2076 आश्विन 07 मंगलवार

सुमार्गीको रकम फुकुवा र रोक्काको नाटक , अनि देशको आर्थिक समृद्धि

  |      11:40:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
     सुमार्गीको रकम फुकुवा र रोक्काको नाटक , अनि देशको आर्थिक समृद्धि

शिव अधिकारी
काठमाडौं–
यो देश धेरै खाले अनौठा घटना घटिरहने भट्टी बनेको छ । चारैतिर यस्ता भट्टीहरु चलिरहेका पाइन्छन् । यसै क्रममा निरन्तर विवादको चंगुलमा फसिरहनुपर्ने ठाउँ भने न्यायालय नै बनेको छ । यो भनिरहँदा अन्यथा नहोस तर, न्यायालय वास्तविक गरिमामय स्थानबाट धेरै तल झरिसकेको अवस्था देखा परिरहनुले पनि देशकै दुर्दशा निम्त्याईरहेको हो की ? भन्ने कुरा सोच्न सवैलाई बाध्य वनाएको छ । यति मात्र होईन न्यायालय न्याय पाउने ठाउँ हो त ? भनेर शंका गर्नु पर्ने र बढि नै चिन्ता गर्नुपर्ने अवस्थावाट गुज्रनुु दुःखद कुरा हो । यसैले जति निर्णय भएपनि जनसाधारणमा न्यायपालिकासँगको विश्वसनीयता रहन सकेन भने त्यो जति खतरनाक अवस्था देशमा अरु केही हुन सक्दैन । 
राज्य समृद्धिको अभियानमा छ । प्रधानमन्त्रीको  हतारो   देशलाई छिटो भन्दा छिटो समृद्ध बनाउने र जनतालाई सुखी र खुसी राख्ने हो । यो कामको लागि उद्योग व्यवसायको व्यापक परिचालन हुनुपर्छ र यहाँको श्रोत साधनलाई व्यवस्थापन गरेर उपलब्धी लिनुपर्छ । भनेर मात्र बिकास हुने हो र ? हुँदैन । यो त मन्त्र जप गरेर संकट टार्ने कुरा त होईन नी । समृद्धि काम  नगरे त हुँदै हुँदैन । यसैले सबै क्षेत्रलाई सवल वनाएर राष्ट्रलाई समृद्ध बनाउने र सामाजिक जीवनलाई सुखद बनाउने काम राजनीतिको हो । भलै बोलिमा भने जिम्मेवार देखिएर राजनीति अगाडी आएको हो तापनि वोली अनुसार काम हुन नसकेको गुनासो सबैमा छ । यद्यपी, यो बोलीलाई टिपेर राजनीतिलाई लगाम लगाउने काम भने जनताको हो तर, जनता त्यो अवस्थामा पुग्न निकै कठोर अवस्था पार गर्नुपर्ने हुन्छ । यसैले जनता, नागरिक समाज अबका दिनमा सकृय भएर देशको समृद्धि र सामाजिक व्यवस्थापनको लागि गम्भिर नहुने हो भने देशले अझै ठूलो संकटको सामना गर्नु पर्ने अवस्था निश्चित छ । 
आर्थिक समृद्धिको  लागि देशमा साधन र श्रोतको परिचालन गर्ने व्यापक तयारी र सहज वातावरण वन्नुपर्छ । राज्यले उद्यमीलाई उद्योग गर्न चाहेको अवस्थामा सहज वातावरण वनाएर सम्पूर्ण पूर्वाधार व्यवस्था गरि व्यवसायमा आकर्षित गर्नुपर्छ । यसो गर्ने वित्तिकै लगानी कर्ताहरु उत्साहित हुन्छन् र देशमा उद्योग व्यवसायको स्थापना हुन्छ । 
उद्योगिहरु आफ्नो लगानीको सुरक्षा हुने जुनसुकै देशमा गएर पनि व्यवसाय संचालन गर्न सक्छन । यो संंसारिक र सामाजिक मान्यता पनि हो । अहिले मात्र नभएर सिल्क रोडको समयमा पनि एक देशका व्यापारिहरु विभिन्न देशमा गएर आफ्नो उत्पादन सामान बिक्री गर्ने र आवश्यक वस्तुहरु खरिद गर्ने गर्दथे । यसैले भन्न सकिन्छ व्यापारिहरुको वास्तविक देश हुँदैन । उनीहरुको उद्देश्य व्यापार गर्नु व्यवसाय गर्नु र नाफा कमाउनु हो । राज्यले त उनीहरुले गरेको आर्जनवाट राजस्व लिने, रोजगारीको अवसर प्रदान गर्ने वातावरण वनाउने र सामाजिक