2077 मंसिर 09 मंगलवार

मालपोत र नापीका सेवालाई प्रविधिमैत्री बनाउँछौँः मन्त्री अर्याल

  |      16:10:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
मालपोत र नापीका सेवालाई प्रविधिमैत्री बनाउँछौँः मन्त्री अर्याल

 

वालिङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री बनाउँदै लगिएको बताएकी छिन् । स्याङ्जाको वालिङमा आज मालपोत कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयको छवि बदल्नका लागि सफलता प्राप्त हुँदै गएको र सो कुरा कार्यालयबाट हुने सेवाप्रवाहबाट पुष्टि हुँदै गएको जिकिर गरिन् ।


“सुशासन कायम गर्नका लागि नयाँ प्रविधिको प्रयोग गर्नु आवश्यक छ”, मन्त्री अर्यालले भनिन्, “नयाँनयाँ प्रविधिको प्रयोगसँगै सेवाग्राहीमैत्री बनाउँदै लगिएकाले मालपोत कार्यालयबाट प्रवाह हुने सेवाबाट सेवाग्राहीले सहजै सेवा लिन सक्नुहुनेछ ।” देशभर हाल १३१ मालपोत र नापी कार्यालय छन् ।  


ती कार्यालयलाई नमूनाका रुपमा अगाडि बढाउँदै लैजाने मन्त्री अर्यालले बताइन् । “प्रविधिको प्रयोगका लागि दक्ष जनशक्तिको अभाव हाम्रा लागि चुनौतीका रुपमा रहेको छ”, मन्त्री अर्यालले भनिन्, “जनशक्तिलाई आवश्यक तालीम तथा प्रशिक्षण प्रदान गरी अगाडि बढ्छौँ जसले गर्दा सेवा प्रवाह थप प्रभावकारी हुनेछ ।”

कार्यसम्पादनका लागि विभिन्न कानूनी झन्झटिला रहेकाले त्यसलाई संशोधन गर्दै स्थानीय तहमा सेवा हस्तान्तरण गरिने मन्त्री अर्यालको भनाइ थियो ।  सो अवसरमा गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले मालपोत र नापी कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त र सेवाग्राहीमैत्री भएर अगाडि बढाउनुपर्नेमा जोड दिइन् । सो अवसरमा जिल्ला समन्वय प्रमुख सीताकुमारी सुन्दास, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

विसं २०७५ असार ८ मा आशिष, सिद्धबाबा जेभीसँग दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएकामा कोभिड– १९ का कारण पाँच महिना थप गरिएको मालपोत कार्यालयका प्रमुख रविन अधिकारीले बताए । भवन कूल रु पाँच करोड ६ लाख २ हजार ३८४ को लागतमा निर्माण भएको हो । सो अवसरमा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मानसमेत गरिएको थियो । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...