2077 जेष्ठ 13 मंगलवार

बैंकिङ कसुरका घटना बढ्दै, एकै बर्षमा २ हजारमाथि मुद्दा दायर

  |      16:44:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
बैंकिङ कसुरका घटना बढ्दै, एकै बर्षमा २ हजारमाथि  मुद्दा दायर

काठमाडौं । मुलुकभर बैंकिङ्ग कसुरका घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, २०७५/०७६ मा मात्रै २ हजार ६ सय २० जनाविरुद्द बैंकिङ्ग कसुरमा मुद्दा दायर गरेको छ ।

आव २०७४/०७५ मा ७ सय ७६ र आव २०७३\०७४ मा ९३ जनाविरुद्द बैंकिङ्ग कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकामा बैंकिङ्ग कसुरका घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्र गत आर्थिक वर्ष २०७५र७६ मा २ हजार ५६६ विरुद्ध बैंकिङ्ग कसुरमा मुद्दा दर्ता भएको छ ।

जसमा काठमाडौंमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैंकिङ्ग कसुरमा काठमाडौंमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ ।

उपत्यकामा आव २०७४/०७५ मा ४८७ र आव २०७३/०७४ मा १० जनाविरुद्द बैंकिङ्ग कसुरमा मुद्दा चलाइएको थियो ।यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैंकिङ्ग कसुरमा मुद्दा चल्दै आएको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताउँछन् । खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैंकिङ्ग कसुरमा मुद्दा चलाइने गरेको छ ।

केही समय अगाडि देवानी हक अन्तर्गत बैंकिङ्ग कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैंकिङ्ग कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...