2077 जेष्ठ 17 शनिबार

फेसबुकले यस कारण बन्द गर्दैछ लाइक र रिएक्सनको संख्या

  |      15:37:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
फेसबुकले यस कारण बन्द गर्दैछ लाइक र रिएक्सनको संख्या


एजेन्सी । फेसबुकले कुनै पनि पोष्टको लाइक एवं रिक्सेनको गणना नदेखाउने तयारी थालेको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएअनुसार फेसबुले अष्ट्रेलियाबाट यसको सूरुवात गर्ने तयारी गरेको हो ।

मानिसहरुले कुनै पनि पोष्टमा भएका लाइक एवं रिक्सेनको गणनाअनुसार त्यो पोष्टलाई मान्यता दिने गररेको देखिएका कारण फेसबुकले यस्तो तयारी थालेको समेत जानाइएको छ ।

अष्ट्रेलियाई प्रसारण निगम एबीसी ले जनाए अनुसार फेसबुकले धेरै मानसिक संघ संस्था एवं फेसबुकले एनालाइस गरेको डाटा अनुसार मानिसहरुले फेसबुकका पोष्टको क्वालिटी भन्दा पनि लाइक एवं रिएक्सनलाई बढी मान्यता दिने गरेको पाइएपछि यस्तो गर्न थालिएको हो ।


फेसबुकमा लाइक गणना अब अस्पष्ट

फेसबुक अष्ट्रेलियाका नीति निर्देशक मिया गार्लिकले बताए अनुसार फेसबुकले दृश्यात्मक गणना हटाएर प्रयोगकर्ताले पोष्टको गुणस्तर र आवश्यक्तातिर ध्यान दिने बनाउन यस्तो बाटो अपनाउने तयारी थालेको हो ।

उनले यसरी मान्छेहरुको सोचाइमा परिवर्तन गर्न सकिने जनाएका छन् । फेसबुकमा भएका भिडियो गणनामा समेत अवरोध पारिने उनले बताएका छन् ।

आफ्नो प्रयोगकर्ता खातामा रहेका साथीहरु र अन्य पब्लिकले नदेखे पनि आफुले भने आफ्नो कुनै पनि पोष्टको लाइक एवं रिएक्सनको गणना हेर्न सकिनेछ । फेसबुकले यस्तै किसिमको परीक्षण इन्साटाग्राममा पनि प्रयोग गर्ने भएको छ ।

अरु सामाजिक सञ्जाल भन्दा फेसबुकले मानिसहरुको भावनामा निकै फेर बदल ल्याएको देखिएको छ । सन २०१८ मा अमेरिकामा गरिएको एक अनुसन्धानले १७ देखि १९ वर्ष उमेरसमुहका किशोर किशोरीहरुमा आफ्नो पोष्टको लाइक कसरी बढाउने भन्ने सोचमात्रै बिकसित भएको पाइएको थियो ।


अष्ट्रेलियाको कर्टिन विश्वविद्यालयले फेसबुकले यसरी मानिसको भावनात्मक एवं मानसिक असरलाई न्यनिकरण गर्न ध्यान दिनुपर्ने भन्दै सुझाएको थियो ।

गत जुलाईबाट अष्ट्रेलिया, क्यानडा, ब्राजिल, न्यूजील्याण्ड, जापान, इटाली र आयरल्यान्डमा इन्सटाग्रामको लाइक गणनासमेत आफुले मात्रै देख्न सकिने घोषणा गरेको थियो । यसको कारण मानिसहरुले लाइक गणना भन्दा भिडियो र फोटोमा ध्यान दिउँन भनेर गरिएको बताइएको थियो ।

तर यसो गरिएका कारण एपको प्रयोगमा असर परेर केही आर्थिक कमी देखिएको जनाइएको छ । सोही कारण फेसबुक आफुलाई घाटा हुने अवस्था देखिएमा भने फेसबुकमा लाइक गणना नदेखिने नबनाउँन पनि सक्ने छ । फेसबुकले आधिकारीक रुपमा आफु लाइक गणना हटाउने नै घोषणा भने गरिसकेको छैन ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...