2077 मंसिर 09 मंगलवार

छठ पर्व लगत्तै महासंघको दोस्रो चरणको आन्दोलन

  |      15:14:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
छठ पर्व लगत्तै महासंघको दोस्रो चरणको आन्दोलन

काठमाडौ, मंसिर ४ । तीन ठुला सञ्चारगृहहरुमा दोस्रो चरणको आन्दोलन घोषणाको तयारी स्वरुप नेपाल पत्रकार महासंघले आज विभिन्न संघसंगठनहरुसंग राय सुझाव लिएको छ । महासंघमा आयोजित छलफलमा पत्रकारिता सम्बद्ध संगठनहरुले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि महासंघले सम्बद्ध सञ्चारगृहका सञ्चालकको घर घेराउ, सञ्चारगृहमा तालाबन्दी देखि श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयनका लागि सरकारी निकायलाई समेत चर्को दवाब दिनुपर्ने सुझाव दिनुभयो ।


महासंघले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन आन्दोलन गर्दै आएको  छ  ।


कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको समस्यालाई बार्ता र संवादबाट समाधन नभएका कारण आन्दोलन गर्नु परेको जानकारी दिदै छठ पर्व लगत्तै तीन सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन गरिने बताउनुभयो । प्रेस संगठनका संयोजक महेश्वर दाहालले सञ्चारगृहका सञ्चालकहरुले एक दिनको घाटालाई हेरे पत्रकारको पारिश्रमिक रोक्न नहुने भन्दै श्रमिकले विगतको नाफा खोज्ने बेला आएको बताउनुभयो ।


महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारको पेशागत सुरक्षाका सवालमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्दा पत्रकारहरु आन्दोलित बन्नुपरेको बताउनुभयो ।  महासंघका सचिव तथा श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालले श्रमजीवी पत्रकारका माग पुरा नगर्ने तीन ठुला सञ्चारगृहका सञ्चालकहरुको घर घेराउ गर्न संगठनहरुले दिएको सुझाव कार्यान्वयन गरिने बताउनुभयो । महासंघका सचिव लक्ष्मी पुन र शितल महतोले महासंघको आगामि आन्दोलनका बारेमा धारणा राख्नुभएको थियो ।


कार्यक्रममा प्रेस नेपालका अध्यक्ष केशवराज अर्याल, क्रान्तिकारी पत्रकार महासंघका सचिव रनसुर महतारा, मधेशी पत्रकार समाजका  अध्यक्ष मोहन सिंह, प्रगतिशील पत्रकार संघका निवर्तामान अध्यक्ष नारायण शर्मा,  प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैशीले महासंघको आन्दोलनमा साथ र सहयोग रहने बताउनुभयो । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...