2077 जेष्ठ 13 मंगलवार

शिल्पा पोखरेल र छवि ओझाको मुद्दा पुग्यो सर्वोच्च अदालतमा

  |      13:01:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
शिल्पा पोखरेल र छवि ओझाको मुद्दा पुग्यो सर्वोच्च अदालतमा

काठमाडौं । उच्च अदालत पाटनले पक्राउ गरेर कारबाही अघि बढाउन जिल्ला अदालतले गरेको आदेशविरुद्ध नायिका शिल्पा पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

शिल्पाले साउन २९ गते दायर गरेको रिटमा आइतबार सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा शिल्पाले उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत लगायतलाई विपक्षी बनाई दायर रिटमा सुनुवाइ हुँदैछ।

साउन २४ गते भएको सुनुवाइपछि कलाकार शिल्पा पोखरेल र निर्माता छवि ओझालाई जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले सदर गरेको थियो।

उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी रसरलाकुमारी पाण्डेको संयुक्त इजलासले नायिका पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालतको आदेश उनीहरुलाई पक्राउ गर्न बाटो खोलिदिएको थियो।

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन्।

उच्च अदालतको आदेशमा शिल्पाले दिएको निवेदन अनुसार निषेधाज्ञा जारी गर्न नमिल्ने प्रष्ट पारेको थियो। शिल्पाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेशप्रसाद गुरागाई र अधिवक्ता मनोज यादवले बहस गरेका थिए।

छविकी जेठी पत्नी हेमा ओझाको तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए। छविका तर्फबाट कसैले बहस गरेनन्।

अदालतले पक्राउ पूर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पूर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुनविरुद्ध भएको प्रष्ट पार्दै शिल्पाको माग अनुसार निषेधाज्ञा जारी गर्न नमिल्ने जिकिर हेमाका तर्फबाट बहस गरेका अधिवक्ताहरुको थियो।

गत साउन ५ गते विवादित फिल्म निर्माता छवि ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। ओझाकी जेठी श्रीमती हेमा ओझाले उनलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन्।

२०४१ सालमा आफूहरुको विवाह भएको उल्लेख गर्दै दिएको जाहेरीमा हेमाले २०७५ पुस ११ गते छवि र शिल्पा पोखरेलबीच विवाह भएकाले बहुविवाहमा कानुनी कारबाहीको माग गरेकी थिइन्। त्यसलगतै काठमाडौं जिल्ला अदालतले शिल्पा र छविलाई पक्राउ गर्न आदेश गरेको थियो। पक्राउ पूर्जी जारी भएपछि शिल्पा साउन १६ गते उच्च अदालत पुगेकी थिइन्।

बहुविवाह गरेको प्रमाणित भएकाले छविलाई बहुविवाहको मुद्दामा कानुनी कारबाही गर्न हेमाको माग छ। उनले जाहेरीमा भनेकी छिन्, ‘निज मेरा विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुनबमोजिम यथाशक्य चाँडो नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अघि बढाई अनुसन्धानसमेत गरी निजहरूलाई कानुन बमोजिम हदैसम्मको सजाय गरी पाऊँ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...