2077 जेष्ठ 13 मंगलवार

रुपन्देही गोली प्रकरणः अझै हत्यारा पहिचान हुँन सकेन, घटना रहस्यमय बन्दै

  |      17:16:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
रुपन्देही गोली प्रकरणः अझै हत्यारा पहिचान हुँन सकेन, घटना रहस्यमय बन्दै

रूपन्देहीको रोहिणीमा भएको गोली काण्डबारे अनुसन्धान गर्न प्रहरीका २ वटा टोली खटिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोली रूपन्देही आएपछि जिल्ला प्रहरी र सीआईबीको संयुक्त टोलीले अनुसन्धान थालेका हुन् ।

 भदौ २९ गते दिउँसो रोहिणी गाउँपालिका ३ बैकुण्ठपुरमा ओमसतिया गाउँपालिका–५, पठ्खौलीका महेन्द्र कुर्मी चौधरीको गोली हानी हत्या भएको थियो ।

उनको हत्या हुनासाथ जिल्ला प्रहरी कार्यालय रूपन्देहीले प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली गठन गरेर  अनुसन्धान थालेको थियो । त्यसको तीन दिनपछि सीआईबीको टोली असोज १ गते रूपन्देही आइपुगेका थियो ।

घटनाको सूक्ष्म अनुसन्धानका लागि सीआईबीको टोली रूपन्देही आएको रूपन्देही प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न  डीएसपीको नेतृत्वमा सीआईबीको टोली  रूपन्देही आएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले रातोपाटीलाई बताए । 

रहस्यमय हत्या प्रकरण 

घट्नाको एक साता भइसक्दा पनि कसैको सूचनाका आधारमा भयो वा लुटेरा आफैले पैसा लुट्न गोली हाने भन्ने अहिलेसम्म खुलेको छैन ।

यसबारे पुष्टि नहुँदा घट्ना रहस्यमय बन्दै गएको एक प्रहरीले अधिकारीको भनाइ छ । गोली कसले र किन चलायो रु भन्ने विषय नखुले पनि पारिवारिक बेमेलका कारण चौधरीको हत्या भएको आशङ्का गरिएको छ ।

 

मृतककी १६ वर्षीया छोरी सोनम चौधरीले काकी मालती चौधरीको योजनामा बाबुको हत्या गरिएको आरोप लगाएकी छन् । सोनमका अनुसार काका धमेन्द्र चौधरीको २ वर्षअघि मृत्यु भएको र त्यसपछि माइतमा बस्दै आएकी काकीले जग्गाका लागि विवाद गर्दै आएकी थिइन् । ‘माग अनुसारको जग्गा नपाएपछि बुबाको हत्या गराउनुभयो’ सोनमको आरोप छ । उनले काकी मालतीका कारण बुबाको हत्या भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरेकी छन् । प्रहरीले मालती चौधरीसँग सोधपुछ गरेको जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...