सम्पन्नताको लागि जनतालाई समेत औद्योगिकरणमा सामेल गराउने नै हो । उदाहरणकै लागि हेर्ने हो भने व्यापारकै सिलसिलामा भारतबाट नेपाल छिरेका माडवारी समूदायहरु यहाँ व्यापार व्यवसाय गरिरहेका छन् । केही व्यापारिहरु सफलतापूर्वक आफ्नो व्यापार संचालन गर्ने क्रममा नेपालका मात्र सर्वाधिक धनी मात्र नभएर विश्वकै धनीको सूचिमा नाम अंकित गर्न नेपालकै व्यापारि बिनोद चौधरी सफल भएका छन् । यिनले नेपालमा व्यवसायमा आर्जन गरेको सम्पत्तिबाट नै भारतका विभिन्न ठाउँमा मात्र नभएर विश्वका धेरै देशमा उद्योग व्यापार गरिरहेका छन् । यिनले नेपालमै कमाएकोे रकम बाहिर लगेर उद्योग गरेका हुन । यसमा बिनोद मात्रै होईन केही अन्य व्यापारीहरुले पनि नेपालको सम्पत्तिवाट विदेशमा व्यवसाय गरिरहेका छन् । 
यहाँ सोचनीय कुरा के भने नेपालीले विदेश लगेर व्यासाय गर्न सक्छन् भने विदेशवाट नेपाल पैसा ल्याएर उद्योग व्यवसाय गर्न पाउने कि नपाउने ? भन्ने कुरा यहाका व्यवासायी तथा समाजसेवी अजेय सुमार्गीले विदेशबाट ऋृणको रुपमा ल्याएको रकम श्रोत खुलेन भनेर रोक्ने जस्ता अनौठो घटना यो देशमा घटिरहेका छन् । अहिले उनले ल्याएको रकम ५ बर्षदेखि खाता संचालन गर्न नपाउने गरि रोकिएको छ । उनले व्यवसाय संचलन गर्न पाएका छैनन् । उनको हाइड्रो पावर, संचार, र सिमेण्ट उद्योग संचालनको लागि ल्याएको रकम रोक्नुको कारण के देशको आर्थिक  समृद्धिको अभियान हो र ? 
अजेय सुमार्गीलाई कारबाही गरेको कुरा कतिलाई रमाईलो लाग्न सक्छ । फेरी कुनै प्रगति गरिरहेको व्यक्तिलाई अनियमितताको आरोप लाग्ने, भ्रष्टाचार गरेको छ भन्ने कुरामा सवैको एक मत हुन्छ भने त्यस्ता व्यापारीले उद्योग व्यवसाय संचालन गरोस, देशको साधन र श्रोतको उपयोगवाट आर्थिक समृद्धि गरोस, देशमा रोजगारीका अवसरहरु प्रसस्त बन्न सकोस भन्ने सोच अनुसारको विचार राख्न एकजना पनि अगाडी आएको पाईदैन । यसै क्रममा रकम फुकुवा भएको र रोकिएको आदेश जस्ता अनौठा घटनाको  कारण अहिले समाजसेवी एवम् उद्यमी अजेय सुमार्गी फेरि चर्चामा आएका छन् । 
औद्योगिकरणको लागि सुमार्गीले साहसपूर्ण अभियान संचालन गरिरहेको कुरा भने खास गरेर निर्णायक तहले रुचाएको पाईदैन । किनभने उनले कैयौ कष्टका बाबजुद देशको औद्योगिकस्तरलाई फराकिलो बनाउन विदेशवाट ल्याएको ऋृणको भारी बिसाउन नपाउदै सरकारले अपहरण गरेको पाँच बर्ष भैसकेको छ । यसलाई फूकुवा गर्ने र उनले संचालन गरेका जलविद्युत, सिमेण्ट र दुरसंचार सम्वन्धि कार्यक्रममा व्यापकता ल्याउने क्रममा उनी सरकारको ढोका ढोकामा पुगेर गुहार मागिरहे । केही नलागेपछि सर्बोच्चमा पुेगेर निर्णयको प्रतिक्षा गर्दा गर्दै पाँच बर्ष भन्दा बढि समय बितिसकेको छ । 
यतिकैमा गएको पुस १० गते सर्वोच्चको एक आदेशले उनको रकम फुकुवा गर्ने अन्तरिमा आदेश दिएपछि उनलाई केही राहत मिलेको थियो । यसरी उद्योग संचालन गर्ने वातावरण बनेकोमा उनि उत्साहित नै भएको हुनुपर्छ । यद्यपि, अर्बौै कर्जाको ब्याज उनलाई कति घाटा भैरहेको होला ? भन्ने चोट पनि उनले यो निणयवाट बिर्सेकै हुनुपर्छ । खाता फुकुवा भैसकेपछि उनले रकमा झिकेको पनि हुनसकछ । यसै अवस्थामा फेरि त्यहि सर्वोच्च अदालतले चोलेन्द्र शमसेर प्रधानन्यायाधीशको जिम्मेवारी पाउने बित्तिकै पहिले गरेको निर्णय बदर गर्दै खाता लाई यथास्थितिमा राख्नु भन्ने आदेशले सर्वोच्च जस्तो न्याय प्रदान गर्ने न्यायालयको गरिमा कतिको सुरक्षित भयो होला ।  यो सोचनीय कुरा छ ।
