2077 श्रावण 23 शुक्रबार

‘छैंटौं स्व माधवराज सुमार्गी टि टवान्टी’ क्रिकेट प्रतियोगीता आयोजना हुने
मकवानपुर क्रिकेट संघ र हेटौंडा एकेडेमीबीच २ वर्षे सम्झौता

  |      19:29:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
 ‘छैंटौं स्व माधवराज सुमार्गी टि टवान्टी’ क्रिकेट  प्रतियोगीता आयोजना हुने

हेटौंडा पुस, २४– हेटौंडामा  ३ नम्बर प्रदेश स्तरिय क्रिकेट कप प्रतियोगीता आयोजना हुने भएको छ ।   छैंटौं स्व माधबराज सुमार्गी टि टवान्टी क्रिकेट कप प्रतियोगीता  ३ नम्बर प्रदेश स्तरिय प्रतियोगीतामा ८ वटा टिमले सहभागीता जनाउने भएका हुन् ।

मकवानपुर क्रिकेट संघले  बिहिबार  पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी गराएको हो ।  आयोजक मकवानपुर क्रिकेट संघले छैंटौ  र सातौं प्रतियोगिताको लागि प्रायोजक हेटौंडा एकेडेमीसँग २ वर्षे सम्झौता समेत गरेको छ । उक्त सम्झौतापत्रमा  हेटौंडा  एकेडेमीको तर्फबाट विद्यालय व्यवस्थाप समितिका अध्यक्ष अरुणराज सुमार्गी र मकवानपुर क्रिकेट संका अध्यक्ष बासुलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

आयोजक अध्यक्ष श्रेष्ठले  सझौतामा  हस्ताक्षर तथा प्रतियोगिताको बारेमा जानकारी दिदैँ  आउने वर्षमा निरन्तर प्रतियोगिता गर्दै अघि बढ्ने बताए । 
 यो वाषर््को खेलका लागी ५ लाख रुपैया खर्च लाग्ने समेत अनुमान रहेको पनि बताए । उनले प्रतियोगितालाई सफल पार्न प्रायोजकका रुपमा भुमिका खेल्ने हेटौंडा एकेडेमी र संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गीलाई धन्यवाद समेत व्यक्त गरे ।  आगामी पौष २६ गतेदेखी छैंटौं प्रतियोगिता आयोजना हुँदैछ ।

  बाहिरी जिल्लाहरुमा पनि क्रिकेटका प्रतियोगिताहरु भैरहेका कारण यो वर्षको  फाईनल खेल माघ ४ वा ५ गते खेलाडीहरुको अनुकुल हुनेगरी समपन्न गर्ने उनको भनाइ थियो ।

सोही कार्यक्रममा बोल्दै क्यान मकवानपुरका संस्थापक अध्यक्ष एवम्  हेटौंडा एकेडेमीका विद्यालय  ब्यबस्थापन समितिका अध्यक्ष सुमार्गीले  आगामी २ बर्षको लागी प्रतियोगिता प्रायोजन गर्ने सहमती गर्दै आफनो बुबा स्व. माधबराज सुमार्गीको नाममा यो प्रतियोगीता आयोजना गर्ने  अवर प्रदान गर्ने आयोजकलाई धन्यवाद व्यक्त गरे । 

उनले  २ वर्षको  लागि  मात्रै  सम्झौता  भएपनि २ वर्षपछि फेरी यसलाई निरन्तर आयोजना गर्न हाफूहरु तयार रहेको जानकारी गराए । मकवानपुरमा क्रिकेट खेललाई अगाडी बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ थियो ।  प्रतियोगितामा पहिलो पाईला शिशु स्याहार केन्द्रकी संचालीका अंकीता सुमार्गीले खेलाडीहरुलाई ग्राउण्डमै पहिलो पाईलाको तर्फबाट खाना खुवाउने ब्यबस्था गरिएको जनाईन् । 

पत्रकार सम्मेलनमा मकवानपुर क्रिकेट संघका सचिव दिपेन्द्र ढकाल, प्रतियोगिता संयोजक एवम् क्रिकेट संघ प्रदेश कमिटिका उपाध्यक्ष प्रेम बहादुर क्षेत्री,जिल्ला सदस्य बिनोद प्रधान,जिल्ला उपाध्यक्ष एवम् केन्द्रीय सदस्य करण महत्रा लगायतले यो वर्ष  २ र ३ नम्बर प्रदेशका ६ जिल्लालाई मात्र समेट्न सफल भए पनि आगामी वर्षमा अन्य प्रदेशहरुका जिल्लाहरुलाई पनि समेट्ने जनाए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितिय हुने टिमले २० हजार नगद, शिल्ड प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताए । 

प्रतियोगिताको पहिलो खेल आगामी २६ गते बिहान ८ः३० बजे महाविर क्लब मकवानपुर र मकवानपुर क्रिकेट एकेडेमीबीच हुनेछ ।  प्रतियोगिताको ‘ए’ समूहमा महाविर क्लब हेटौंडा, मकवानपुर क्रिकेट एकेडेमी,मकवानपुर क्रिकेट क्लब, र कलैया क्रिकेट रहेका छन् ।  त्यस्तै,  ‘वी’ समूहमा युनाईटेड क्रिकेट क्लब पर्सा, नुवाकोट क्रिकेट क्लब नुवाकोट, चितवन क्रिकेट क्लब  र नेक्सस क्रिकेट एकेडेमी रहेकाछन् ।  यो वर्ष हेटौंडाको हुप्राचौरमा हुने प्रतियोगिता दोस्रो वर्षदेखि  प्रायोजक हटौंडा  एकेडेमी मैदानमा आयोजना हुने सम्झौतामा उल्लेख गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...