2076 कार्तिक 29 शुक्रबार

आलमदेवी मन्दिरमा मौलिक सराय नाच

  |      16:56:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
आलमदेवी मन्दिरमा मौलिक सराय नाच

अर्घाखाँची । हिन्दूहरुको महान पर्व बडादशैंको अन्तिम दिन पुर्णिमाको दिन अर्थात् अर्घाखाँची जिल्लाको पाँडेनी गाउँपालका–५, मैदानमा आलमदेवी भगवती मन्दिरमा सराय नाच सम्पन्न भए पछि विधिवत रुपमा दशैँको समापन भएको मानिन्छ ।

सराय नाचले जिल्लामा आन्तरिक पर्यटकहरुलाई भित्र्याउन सहयोग पुगेको छ । जिल्लाका विभिन्न स्थानहरुमा हुने सराय नाँचको अवलोकन गर्न हजारौँको संख्यामा आन्तरिक पर्यटकहरु प्रवेश गरेका थिए ।

तरबार, खुँडा र हतियारहरु लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीहरुको प्रतीकहरु आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार, खुँडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विस्वास रहेको छ । सराय नाच अर्घाखाँचीको मौलिक नाच हो ।

देवीले महिसासुर र शुम्भको बध गरेको दिन विजयादशमीको दिनदेखि नाचिने यो नाच जितको खुसीयालीमा नाच्न थालिएको हो । यो नाच जितको खुसीयालिमा नाचेर मनाउने गरिन्छ ।

 

सराय नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ । हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सराय नाच नाच्न गरिन्छ ।

आलमदेवी भगवतीमा दर्शनार्थीको निकै भिड लागेको थियो । निकै पृथक ढंगबाट आलम देवी भगवती मन्दिर परिसरमा मौलिक सराय नाच भब्य रुपमा सम्पन्न भयो । अशोक बेल्बासे, दिनेश बेल्बासे, मित्रदेब पौडेलको तरबार नचाईले मेलाको सौगन्ध थपेको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पाण्डे रहेका थिए भने, मेला व्यवस्थापन भोजराज घिमिरे, दिपक बेल्बासे, केशब भुषाल रहेका थिए । त्यस्तै, मेलाका सराय संयोजकमा अशोक बेल्बासे, दिनेश बेल्बासे, ठाकुर अधिकारी, पितम्बर घिमिरे, मित्रदेव पौडेल, नेत्र प्रसाद बेल्बासे रहेका थिए । साथै मेडा पुजारी मिनबहादुर रेश्पी र भक्तबहादुर रेश्पी बली मार हानेका थिए । उनीहरुले बली छिनाल्दा दर्शनार्थीहरु निकै उत्साहीत बनेका थिए ।

सराय व्यवस्थापनका लागि सुरक्षामा असहि मानबहादुर क्षेत्रीको कमाण्डमा १२ जना सुरक्षाकर्मी खटिएका थिए । मन्दिरमा पाडा, बोका, कुखुरा, कुपिण्डोको बलि चढाईएको थियो । साथै दर्जनौ परेवा उँडाईएको थियो । दश हजार भन्दाबढी श्रद्धालु भक्तजनहरुले दर्शन गरेको सराय संयोजकमा अशोक बेल्बासेले बताए ।

उनले भने, ‘बिहान ४ बजेदेखि नै भगवती मन्दिरदेखि मैदानसम्म भक्तजनको लाइन लागेको थियो । हामीले नेपाल प्रहरीसँग सहयोग मागेर लाइन व्यवस्थापन तथा सराय पुजा गर्ने व्यवस्था मिलाएको थियौं ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...