2077 मंसिर 09 मंगलवार

सेयर बजारमा बिशाल बजार, साल्ट ट्रेडिङ र हिमालय डिस्टीलरीको किन अस्वाभाविक भाउ बढ्दैछ ?
साना लगानीकर्ता सजग हुनपर्ने

  |      11:09:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
सेयर बजारमा बिशाल बजार, साल्ट ट्रेडिङ र हिमालय डिस्टीलरीको किन अस्वाभाविक भाउ बढ्दैछ ?

काठमाडौं, मंसिर ५ । अहिले सेयर बजारमा बिशाल बजार कम्पनीको मूल्य आकासिएको छ । नाफा नै दिन नसकेको कम्पनीको सेयर मूल्य आकासिएपछि बजारमा संशय बढेको छ । त्यस्तै साल्ट ट्रेडिङ, हिमालय डिस्टीलरी, नेपाल पुनर्बिमा कम्पनी र होटलहरु सबैजसोको अस्वभाविक रुपमा भाउ बढेको छ ।

 अहिले भाउ आकासिएका सबैजसो कम्पनीको पुँजी सानो छ । जसका कारण यि कम्पनीको सेयर निश्चीत ब्यक्तिको हातमा छ । जसका कारण केहि सिमित ब्यक्तिले चाहदा यि कम्पनीको सेयर भाउमा उछाल ल्याउन सकिन्छ ।

केहि समयअघि नाफा नै दिन नसकेका र बित्तिय पारदर्शिता नै नभएका जलविद्युत कम्पनीको सेयरमा भारी बृद्धि भएको थियो । त्यसमा अस्वाभाविक भाउ देखाएर साना लगानीकर्तालाई फसाउन खोजेका ब्यक्ति अहिले आफै फसेका छन् ।

जलविद्युत पछि अहिले केहि टाठाबाठा लगानीकर्ताले साना पुँजी भएका कम्पनीको मूल्यमा अस्वाभाविक भाउ बढाएका छन् । जस्तो कि  बिशाल बजार कम्पनी जसका लगानीकर्ताले बिहिबार मात्रै प्रतिकित्ता ३ सय रुपैयाँ नाफा कमाए ।

बुधबार  प्रतिकित्ता ३ हजार २७ रुपैयाँमा कारोबार भएकोमा बिहिबार बजार बन्द हुँदा यसको मूल्ःय ३ हजार ३ सय २९ रुपैयाँ कायम भएको थियो । ५ करोड पुँजी भएको यो कम्पनिले अहिलेसम्म कुनै लाभांस दिएको छैन ।

तरपनि  यसको मूल्यमा भने किन उछाल आयो ? यहि प्रश्नको मात्रै उत्तर खोज्ने हो भने पनि बजार कसरी अघि बढेको छ भन्ने प्रष्ट हुन्छ । बिहिबार भएको कारोबारमा कमाउनेको सूचिमा दोस्रो स्थानमा  रहेको तारागाउँ रिजेन्सी होटल जसको पनि एकैदिन  प्रतिकित्ता २८ रुपैयाँ मूल्य बढेको छ ।

जबकी सञ्चालनमा आएको लामो समयसम्म नाफामा जान नसकेको भनेर देखाइरहने तारागाउँ रिजेन्सी होटलले बिगत ३ वर्ष यता देखि १२ प्रतिशत मात्रै लाभांस दिन सकेको छ । यसबाहेक सोल्टी र ओरेन्टल होटलको पनि सेयर मूल्य बढेको छ ।

जबकी  सबै होटलको बित्तीय विवरण हेर्ने हो भने  उनिहरु घाटामा गएका छन् । र महामारी अघिको नाफा कमाउन अझै तीन वर्ष लाग्ने स्वयं व्वयसायीको आकलन छ । होटलको मात्रै होइन, साल्ट ट्रेडिङ हिमालय डिस्टीलरी, नागरिक लगानी कोष र नेपाल पुनर्बिमा कम्पनीको मूल्य पनि अस्वभाविक रुपमा बढेको छ ।

जसमा  लगानीकर्ताले अलि सजग भएर लगानी गर्नुपर्ने देखिन्छ । यि साना पुँजी भएका र नाफा कम भएका कम्पनीहरुमा पारदर्शिताको पनि अभाव छ । र ठूलो सेयर पनि निश्चीत ब्यक्तिहरुको हातमा छ । अस्वाभाविक बृद्धि गराउने र आफ्नो लगानी सुरक्षित गरेर साना लगानीकर्ता फस्ने गरेको तितो बिगत  साना लगानीकर्ताले भूल्नु हुँदैन ।

नाफा दिन नसकेपनि जलविद्युुतको सेयरमा पनि अस्वाभाविक बृद्धि देखिन्छ । सेयरबजारमा ४३ प्रतिशत हिस्सा ओगटेको बैंकको परिसुचक भने  दुई दशमलव सात एक अंकले मात्रै बढेको छ ।

 सेयरबजार लहडमा लगानी गर्ने ठाउँ होइन । जहाँ कम्पनीको बित्तीय विवरण बिश्लेषण गरि त्यसले आगामी दिनमा के कति लाभांस दिन सक्छ र कम्पनीमा आर्थिक पारदर्शिता छ छैन र त्यसका सञ्चालकहरु  समेत कस्तो पृष्ठभूभिका ब्यक्तिहरु छन् भनेर हेर्नुपर्छ ।

 तर अहिले लगानीकर्ताहरुले लहडका भरमा लगानी गरेका छन् । यस्तो बेलामा चनाखो भएर लगानी गर्न नसक्ने हो भने लगानी घाटामा जान पनि सक्छ । त्यसैले कम्पनीले दिने लाभांसको आधारमा लगानी गर्नु उचित हुन्छ ताकि पछि लगानी गरेर पछुताउनु नपरोस् ।

बजारमा साना पुँजी भएका कम्पनीमा लगानी बढाएर मूल्य बढाउने र आफुले नाफा सुरक्षित गर्ने समुहबाट साना लगानीकर्ता ठगिने गरेको बिगत नै छ । १८ सय ८१ मा पुगेको सेयर बजारमा खरिद गर्नेहरु पछि पछुताएका थिए । ति सबैजसो कम्पनीको बित्तीय विवरण अध्ययन गरेर भन्दा पनि भाउ बढ्छ भन्ने लहडका आधारमा लगानी गर्नेहरु थिए ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...