2077 जेष्ठ 12 सोमबार

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना माडीमा प्रस्तर मूर्ति कार्यशाला

  |      13:02:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना माडीमा प्रस्तर मूर्ति कार्यशाला
माडी नगरपालिकामा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला २०७६ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र उक्त नगरपालिकाको सहआयोजनमा यहि कात्तिक २३ गते शनिवारदेखि माडीको पर्यटकीय तथा धार्मिक क्षेत्र सोमेश्वरगढीमा  सो कार्यशाला हुन लागेको हो ।
 
अठार दिनसम्म चल्ने सो कार्यशालामा जिल्लाका सातसहित ३० प्रस्तर मूर्तिकारको सहभागिता रहने नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो । सरकारले १०० पर्यटकीय स्थललाई गन्तव्यको सूचीमा सूचिकृत गरेकामा सूचिकृत सो सो स्थलमा  धार्मिक महत्व झल्काउने खालका मूर्ति निर्माण गर्न लागिएको उहाँको भनाइ थियोे ।
 
‘सुन्दरकलाको ऐतिहासिक सोमेश्वरगढी, कृषि र पर्या–पर्यटनको गन्तव्य नगरी’ भन्ने मूल नाराका साथ कार्यशाला आयोजना गर्न लागिएको हो । भ्रमण वर्ष सन् २०२० लाई लक्षित सो कार्यशालाले माडीमा  पर्यटकको आकर्षण बढाउन उपयुक्त गन्तव्य बन्ने विश्वास लिइएको छ ।
 
सोमेश्वरगढीको फेदीबाट तीन किलोमिटरमाथि चिसापानी भन्ने स्थानमा कार्यशाला गरिने र सोही स्थानमा मूर्तिकारले ढुङ्गामा मूर्ति बनाउने भएकाले  त्यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको कार्यशालाका सहसंयोजक तथा नगरउपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । कार्यशालाका  लागि रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
 
नगरपालिकाले सोमेश्वरगढीमा पर्यटन प्रवद्र्धनका लागि गोलपार्क, शालिग्राम पार्क, सूचना केन्द्र, आवास, शुद्ध पिउने पानी, शौचालयलगायत भौतिक संरचना निर्माण गरिसकेको छ । सो क्षेत्रलाई खुला मूर्ति सङ्ग्रहालयका रुपमा परिचित गराउन पनि टेवा पुग्ने आयोजकले जनाएको छ । कुदिएका मूर्तिको संरक्षण नगरपालिकाले गर्ने बताइएको छ  ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...