2076 माघ 12 आईतवार

विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स नेपालमै बन्छ

  |      12:26:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स नेपालमै बन्छ

आँखाको ज्योति फर्काउने लेन्स नेपालले विश्वका धेरै देशमा निर्यात गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि नेपालमा उत्पादन हुने आँखाको लेन्सले संसारका धेरै मान्छेले आँखा देख्न पाएका छन् ।

आँखा मानिसको सम्वेदनशील अंग । सुन्दर विश्वलाई नियाल्ने आँखाको दृष्टि गुम्दाको पीडा कस्तो होला रु सबैले अनुभव गर्न सक्ने कुरा हो । विभिन्न कारणबाट दृष्टि गुमाउनेको पीडा त झन कल्पना नै गर्न सकिँदैन ।

यी सबै पीडालाई मल्हम लगाउने गरी नेपालमै उत्पादन भएको कृत्रिम लेन्सले काम गरिरहेको छ ।तिलगंगा आँखा अस्पतालले उत्पादन गरेको कृत्रिम लेन्सका कारण नेपालका मात्र होइन विश्वका धेरै देशका नागरिकको दृष्टि फर्किएको छ ।

नेपाल दक्षिण एसियामा आँखाको लेन्स उत्पादन गर्ने पहिलो देश पनि हो । लेन्स बनाउन आवश्यक पर्ने कच्चा पदार्थ अमेरिका र बेलायतबाट आयात गर्ने गरिएको छ ।नेपालमा २५ वर्षदेखि आँखाको लेन्स उत्पादन हुँदै आएको छ ।

मोतीबिन्दुका बिरामीलाई चाहिने लेन्स भने तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गर्छ । अष्ट्रेलियामा रहेको फ्रेडल फाउन्डेसनको प्राविधिक सहयोगमा तिलगंगा आँखा अस्पतालमा आँखाको कृत्रिम लेन्स उत्पादन शुरु गरिएको हो ।

२०४९ सालमा तिलगंगामा लेन्स उत्पादन गर्ने ल्याब शुरु गरिएको भएपनि २०५३ सालबाट लेन्सको बिक्री थालिएको हो ।शुरुमा तिलगंगाले एउटा लेन्स तीन डलरमा उत्पादन गरेर विश्वबजारमा १५–२० डलरमा पठाउने गरेको र पछि उत्पादन बढ्दै गएपछि लेन्सको मूल्य पनि घट्दै गएको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइतले बताए ।

नेपालमा पीएमएमए पुरानो प्रविधिबाट बनाइने लेन्स र फोल्डेबल नयाँ प्रविधिबाट बनाइने लेन्स उत्पादन हुन्छ । प्रतिष्ठानले वर्षमा झण्डै ४ लाख लेन्स उत्पादन गर्छ ।

यहाँ बनेको लेन्स चीन, पाकिस्तान, मलेसिया, सिंगापुर, थाइल्याड, दक्षिण अफ्रिका, इन्डोनेसियालगायत ७० देशमा जान्छ । २०५३ पछि अहिलेसम्म झण्डै ५६ लाख ३५ हजारको संख्यामा कृत्रिम लेन्स उत्पादन गरिएको अस्पतालले जानकारी दिएको छ ।

मोतियाविन्दु पीडित अब दृष्टिबिहीन हुनु पर्दैन

२५ वर्ष अघि मोतियाविन्दु लागेर दृष्टि गुमेका नेपालीका लागि पुनः दृष्टि प्राप्त गर्न सहज थिएन । विदेशबाट आयत गरिने कृत्रिम लेन्स महंगो पर्ने भएकाले नेपालीहरु सम्भव हुने उपचारबाट पनि बञ्चित थिए ।

तिलगंगा आँखा अस्पतालले सन् १९९५ देखि कृत्रिम लेन्स उत्पादन शुरु गरेपछि नेपालीका लागि मात्रै होइन बिदेशीका समेत नेपाली लेन्सको उपलब्धता सहज बनेको छ ।

त्यसैले २५ वर्ष अगाडी मोतियाविन्दु भएर आँखाका दृष्टि गुमाएका नेपालीहरु जीवनभर अन्धकारमै बस्नुपर्ने बाध्यता थियो । तर अहिले मोतियाविन्दु भएर दृष्टि गुमाएकाहरुले नेपालमै उत्पादन भएको कृत्रिम लेन्स राखेर नयाँ दृष्टि पाउन थालेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...