अहिले यो सुमार्गी प्रकरण ज्यादै चर्चाको बिषय भएको छ । किनभने पुस १० गते फुकुवा भएको रकम दुईहप्ता नहँुदै फेरि रोक्का गर्नु कहाँसम्म न्याय संगत हो ? अहिले बिसौं हजारको संख्यामा रहेका कानून व्यवसायीको समेत यसले मानमर्दन गरेको छ भन्ने गुनासो पनि सुनिन थालेको छ । यसकारण सर्वोच्चले अव फेरि भन्नुपर्ने नै भयो कि यसरी फिर्ता गर्नु वा यथावत राख्नु भनेको रकम कसको लागि हो ? सुमार्गीले कसलाई फिर्ता दिने हो ? के यो भ्रष्टचारको रकम हो ? यहाँ कहा नेर देशले नोक्सानी बेहोर्नु परेको छ ? 
न्यायालयले कुनै ठेकेदारले सर्त अनुसार काम गरेको छैन भनेर सरकारले धरौटी खाता रोक्का राख्दा त्यस्तो खाताको रकम रोक्का नगर्नु भन्ने आदेश दिएको अचम्मको घटना ज्यादै जनसरोकारको मेलम्ची खानेपानी योजनाले बेहोर्नु परेको छ । यसै कारण अहिले मेलम्ची योजना समेत अन्योल बनेको छ । कुनै ठेकेदारले काम गरेन भनेर त्यस्तो ठेकेदारलाई कारबाही गर्न खोज्दा कारबाही नगर्नु भन्ने आदेश पनि आईहाल्छ । एनसेल जस्ता संस्थाले राजस्व छलि गर्दाको कारबाहीमा समेत कारबाही नगर्ने र एनसेलले नाफा रकम लैजान पाउछ भन्ने आदेश समेत न्यायालयले नै गरेका उदाहरण प्रशस्त छन् । 
यसरी देश भित्र आएको रकम अब सरकारले के गर्ने र यसको उपयोगिताबाट हुने उपलब्धीको अवरोध भैरहेकोमा जिम्मेवार को हुने भन्ने प्रश्न जटिल वन्दै गएको छ । अब त यसरी अजेय सुमार्गीलाई यो अवस्थावाट परेको घाटाको क्षतिपूर्ति कसले गर्ने ? भन्ने कुरामा पनि सवै क्षेत्र गम्भिर हुनुपर्ने अवस्था आईरहेको छ । किनभने उनले यसरी श्रोत रोक्का रहेको कारण आफ्ना उद्योगहरु संचालन गर्न सकेका छैनन् र सो रकमको ब्याज रकम बेहोर्न पनि समस्या बनिरहेको देखिन्छ ।
विदेशवाट ल्याएको रकमबाट उनका सुर्खेतमा सिमेण्ट उद्योग, जलश्रोत उद्योग, र संचार लगायत अनेकौ कार्यक्रमम अबरुद्ध भएका छन् । स्वदेशमा उद्यमीलाई निरुत्साहित गरेर बर्षेनी रोजगारीको लागि तयार हुने ६ लाख भन्दा बढी युवाहरुलाई विदेशमा रोजगारीको अवसर दिलाएको कुरालाई बहादुरी ठान्नु सरकारको लागि कतिसम्म स्वाभाविक कुरा हो  ? किनभने अहिले जापानमा रोजगारी खोलेर सरकाले ठूलो काम गरेको बहादुरी देखाउनु साँच्चै लाजमर्दो कुरा हो । सरकारले त देशमै रोजगारी दिन्छौ, देशभर उद्यमशिलताको तालिम कार्यक्रम संचालन गछौँ , कुनै पनि युवालाई तालिम र सिप आर्जन बाहेकको कार्यक्रममा विदेश जान रोक लगाउँछौ, बरु विदेशवाट विज्ञ अथवा युवाहरुलाई रोजगारी दिन्छौ भन्नु र त्यस्तै कार्यक्रम ल्याउनु पर्ने थियो । तर, उद्योगपतिले ल्याएको विदेशी पैसा पनि प्रयोग गर्नमा रोक लगाएपछि यहा रोजगारीका अवसर कसरी बन्छन् ? के नेपाल युवा उत्पादन गर्ने देश हो र यिनलई बेचेर सरकार चलाउने   हो र ?
