2077 जेष्ठ 12 सोमबार

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

  |      17:06:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं, असोज ६ । कपिलवस्तु, चितवन र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । 

कपिलवस्तु, कपिलवस्तु नगरपालिका ११ निगालीस्थित सडकमा लु.२३ प १५१४ नम्बरको स्कुटरले साइकललाई ठक्कर दिँदा आइतबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक बाणगंगा नगरपालिका ५ झण्डा बस्ने ३५ वर्षीय लक्ष्मी आचार्यको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका साइकल चालक सोही नगरपालिका पचेहरा बस्ने ४० वर्षीय मुरली रैदासको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर र साइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


चितवनको भरतपुर महानगरपालिका १ आंपटारीस्थित सडकमा लु.२ ख ६९० नम्बरको ट्रकमा ना.४४ प ५०१७ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही महानगरपालिका १ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषाको गणेशमान चारनाथ नगरपालिका १ बीरेन्द्रबजारस्थित सडकमा बा.२० च १३५० नम्बरको बोलेरो पिकअपले स.१० प २७०१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय श्रबन कुमार शर्माको जानकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 


दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...