2077 मंसिर 09 मंगलवार

च्याउखेतीमा बजारको चिन्ता छैन, खपत सहजै हुन्छ

  |      12:35:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
च्याउखेतीमा बजारको चिन्ता छैन, खपत सहजै हुन्छ

कैलाली । कैलालीको जानकी गाउँपालिकाका युवा च्याउखेतीमा आकर्षित भएका छन् । उनीहरुले व्यावसायिकरूपमा च्याउखेती गरेर अहिले  मनग्य आम्दानीसमेत लिन थालेका छन् । रु छ हजार लगानीबाट च्याउखेती शुरुआत गरेका जानकी–४ का श्रीराम कठरियाले अहिले रु दुई लाखको लगनी गरेका छन् । 


उनले कन्य च्याउ र गोब्रे च्याउ गरी दुईथरिका च्याउ उत्पादन गरिरहेका छन् । “मैले विगतमा धेरै काम गरेँ तर अहिले च्याउखेतीमा भने सन्तुष्ट छु”, उनले भने, “दुई जातका च्याउ उत्पादन गर्छु, बजारको चिन्ता छैन, खपत सहजै भइरहेको छ ।”


अन्य कामभन्दा कम लगानी र घरमै बसेर गर्न सकिने भएकाले च्याउखेती रोजेको उनको भनाइ छ । “शुरुमा थोरै लागनीबाट शुरु गर्न सकिन्छ, तरकारी भएकाले बिक्री भइहाल्छ”, उनले भने, “घरपरिवार मिलेर गर्न सकिन्छ, यसले कामदार व्यवस्थापनमा समेत सहयोग पुगेको छ । च्याउसँगै अन्य काम पनि गर्न सकिन्छ ।”

जानकी–५ का एञ्जिल चौधरीले पनि गत वर्षदेखि च्याउखेती शुरुआत गर्नुभएको छ । उहाँले रानी जमरा कुलरिया सिँचाइ आयोजना कैलालीको ५० प्रतिशत अनुदान सहयोगमा च्याउखेती गरेका हुन् । 

“आधा लगानी सिँचाइ आयोजनाले गरिदिएपछि म थप हौसिएको छु । अहिले ६०० पोका च्याउ उत्पादन गरिरहेको छु”, उनले भने, “मेरो बारीमा उत्पादन भएको च्याउ टीकापुर, लम्की, जोशीपुर, भजनी र धनगढीसम्म जाने गरेको छ ।” उनको व्यवसायमा पनि पाँच जना घरका सदस्य आफैँले काम गरिरहेका छन् । बजारीकरणका लागि दुई जना कामदारसमेत राखेका छन् ।

कामका लागि युवाहरु विभिन्न ठाउँ भौतारिनुभन्दा यसरी व्यवसाय थालेमा यही राम्रो कमाइ गर्न सकिने उनको भनाइ छ । “बेरोजगार भयौँ भनी धेरै युवाहरु भारत तथा विदेश जान थालेका छन्, कोरोना सङ्क्रमण फैलिएपछि यहाँका अधिकांश युवा भारत पसेका छन्”, उनले भने, “बेरोजगार बस्नु, विदेश जानुभन्दा यही कृषिमा लागे राम्रो आम्दानी गर्न सकिन्छ ।”

गाउँपालिकाले पनि युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै कृषिमा अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । जानकी गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरी युवालाई लक्ष्य गरेर कृषिकर्म गर्ने युवालाई गाउँपालिकाले सघाइरहेको जानकारी दिन्छन् । “तालिम, प्राविधिक ज्ञान दिने काम गाउँपालिकाले गरिरहेको छ”, उनी भन्छन्, “यसका साथै नयाँ कृषि व्यवसाय गर्न चाहनेका लागि गाउँपालिकाले थप सहयोग गर्न सक्छ ।”

कृषक अगुवा सन्दीप चौधरी पछिल्लो समय युवाहरु कामको खोजीमा विदेशिने क्रम बढेकाले स्थानीय सरकारले स्थानीयस्तरमा युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रम थप सञ्चालन गर्नुपर्ने सुझाव दिन्छन् । “अबको भविष्य भनेको कृषि नै हो, कृषिलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्छ”, उनी भन्छन्, “अनुदानमात्र नभई बजारीकरणमा समेत सहयोग गर्न आवश्यक छ ।” रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...