2076 कार्तिक 02 शनिबार

क्यानको चुनावी साधारण सभा आजदेखि सुरु, अध्यक्ष पदमा चन्द र पाण्डे भिड्दै

  |      12:22:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
क्यानको चुनावी साधारण सभा आजदेखि सुरु, अध्यक्ष पदमा चन्द र पाण्डे भिड्दै

नेपाली खेलकुदमा विशेष चासोको रुपमा लिईएको नेपाल क्रिकेट संघ (क्यान)ंको चुनावी साधारण सभा आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।


दुई दिने साधारण सभाले नयाँ नेतृत्व पाएपछि तीन बर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्यानमाथि लगाउँदै आएको प्रतिवन्ध फुकुवा हुने विश्वास गरिएको छ ।

आईसीसीलेनै गठन गरेको क्यान विवाद समाधान समितिले निर्वाचन गराउन लागेको हो । क्यान अध्यक्ष पदमा आईसीसीको निलम्बन गर्नुअघिका बर्तमान अध्यक्ष चतुरबहादुर चन्द र पूर्व अध्यक्ष विनयराज पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।

क्यानको यस चुनावलाई नेपाली कांग्रस र नेकपाबीचको भिडन्तका रुपमा पनि लिईएको छ । चन्द नेपाली कांग्रेस समर्थक हुन् भने पाण्डे नेकपा निकट छन् ।

दुवैले आआफ्नो प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् ।  निर्वाचनमा क्यानको ३९ जिल्ला र प्रदेशका २० गरी ५९ सदस्य प्रतिनिधिले मतदान गर्नेछन् ।

निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र १३ जना सदस्य सहित १७ सदस्यीय कार्यसमितिको चयन हुनेछ । दिउँसो २ः०० बजे सुरु हुने साधारण सभाको पहिलो दिन उद्घाटनसँगै निर्वाचन सम्बन्धी कार्यविधि तय गरिने निर्वाचन समितिले जनाएको छ ।

शनिबार नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । साधारण सभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले गर्नेछन् ।

क्यानमाथि सरकारले अनावश्यक हस्तक्षेप गरेको र अवैधानिक निर्वाचन गरिएको भन्दै तीन बर्षअघि आईसीसीले क्यानमाथि प्रतिबन्ध गरेको थियो ।

प्रतिबन्धपछि नेपाली क्रिकेटलाई आईसीसीले आफ्नै सक्रियतामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराउँदै आएको छ । साधारण सभाबाट नयाँ नेतृत्व चयन भएसगै क्यान माथिको निलम्बन फुकुवा हुने राखेप सदस्य सचिव सिलवालले बताएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...