2076 माघ 12 आईतवार

सडक विस्तारका लागि गैँडाकोटबाट माटो ल्याइने

  |      13:29:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
सडक विस्तारका लागि गैँडाकोटबाट माटो ल्याइने
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागरबाट ल्याइने भएको छ । त्यहाँका १० जना व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजाने सहमति भएको गैँडाकोट नगरपालिकाले जनाएको छ । 
 
रुख बिरुवा नभएको पहाडको डिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमीन बनाउने उद्देश्यले स्थानीयले माटो बिक्री गरेका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । सडक विस्तारका लागि ठेक्का पाएको चिनियाँ कम्पनीलाई निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको सुपा निर्माण कम्पनी प्रालीले माटो लगेबापत नगरपालिकालाई प्रतिघनमिटर रु १५ का दरले करसमेत तिर्ने पौडेलले बताउनुभयो । 
 
माटो लैजाने विषयमा गैँडाकोटको भागरमा भएको छलफलका क्रममा नगर पौडेलले माटो लैजाँदा दिउँसोको समयमा लैजानुपर्ने, सडक बिगारेको अवस्थामा तत्काल मर्मत गर्नुपर्ने तथा अन्तिममा छ मिटरको कालोपत्र सडक निर्माण गरिदिनुपर्नेलगायतका विभिन्न सहमति भएको बताउनुभयो । 
 
पूर्व–पश्चिम राजमार्गको गैँडाकोट नगरपालिका–१४ मा पर्ने अमरापुरी चोकबाट उत्तरतर्फको भागरको माटो स्थानीयले बिक्री गरेका हुन् । प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम मात्रै माटो खन्न पाउने गरी सम्झौता गरिएको गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताउनुभयो । 
 
माटो लैजाने पक्षले सम्झौताविपरीत काम गरेको अवस्थामा ठेक्का रद्द गराएर कारवाही गर्ने अधिकार नगरपालिकासँग भएको उहाँको भनाइ छ । सो स्थानको माटो नारायणगढ–बुटवल सडक खण्ड विस्तारका लागि खण्ड १ मा प्रयोग हुने नगरपालिकाले जनाएको छ । RSS

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...