2077 जेष्ठ 12 सोमबार

कानुनविपरीत बोनस बाँड्दै नागरिक उड्डयन प्राधिकरण !

  |      16:37:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
कानुनविपरीत बोनस बाँड्दै नागरिक उड्डयन प्राधिकरण !

काठमाडौं, असोज ५ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कानुनविपरीत हुने गरी कर्मचारीलाई बोनस बाँड्न लागेको छ ।

प्राधिकरणले देशको हवाई क्षेत्रको नियमन गर्ने गरेको छ । बोनस ऐन २०३० अनुसार नियामक निकायले बोनस बाँड्न पाइँदैन । 

तर प्राधिकरण भने बोनस ऐनविपरीत हुने गरी बोनस बाँड्न तम्सिएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरलका अनुसार प्राधिकरणलेकर्मचारीलाई बोनस बाँड्न यो आर्थिक वर्ष १ अर्ब २६ करोड ४८ लाख रुपैयाँ छुट्याएकोे छ ।

बोनस खानका लागि प्राधिकरणले आफु व्यवसायीक सस्था भएको जुन अर्धसत्य मात्रै हो । किनकी प्राधिकरण व्यवसायीक सस्था र नियामक सस्था दुबै हो । प्राधिकरणको यस्तो संरचना अनुसार बोनस बाड्न मिल्दैन ।

‘हामी देशक विभिन्न भागमा रहेका बिमानस्थल सञ्चालन गर्छौ, व्यवसायीक सस्था पनि भएको आधारमा बोनस बाड्न लागेका हौ । ’ महानिर्देशक पोखरेलले भने । 

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रियसहित देशका विभिन्न स्थानमा रहेका ३२ वटा विमानस्थल सञ्चालन गर्छ । सरकारी लगानीमा बनेका यस्ता बिमानस्थल प्राधिकरणले सञ्चालन गर्छ । 

जसको मुनाफा भने कर्मचारीलाई बाड्न प्राधिकरण तम्सीएको छ । अन्तर्राष्ट्रिय उडानका यात्रुबाट मात्र वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी विमानस्थल विकास शुल्क उठाउने प्राधिकरणले पूर्वाधार बनाउन सकेको छैन ।

देशका विभिन्न भागमा रहेका बिमानस्थलको अवस्था नाजुक छ । बिमानस्थलको शौचालय समेत राम्रा छैनन् । पर्याप्त पूर्वाधार नभएका कारण सामान्य मर्मत सम्भारका लागि पनि विमानस्थल बन्द गर्नुपर्छ ।

पूर्वाधार अभावकै कारण राति आन्तरिक उडान गर्न मिल्ने विमानस्थलको अभाव छ । प्राधिकरणको सेवाको स्तर हेर्ने हो भने पनि बोनसका लागि योग्य देखिँदैन । 

आवश्यक पूर्वाधारमा ध्यान दिन नसकेको प्राधिकरण कर्मचारीलाई खुसी पार्न लागेको छ । सरकारले बनाइदिएको विमानस्थल संचालनबाट भएको आम्दानी र हवाइ सेवा प्रदायक कम्पनीले बुझाएको रकमलाई प्राधिकरणले बोनसका रुपमा वितरण गर्नु विश्वव्यापी मान्यता विरुद्धमा जानु हो ।

हवाइ सेवाको स्तर गुणस्तरीय नभएका कारण नै नेपालको हवाई क्षेत्र युरोपेली संघको कालो सूचीमा रहेको छ । हामीले यो समचार अमृतबजार साप्ताहिकबाट साभार गरेका हौं । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...