2076 कार्तिक 02 शनिबार

अख्तियार अदालतलाई दुईतिहाई देखाएर तर्साउन खोजियोः वरिष्ठ नेता पौडेल

  |      17:23:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
अख्तियार अदालतलाई दुईतिहाई देखाएर तर्साउन खोजियोः वरिष्ठ नेता पौडेल

प्यूठान, असोज ६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारको छायांमा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप लगाएका छन् ।

दोश्रो जागरण अभियान अन्तरगत प्यूठानमा अयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारले अख्तियार अदालत सवै संवैधानिक निकायलाई दुई तिहाई देखाएर तर्साएकाले मुलुकमा भएका ठुला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताए ।

पौडेलले भने–‘हरेक सम्बैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । त्यो संविधानको विपरित हो । अख्तियार, अदालतलाई तर्साउन खोजिदैछ । जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरीएको छ ।’

वरिष्ठ नेता पौडेलले ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको आरोप लगाए । उनले विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिन सुरु गरेबाट आर्थिक अनियमितता भएको पुष्टी हुने पनि बताए ।

उनले भने– ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको छ । विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिने काम भएको छ । ठूला ठूला आयोजना ठूला ठूला मान्छे मिलेर मात्र भएका छन् ।’  

पौडेलले मुलुक सत्ता र पैसाको दुष्चक्रमा फस्न लागेकोमा चिन्ता व्यक्त गरे । पौडेलले भने–‘अहिले मुलुकलाई सत्ता र पैसाको दुष्चक्रमा फसाउन लागिएको छ ।

हिजो सरकारमा पुग्ने वित्तिकै कांग्रेसले गाँउबाट विकास सुरु ग¥यो । बाटो, विजुली, पानी शिक्षा स्वास्थ्य गाँउ गाँउमा हामीले पु¥याएको हो । हामीले गाँउ गाँउमा विकासको सुरुवात गर्न थालेसंग गाँउ गाँउमा मान्छे काट्न थालियो ।

मान्छे काट्नेहरु सवै एकैठाँउमा पुगेर सत्ता सञ्चालन गरेपछि अहिले विकास के भएको छ । बाहिर एउटा कुरा गर्ने अनि काम चाँही अर्कै गर्ने नेताहरुदेखि अब सचेत हुन जरुरी छ ।’


पौडेलले दुईतिहाईको सरकारले गरेका कामको हिसाबकिताब नेपाली जनताले गरेको बताउदै कम्युनिष्टहरु चिल्ला कुरा गरेर जनता क्षणिक प्रभावमा परेको बताए ।

उनले भने–‘हिजो क्रान्तिकारी कुरा गर्ने कम्युनिष्ट नेताहरुको व्यवहार अहिले के भएको छ । कम्युनिष्टहरु झुटा कुरा गर्न सिपालु छन् । मजदुर हिमायती भन्ने सत्तामा पुग्ने अनि मजदुर माथि नै प्रतिबन्ध लगाउने कम्युनिष्टहरुको चरित्र हो ।

दासताको युग थियो त्यो समाप्त भयो । पुँजीपतिको युग थियो त्यो पनि समाप्त भयो । अहिले कम्युनिष्टको युगमा सवै वराबरी भयो भन्ने सोचेका थिए ।

तर अहिले कम्युनिष्टहरु नै नयाँ वर्ग जन्मिएको छ । हिजो सामान्य जनता जहाँको त्यही छ अहिले कम्युनिष्ट पार्टीको सदस्यको रवाफ कहाँ पुगेको छ ।’

पौडेलले दुई तिहाईको जनमत निरकुंश शासन चलाउनका लागि प्रयोग गर्न लागिएको भन्दै चिन्ता व्यक्त गरे । पौडेलले भने– ‘नेताहरुलाई प्रश्न गर्न नपाउने कानुन ल्याउन खोजिदै छ ।

मानवअधिकार आयोगको अधिकार कटौती गरीएको छ । हरेक सम्बैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । त्यो संविधानको विपरित हो । अख्तियार, अदालतलाई तर्साउन खोजिदैछ ।

जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरीएको छ ।’ नेता पौडेलले  सवै पार्टीको सहमतिमा बनेको नागरिकता ऐन फेर्ने नहुने कांग्रेसको धारणा रहेको पनि बताए । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...