2077 मंसिर 14 आईतवार

बिजुलीको उपलब्धता अनुसार माग बढ्न सकेन, चार्जिङ स्टेशन स्थापना हुन अझै अन्योलमा

  |      11:35:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
बिजुलीको उपलब्धता अनुसार माग बढ्न सकेन, चार्जिङ स्टेशन स्थापना हुन अझै अन्योलमा

काठमाडौं, मंसिर ४ । आजभन्दा ६ वर्ष अघि देशमा वार्षिक ५ अर्ब ७० लाख युनिट  विद्युत उपलब्ध थियो । जतिबेला देशमा ३ अर्ब ७४ करोड युनिट बिद्युत खपत हुन्थ्यो । 

अहिले ७ अर्ब ७४ करोड युनिट विद्युत उपलब्ध छ र खपत ६ अर्ब ५२ करोड युनिट रहेको छ । अर्थात बिजुलीको उपलब्धता अनुसारको माग अहिले पनि बढ्न सकेको छैन ।

सरकारले बिजुली गाडीलाई भित्राउने रणनीति अपनाएपनि सोहि अनुसारको भौतिक पूर्वाधार भने निर्माण गर्न सकेको छैन ।  सरकारले हालैमात्रै बिद्युतीय सवारी साधनमा लाग्दै आएको अन्त शुल्क हटाएको छ । 

पूर्व अर्थमन्त्री युवराज खतिवडाले बजेटअघि भन्सार महसुल १० प्रतिशत लाग्ने गरेकोमा बजेटमार्फत ८० प्रतिशत पु¥याएका थिए । र अन्तःशुल्क विद्युतीय सवारीसाधनको क्षमताअनुसार ३० देखि ८० प्रतिशत पु¥याएका  थिए ।

अहिलेका अर्थमन्त्री बिष्णु पौडेलले अन्त शुल्क त हटाए तर विद्युतीय सवारीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार अर्थात चार्जिङ स्टेशन स्थापना गर्न सकेका छैनन् । 

विद्युतको उपलब्धता बढेपनि यसको प्रयोगमा ब्यापकता ल्याउन सरकारले न त विद्युत महशुलमा भारी छुट दिन सकेको छ नत विद्युतीय सामाग्रीको प्रयोगमा नै ब्यापकता ल्याउन सकेको छ । 

जसका कारण नै पछिल्लो समय बिजुलीको माग बढ्न नसकेको हो । देशमा अहिले आवश्यक पर्ने बिजुली उपलब्ध, छ, वर्षातको समयममा त खेर नै जाने सम्मको स्थिती आएको छ । 

तर, खाना पकाउनका लागि आम मानिसलालई इण्डक्सन्को प्रयोग भने ब्यापक बनाउन सकिएको छैन ।  देशमा  गत वर्ष मात्रै ३० अर्ब बराबरको खाना पकाउने ग्यास आयात गरिएको थियो । 

झन्डै डेढ खर्बको गत वर्ष पेट्रोलियम पदार्थ आयात भएको थियो । माथिल्लो तामाकोसी जलविद्युत आयोजना आगामी पुस देखि सञ्चालनमा ल्याउने तयारी छ । 

जसपछि प्रणालीमा ४ सय ५६ मेगावाट विद्युत थपिनेछ । त्यस्तै निजी क्षेत्रबाट यो वर्षमा झन्डै ५ सय ५० मेगावाट बिजुली थपिनेछ ।  तर, सरकारले विद्युत खपतका कार्यक्रम भने अझै ल्याउन सकेको छैन ।

इन्डक्सन्को चुलोको आयातमा लाग्दै आएको १५  प्रतिशत भन्सार छुट दिएपनि यसले निम्न बर्गिय परिवार र मध्यमबर्गिय परिवारलाई आकर्षण गर्न  सकेको छैन । 

बिजुली हरेक समय उपलब्ध हुन्छ भन्ने निश्चीत नभएका कारण ग्यासबाट खाना पकाउनेहरु इन्डक्सन् प्रयोग गर्न सकेका छैनन् । वर्षातका समयमा बिजुली बढि भएका बेलामा सरकारले भारतमा बिजुली  निर्यात गरेको थियो  । 

तर अहिले भने कोरोनाका कारण भारतमा  बिजुलीको माग नभएको र आन्तरिक उत्पादननै प्रशस्त भएकाले   आयातमा रोक लगाएको छ । जबकी सरकार भने अहिले पनि आन्तरिक उत्पादन बढाउने भन्दा भारत र बंगलादेशमै बिजुली निर्यात गरेर पैसा कमाउने सपनामा  रमाइरहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...