2076 कार्तिक 02 शनिबार

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७६ सम्पन्न

  |      11:23:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७६ सम्पन्न

काठमाडौं, असोज  १० । ६४औं प्रहरी दिवस २०७६ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । 

प्रतियोगिता समापनका अवसरमा बिहीबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रथम हुने टीम १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई रनिङ कप र नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो ।


सो अवसरमा प्रहरी महानिरीक्षक खनालले खेलले व्यक्तिलाई अनुशासित र स्वावलम्बी बनाउने चर्चा गर्दै प्रहरीको जीवनमा  खेल अभिन्न अंगको रुपमा रहने बताउनुभयो ।

खेल जीवनमा खेलाडीहरू सदैव जोस, जाँगर र इमानदारीका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरी खेलकुदलाई गर्व गर्न लायक बनाउनुपर्नेमा जोड दिनुभयो ।  

नेपाल प्रहरीको खेलकुद टिमले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय खेलकुद क्षेत्रमै महत्वपूर्ण योगदान पुर्या्उँदै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले खेलकुद टिमले व्यवसायिक क्षमतामा थप अभिवृद्धि गर्न क्रियाशील हुनुपर्ने बताउनुभयो ।   


उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले द्वितीय हुने टिमका खेलाडीहरुलाई पदक, प्रमाणपत्र, शील्ड र नगद पुरस्कार, सहभागी टिमलाई मोमेन्टो र प्रतियोगिताका रेफ्रिहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

उहाँले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै मानिसलाई शारीरिक रुपमा स्वास्थ्य र मानसिक रुपमा सबल राख्न खेलकुदले मद्दत पुर्याउउने विचार व्यक्त गर्दै खेलकुदको दिगो विकासका लागि प्रतिभावान खेलाडीहरुको समयमै उचित संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले प्रतियोगिताका उत्कृष्ट ब्लकर र स्पाईकरलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रमको सुरुमा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले खेलका रेफ्रीलाई भलिबल हस्तान्तरण गरी फाइनल खेलको उद्घासटन गर्नुभएको थियो ।

उक्त प्रतियोगिता अन्तर्गत १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा टीमबीच आजै भएको फाइनल खेलमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर टीम विजय भएको हो ।

असोज ५ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो । 

सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार ५ सय ५५ रुपैयाँ र ३५ हजार ५ सय ५५ रुपैयाँ एवम् शील्ड, पदक, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । 

सो अवसरमा खेलकूद कार्यक्रम उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...