ट्री रेटिङ’ को अभावमा विदेशबाट ऋण ल्याउन नपाइरहेका बेलामा सरकारले ‘कन्ट्री रेटिङ’को काम अघि बढाएको छ। अर्थ मन्त्रालयले विश्व प्रख्यात  रेटिङ कम्पनी फिचलाई देशको रेटिङ गर्ने काम सुम्पेको छ ।

यो महंगो हुने भएका कारण सरकारले गत वर्षको बजेटमा घोषणा गरेको भएपनि अहिलेसम्म रेटिङको काम अघि बढाउन सकेको थिएन । तर अहिले डिएफआइडीले खर्च ब्यहोर्ने भएपछि चाही अर्थमन्त्रालयले बल्ल यसको काम अघि बढाएको हो ।

मुलुकमा लगानीको वातावरणको बारेमा जानकारी लिनको लागि ‘कन्ट्री रेटिङ’ महत्वपुर्ण मानिन्छ ।  ‘कन्ट्री रेटिङका आधारमा नै विदेशी लगानीकर्ताले लगानी गर्ने गरेका छन् ।

नेपालका दुई छिमेकी मुलुकले यसभन्दा अघि नै ‘कन्ट्री रेटिङ’ गराइसकेका  थिए । जुन निरन्तर उनिहरुले गरिपनि रहेका छन् ।

फिचले दुई महिनाभित्रै रिपोर्ट बुझाउने बताएको छ । अर्थ मन्त्रालयको स्रोतका अनुसार  फिचले करिब दुई हप्ता अघि रेटिङको जिम्मा पाएको हो ।

विश्वमा प्रसिद्ध रेटिङ स्ट्यान्डर्ड एण्ड पुअर्स (एसएण्डपी), मुड्डीज र फिच पर्छन् । एण्डपी र मुड्डिज अमेरिकी कम्पनी हुन्। फिचको हेडक्वाटर भने न्यूयोर्क र लण्डन दुबैतिर छ। देशको रेटिङ यी कम्पनीहरुले त्रैमासिक रुपमा पनि सार्बजनिक गर्छन्। तर औषत भने बार्षिक रुपमा सार्बजनिक गर्छन्। उनीहरुले गरेको रेटिङ कमजोर आएमा सरकारमाथि विपक्षी दलहरुले हमला गर्ने गरेका छन् । त्यसैले देशको रेटिङलाई सरकारले आफ्नो प्रतिष्ठाको मुद्दा बनाउने गरेको देखिन्छ।

 

गत आर्थिक बर्षको बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले देशको रेटिङ गराउने घोषणा गरेका थिए । तर बर्ष दिनभरी नै  प्रायोजक खोजेर सरकारको समय बित्यो ।

रेटिङ नहुँदा नेपालको लगानी संभावनाका बारेमा गलत संदेश गइरहेको छ ।

अहिले द्विपक्षीय सम्बन्ध र निजी क्षेत्रको एप्रोचका कारण मात्र नेपालमा वैदेशिक लगानी भित्रिरहेको छ। रेटिङपछि स्वस्फुर्त रुपमा लगानी आउन सक्ने निजी क्षेत्रका प्रतिनिधिहरु बताउँछन्। विदेशी लगानीकर्तालाई देशको रेटिङका बारेमा जानकारी गराएर लगानी भित्र्याउन पहल गर्न सहज हुने उनीहरुको तर्क छ।

 
अहिले दक्षिण एसियामा भारत, बंगलादेश, श्रीलंङका लगायत सबै देशको रेटिङ छ। नेपालको रेटिङ नहुँदा छिमेकमै लगानी गर्न आएका लगानीकर्ता पनि फर्किने गरेका छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...