2077 मंसिर 14 आईतवार

नेपाल बैंकको १९२ औं शाखा दाङ्गको लमहीमा

  |      12:10:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
नेपाल बैंकको १९२ औं शाखा दाङ्गको लमहीमा

नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ्ग जिल्लाको लमहीमा स्थापना गरेको १९२ औं शाखाको कार्तिक ३० गते आईतवार लक्ष्मीपूजाका दिन उद्घाटन गरिएको छ । लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुुन । यो सँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटिएममा विस्तार भएको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले बार्षिकोत्सवको उपलक्ष्यमा ने.बै.लि. एनिर्भसरी ब्यवशाय कर्जाको सुरुवात गरेको जानकारी गराए । बार्षिक छ दसमलव ९९ प्रतिसत मात्र ब्याजदर कायम गरिएको यस एनिर्भसरी ब्यबशाय कर्जाको सिमा  १० करोड सम्मको रहेको, व्यवशाय दर्ता भएको छ महिना पुगेको हुनुपर्ने, उत्पादन वा खरिद लागतको १०० प्रतिसतसम्म वा स्टक तथा स्टक एण्ड रिसिभेवलको ८० प्रतिसत सम्म लगानी गर्नसक्ने छ ।
ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै बैंकले अत्याधुनिक बैंकिग सेवा सुविधाहरु मोबाइल बैंकिङ, इण्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, सी–आस्बा र भिसा डेबिट कार्ड कार्ड निःशुल्क प्रदानगर्दै आईरहेको छ । यसका अतिरिक्त अधिकारीले दाङ्गजिल्लामा बैंकको शाखा संजाल बिस्तार गर्न आफुसमेत लागिपरेको र अत्याधुनिक बैंकिङ्ग सेवाहरु, बिभिन्न प्रकारका कर्जाहरु, एल.सी. तथा ग्यारेण्टी सुबिधाहरु, एटिएम, डिजिटल बैंकिङ्ग सेवाहरु आदी प्रतिस्पर्धि एबं नेपालको बैकिङ्ग ईण्डस्ट्रीमै सस्तो दररेटमा उपलब्ध गराउने प्रतिबद्घता ब्यक्त गरे । 
उक्त कार्यक्रमका प्रमुख अतिथि लमही नगर पालिकाका प्रमुख (मेयर) श्री कुलबहादुर खत्री क्षेत्रीले लमहीमा नेपाल बैंकको शाखा स्थापना हुनु लमहीबासीहरुको गर्वको कुरा भएको, यस शाखाको संचालनले बिभिन्नकार्यका लागि ने.बे.लि.को घोराही शाखासम्म पुग्नुपर्ने अबस्थाको अन्त्यहुने बताए । यसले नगरबासीहरुको तथा देउखुरी क्षेत्रका बिभिन्न कार्यालयहरु, कर्मचारीहरु, कर्जा ग्राहकहरु, बिद्यालयहरु आदीको ठूलो श्रम तथा समयको बचत हुने, लमही नगरपालिकाले बिभिन्न सहकार्य गर्दै जाने र सहुलियतपूर्ण कर्जाहरु यसैबैंकको माध्यमबाट उपलब्ध गराउन पहल गरिने जानकारी पनि दिए । नेपाल बैंकद्वारा प्रतिस्पर्धी, छिटोछरितो सेवाप्रवाह, ग्राहक मैत्री वातावरण लगायतका कुराहरुमा ध्यान दिनुपर्ने बारेमा पनि उनले जोड दिए । 
बैंकका लमही शाखाका शाखा प्रबन्धक नोर्बु लामाको सभापतित्वमा आयोजित उक्त कार्यक्रम बैंकका तुल्सीपुर शाखाका शाखाप्रबन्धक श्री बिश्वराज अधिकारीले गरेका थिए भने बैंकका सिसहनिया शाखाका शाखाप्रबन्धक प्रशन्न धितालले स्वागत मन्तब्य राखेका थिए । नेपाल बैकका लुम्विनी प्रादेशिक कार्यालयका प्रमुख श्री पासाङ्ग दोर्जे शेर्पाले बैंकका नयाँ प्रडक्टहरुको बारेमा जानकारी गराउँदै छिटो छरितो रुपमा गुणस्तरिय सेवाहरु प्रदान गर्ने प्रण गरे । उक्त कार्यक्रममा लमहीका उद्योगी÷ब्यबशायी नारायण डाँगी (छम्पाली), लमही उ.वा.संघका पूर्व अध्यक्षतथा राप्ती फिड ईण्डस्ट्रीज प्रा.लि.का अध्यक्ष लिलाराज खनाल, खानेपानी संस्था लमहीका सचिव सनम पौडेल, लमही न.पा. वडा नं. ५ का वडा अध्यक्ष बिम बहादुर के.सी. लगायतका वक्ताहरुले आआफ्नो बिचार राख्दै लमही शाखाले उत्कृष्ट सेवाप्रदान गरी नगरबासीहरुलाई सम्पूर्ण प्रकारका बैंकिङ्ग सेवाहरु प्राप्तगर्ने अवसर मिल्ने अपेक्षा प्रकट गरे ।  

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...