2077 मंसिर 14 आईतवार

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ सहितको टोली धोबीखोला करिडोरको स्थलगत अवलोकन

  |      15:47:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ सहितको टोली धोबीखोला करिडोरको स्थलगत अवलोकन

काठमाडौं, मंसिर ५ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिनुभएको छ । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाले सो निर्देशन दिनुभएको हो । 

 मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई , मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारी  सहितको टोलीले खोलाले ओगटेको दाया र बाया गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत  निरीक्षण गरेको थियो । 

‘मैले तपाईहरुलाई यो भन्न चाहन्छु कि अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ ,हजारौ सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनुहदैन तत्काल निर्माण गरिनुपर्छ –उहाले निर्देशन दिनुभयो ।

 मन्त्रीको निर्देशन दिए लगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाईकाजी तिवारीलले कालोपत्रे भएका र बढी खोल्डाखुल्डी देखिएका सडकमा एक  साताभित्र पुरिसक्ने जानकारी दिनुभयो । 
  मन्त्री श्रेष्ठ सहितको टोलीले ललितपुर र काठमाडौंको सिमाना शंखमुल बुद्धनगर स्थित आर्र्च बृजबाट अवलोकन शुरु गरेको थियो । हाल आर्चबृज निर्माण भएको बिजुलीबजार पुलको निरीक्षण गदै मन्त्री श्रेष्ठले सो पुलमुनि अन्डरपास निर्माण प्रकृया शुरु गर्न निर्देशन दिनुभएको थियो । 

  मन्त्री श्रेष्ठले अतिब्यस्त माइतीघर तीनकुने सडकमा सधै सवारी जाम भैरहेने सो पुलमुनी अन्डरपास निर्माण गर्न प्रकृया अघि बढाउन निर्देशन दिनुभएको थियो । पुलमुनी पुगेर निर्देशन दिने क्रममा उहाले भन्नुभयो–सवारी चाप हुने यस्तो क्षेत्रमा किन अन्डरपास निर्माण नगरेको हो ।

सो करिडोरले छोएको अधिकांस पुलमुनी अन्डरपास निर्माण भएपनि सो पुलमुनी फोहोर थुप्रिएको छ । नजिकैको बाटोमा ग्यारेज बनाइएको छ । सो क्रममा मन्त्रालयका सचिव डा. सिहले सकेसम्म चालु आर्थिक वर्ष  नभए एक वर्षभित्र अन्डरपास निर्माण हुने जानकारी गराउनुभएको थियो ।

 ठेकेदारको कमजोरीको कारण बाटो पास गर्न सहज हुने सो पुलमा अन्डरपास निर्माण गरिएको छैन । मन्त्री श्रेष्ठ रेलिङ नाध्दै पुलमुनी पुगेर निरीक्षण गर्नुभएको थियो । लगत्तै चावहिल स्थित ओम अस्पताल पारि पुग्नुभएका मन्त्री श्रेष्ठले बाटोमा मंगाल देखेपछि अचम्म मान्नुभयो । 

भन्नुभयो–ओ हो बाटोमा यत्रो खाल्डो, दुर्घटना भए को जिम्मेवार हुने ? मन्त्रीको उहाको प्रश्नमा आयोजना प्रमुख डा तिवारीले उत्तर दिनुभयो मन्त्री ज्यु आजै यो मंगाल छोप्नेछौ । मन्त्री श्रेष्ठले दुर्घटना हुनबाट जोगाउन बाटोमा देखिएका यस्ता मंगाल र खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएको थियो ।

 करिडोरभित्र पर्ने पुलमुनी फोहोर थुपारिएको, फुटपाथमा व्यावसाय सञ्चालन गरिएको , विद्युत प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याएको थियो । हेर्नुस त करिडोरको हालत यस्तो ? हाम्रो अधिकारक्षेत्र मिचेर धमाधम निर्माण गरिरहेको निकायसंग तत्काल समन्वय गर्न लगाउनुस–स्थलगत निरीक्षण गर्ने क्रममा मन्त्री श्रेष्ठले भन्नुभयो । 

अवलोकनको क्रममा प्रमका विदेश मामिला सल्लाहकार डा भट्टराईले करिडोर निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाउनुपर्ने सुझाव दिनुभयो । निर्माण गर्न अवरोध वा समस्या भए तत्काल मन्त्रालयमा जानकारी गराउयन प्राधिकरणलाई आग्रह गर्नुभएको थियो । 

टोलीले धोबीखोला करिडोश शुरु भएको बुढानिकण्ठ देखि काठमाडौं र ललितपुरका सिमाना शंखमुलसम्म निरीक्षण गरेको थियो । निरीक्षण क्रममा सचिव डा. सिहले करिडोर निर्माण गर्दा देखिएका समस्या समाधान गरी तत्काल काम अघि बढाइने जानकारी गराउनुभएको थियो । उहाले करिडोर क्षेत्रमा हरियाली कायम गर्ने, फुटपा व्यवस्थित गर्ने, र खाल्डाखुल्डी पुर्ने काम एकसाताभित्र सकिनेगरी आजैबाट हुरु गर्ने बताउनुभएको थियो । 

 अवलोकन भ्रमणपछि प्राधिकरणमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आफुसंगै अवलोकनमा गएका सञ्चारकर्मीले आफ्नो आखाले देखे अनुसार रिपोर्टिङ गर्न आग्रह गर्नुभएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली ज्युले समेत विषेश चासो व्यक्त गर्नुभएको करिडोरको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रमका विदेश मामिला सल्लाहकार भट्टराई मन्त्रालयका सचिव र प्राधिकरण प्रमुख सहितको टोली करिडोर अवलोकन भ्रमण गरेको मन्त्री श्रेष्ठले जानकारी गराउनुभयो । 

उहाले उपत्यकाको लाइफलाइनको रुपमा रहेको  धोबीखोलाको इज्जत  र सौन्दर्यता खस्कन नदिन सरकारले जस्तोसुकै कदम अघि बढाउन सक्ने मन्त्रीको भनाई थियो । केही समस्या भए म र सिङगो मन्त्रालयसंग सल्लाह गर्न आउनुन, परियोजनालाई कुनैपनि हालतमा सफल बनाउन हामी सबै लागौ –मन्त्री श्रेष्ठको भनाई थियो । 

  परियोजनाको बारेमा जानकारी गराउनै प्राधिकरणका प्रमुख डा. तिवारीले आगामी एक वर्षभित्र करिडोरको सम्पुर्ण काम सम्पन्न हुने जानकारी गराउनुभयो । हामीले बाटो खोलिसकेका छौ केही सामान्य समस्या बाहेक कुनै ब्याबधान छैन , तोकिएकै समयमा निर्माण सक्नेछौ –उहाँले भन्नुभयो । 

 




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...