अजेय सुमार्गी उद्योगपति व्यापारी मात्र नभएर समाजसेवी पनि हुन् । उनले बनाएको पशुपति धर्मशाला, सुमार्गी स्मृतिभवन उदाहरणिय छ । यस्तै श्रीवन मुक्तिनाथ धाममा पञ्चलक्ष्मीको मन्दिर निर्माण, मुक्तिक्षेत्रको सुधारमा गरेको लगानी अतुलनीय  छ । यसै गरि उनले थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट, सनातन धर्मका प्रवर्धक योगि नरहरी नाथ जस्ता विशेष हस्तिको सम्मानमा विभिन्न कार्यक्रम संचालन गर्नुलाई कसरी मूल्यांकन गर्ने ? यो सोचनीय कुरा हो । यसै गरि देशमा परेका अप्ठ्यारो अवस्थामा देशलाई साथ दिन आफ्नो करोडौं खर्चिने उद्यमी पनि अजेय सुमार्गी नै हुन् । यसको उदाहरण गत भूकम्पको समयमा उद्धार कार्यालयनै खोलेर विभिन्न क्षेत्रमा राहत सामग्री वितरण गर्नु सामूदायिक भवन निर्माण गर्नु जस्ता योगदानको मूल्यांकन गर्ने क्षमता राख्ने निर्णायक निकाय छ की छैन भनेर सोच्नु पर्ने बेला आएको छ । 
समग्र परिस्थिति र अजेय सुमार्गीको योगदानलाई दृष्टिगत गर्दा उनले कतै राजस्व छलेको देखिदैन । विदेशी कम्पनीले यहा उद्योग संचालनको लागि उनकै कम्पनीमा गरेको लगानी कसरी अनियमित हुन्छ र राष्ट्रलाई कतिको नोक्सान पुग्छ भन्ने कुराको खोजि अब सर्वसाधारणले पनि गर्नुपर्ने बेला आएको छ । 
देश विकासको लागि विगत ६०  दशकमा थला परेको दक्षिण कोरियालाई पार्कचुङहीले विदेशवाटै लगानी भित्र्याएर सम्पन्नताको जग बसालेका हुन् । मलेशियामा महथिरले विदेशी लगानीकै वातावरण वनाएर औद्योगिकरण गर्न सके, सिंगापुरमा लि.क्वान.यु ले जस्तो सुकै अवस्थाको भएपनि विदेशवाट लगानी आए हुन्छ भनेर निसर्त वैदेशिक लगानीको वातावरण बनाएका हुन् । चिनमा देङले खुला अर्थ व्यवस्थाको शुरुआत गरेर विदेशी लगानीलाई उर्वर वातावरण दिएका थिए ।  अहिले सिले यो कुरालाई सुदृढ बनाएको कारण चीन विश्वको सर्वाधिक धनी देशको सिढीमा उक्लिरहेको छ । भारतमा मोदी पनि विदेशी लगानीको खोजीमै छन् । के यस्ता कुरा नेपालले नसिक्ने ? 
अब सिमित व्यापारीको कुराको पछी लागेर एउटा साहसी उद्यमी जसले देश छोडेर जान चहेन त्यस्तो बहुआयामिक व्यक्तित्वलाई निश्तेज गर्ने उसलाई पलायन गर्न वाध्य पार्ने नै राज्यले लिएको समृद्धिको प्रकृया हो ? यसरी देशको समृद्ध हुन्छ ? यसैले अब सरकारले सोंचोस सुमार्गी लगायत अहिले गैरआवासीय नेपाली समेतले देशमा लगानी भित्र्याउने जमर्को गरिरहेका छन् । यस्ता सबैैलाई देश भित्र कृषि व्यवसायिकरण, औद्योगिकरण जस्ता कार्यमा विदेशी व्यापारीहरु समेतसहभागी हुने गरि कार्यक्र सुरु गर्ने उर्बर वातावरण वनाउनुपर्छ । विदेशवाट आएको रकम रोकेर देशको समृद्धि हुँदैन । 
 
 
 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...