2077 जेष्ठ 12 सोमबार

यसपाली नयाँ नोट प्रतिब्यक्ति १८ हजार ५ सय मात्रै, १० गतेबाट नयाँ नोट बाड्दै !

  |      16:51:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
यसपाली नयाँ नोट प्रतिब्यक्ति १८ हजार ५ सय मात्रै, १० गतेबाट नयाँ नोट बाड्दै  !

काठमाडौं, असोज ६ । नेपाल राष्ट्र बैंकले यसपाली प्रतिब्यक्ति १८ हजार ५ सय मात्रै नयाँ नोट सटही गर्दैछ । साथै यस्तो सटही भने असोज १० गतेबाट सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।  

१८ हजार ५ सय बाहेक लिन चाहेमा राष्ट्र बैंकले सुकिला नोट दिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् । उनले भने ‘ नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकले गर्ने खर्च ठूलो छ, दशैमा सटही गरेका कैयन नोटमा रङ लागेका कारण नष्ट गर्नुपर्ने स्थिती छ । ’

दशै तथा पुजापाठका क्रममा रङ लागेका फोहरा नोटहरु राष्ट्र बैंकले अहिलेसम्म ४ खर्ब ३७ अर्ब बराबरको जलाएको छ । फोहरा नोट जलाउने र नयाँ नोट छाप्ने गर्दा खर्च बढ्दै छ ।

त्यसैले यस्तो खर्च रोक्नका लागि राष्ट्र बैंकले यो वर्ष देखि सुकिला नोटहरु सटही गर्न लागेको हो । निरौलाका अनुसार एक हजार र पाँच सय दरका नोटको आयु करिब ३ वर्ष हुन्छ ।

त्यसैगरि त्यो भन्दा साना दरका नोटको आयु भने करिब २ वर्ष हुन्छ । तर दशैमा बितरण गरेका नोटहरु एक महिनामै नष्ट गर्नुपर्ने हुन्छ ।

‘ दशैका बेलामा टिका लगाउँदा मात्रै होइन , काटमार गर्नेहरुले पनि रगत लागेकै हातले नोट समाउदा र तरकारी बेच्ने ठाउका मानिसहरुले पनि नोट फोहर गर्ने गरेको पाएका छौं । ’ निरौलाले भने ।

नोटमा केरमेट गर्नेको संख्या पनि सानो छैन । नोटमा केरमेट गरेमा ५ हजार जरिवाना र तीन महिनासम्म जेल चलान गर्न सक्ने व्यवस्था  भएपनि यो कार्यान्वयनमा आउन सकेको छैन ।

निरौला भन्छन् ‘ कार्वाहिका कामहरु पनि हामीले विस्तारै अघि बढाउँछौ. अब ।’ गत वर्ष साढे १२ अर्ब नोट सटही गरेको राष्ट्र बैंकले यो वर्षको दशैका लागि पनि सोहि परिमाणमा सटही गर्ने भएको छ ।  

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष नयाँ नोट छाप्नका लागि ३ अर्ब खर्च गर्ने गरेको छ । नोट फोहर गर्ने गरेका कारण राज्यको यती ठूलो परिमाणमा खर्च भएको हो ।

जसलाई रोक्नका लागि कानुन कार्यान्वयन गर्नु जरुरी छ । साथै यसका लागि जनचेतना समेत बढाउ राष्ट्र बैंकले प्रचारप्रसार गर्नु जरुरी छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...