2077 जेष्ठ 12 सोमबार

इन्साइडर ट्रेडिङ रोक्न बल्ल नियमावली बनाउदै सरकार, कानुनको अभावमा उम्कीदै अपराधी

  |      11:27:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
इन्साइडर ट्रेडिङ रोक्न बल्ल नियमावली बनाउदै सरकार, कानुनको अभावमा उम्कीदै अपराधी

काठमाडौं, कात्तिक १५ । इन्साइडर ट्रेडिङलाई पुँजी बजारको सबैभन्दा ठूलो अपराध मानिन्छ । तर, हाम्रो देशमा भने कानुनको अभावमा यस्ता अपराधी उम्कदै आएका छन् । जसलाई रोक्न बल्ल धितोपत्र बोर्डले भित्रि कारोबार नियमावली बनाउन लागेको छ ।

लगानीकर्तासमक्ष सार्वजनिक गर्नुपर्ने जानकारीलाई गोप्य राखेर कम्पनीका व्यक्ति वा उसको परिवारका सदस्यले सेयर किनबेच गरेमा त्यसलाई भित्री कारोबार भनिन्छ ।

तीन वर्षअघि जनता बैंकका तत्कालीन अध्यक्ष गुरु न्यौपानेले श्रीमती र छोराको नाममा सेयर खरिद गरेको प्रकरण बाहिर आएको थियो । माछापुच्छ्रे बैंकसँग जनता बैंक गाभिने तयारीका बीच त्यो कारोबार गरिएको थियो र पछि उनले श्रीमतीसँग पारपाचुके भएको र छोरासँग अंशबन्डा गरेको देखाएका थिए । त्यसमा पनि बोर्डले थप अनुसन्धान र कारवाही गर्न सकेन ।

सेयर बजारमा विभिन्न कम्पनीका भित्री सूचना चुहावट गरी कारोबारमा चलखेल गरेका कतिपय घटना नै सार्वजनिक हुँदा पनि राज्यको कुनै पनि निकायले त्यसमाथि अनुसन्धान गरी दोषीलाई कारवाहीको भागीदार बनाएको पाइँदैन ।

दुई वर्षअघि एभरेस्ट इन्सुरेन्सले २० प्रतिशत बोनस र ६ प्रतिशत हकप्रद सेयर दिन लागेको कुरा साधारण सभा बस्नुअगावै बाहिरियो । त्यसपछि धितोपत्र बोर्डले गोप्य सूचना चुहाएको आशंकामा नेप्सेलाई कारोबार रोक्का गर्न निर्देशन दियो । केही दिन कारोबार रोक्का पनि भयो । तर गोप्य सूचना चुहाउने को थियो र त्यस चलखेलमा बजारका कुनकुन खेलाडी सक्रिय थिए भन्नेतर्फ कुनै निकायले खोजी गरेन ।

विभिन्न कम्पनीका संवेदनशील सूचना सेयर बजारका खेलाडीसम्म पहिल्यै पुर्याउने र त्यसै आधारमा अस्वाभाविक मात्रामा सेयर खरिद बिक्री गराई अनुचित लाभ लिने गरेका घटना बेलाबेला सार्वजनिक हुँदै आएका छन् । तर त्यसबारे गम्भीर अनुसन्धान र कारवाहीको परिपाटी स्थापित गरिएको छैन । यस क्षेत्रको प्रमुख नियामक निकाय धितोपत्र बोर्ड अहिलेसम्म कानुनी व्यवस्था अभाव देखाएर पन्छिँदै आएको छ । धितोपत्र ऐन २०६३ मा भित्री कारोबार गर्नेलाई बिगो बराबरको जरिवाना र एक वर्षसम्म कैद हुने व्यवस्था भए पनि नियमावलीको अभाव देखाइरहेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...