2076 आश्विन 07 मंगलवार

नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारीमा परिसंघ गण्डकी प्रदेशमा

  |      16:52:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारीमा परिसंघ गण्डकी प्रदेशमा

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर प्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका विषयमा चर्चा गरेका थिए भने परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले तेस्रो पूर्वाधार सम्मेलनको तयारीका सन्दर्भमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै मन्त्रीले म्सालले परिसंघले आयोजना गर्न लागेको तेश्रो पूर्वाधार सम्मेलन एक महत्वपूर्ण कार्यक्रम रहेको र यस्तो कार्यक्रममा प्रदेशलाई त्यहाँका परियोजनाहरु अन्तर्राष्ट्रिय जगतमा प्रदर्शन गर्ने व्यवस्था मिलाउनु अत्यन्त सकारात्मक रहेको बताएका थिए ।

गण्डकी प्रदेशले त्यहाँ रहेका सम्भावित परियोजनाहरुलाई सम्मेलनमा प्रस्तुत गर्ने प्रतिवद्धता समेत जनाएको छ । त्यस्तै गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पौडेलले प्रदेशको प्रथम पञ्चवर्षिय योजनाको आधार पत्र तयार भई सकेको र पूर्वाधार सहित ७ वटा क्षेत्रलाई प्रदेशले मुख्य क्षेत्रको रुपमा पहिचान गरेको जानकारी प्रस्तुत गरेका थिए ।

यी ७ वटै क्षेत्रहरुको समग्र विकासका लागि योजनावद्धरुपमा प्रदेश अगाडी बढ्दै छ, यस्तो समयमा परिसंघले गर्न लागेको पूर्वाधार सम्मेलन प्रदेशका लागि समेत अत्यन्त महत्वपूर्ण रहने उनको भनाई थियो । सोही कार्यक्रममा बोल्दै नेपाल युवा निर्माण व्यवसायी समुदायका अध्यक्ष आनन्द सुबेदीले देशको पूर्वाधारको विकास गर्ने जिम्मा युवाहरुमाआई परेकोले आफुहरु यसमा होमिएको बताए ।

सोही कार्यक्रममा सम्मेलनको आयोजनाका सहयोगी तथा नेपाल पूर्वाधार विकास बैंकका नायव महा—प्रवन्धक सुर्य बहादुर तामाङले पूर्वाधार निर्माणमा लगानीको महत्वका बारेमा चर्चा गरेका थिए । यस पटकको पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सात वटै प्रदेसमापूर्व सम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि त्यहाँको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ ।

त्यसरी गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ ।
सो कार्यक्रममा प्रदेश सरकारका उच्चपदस्थ कर्मचारीहरु, परिसंघ गण्डकी प्रदेशका संयोजक विनोद न्यौपाने लगायत स्थानीय उद्योगी तथा व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...