2077 मंसिर 09 मंगलवार

सहुलियतमा मल उपलब्ध गराउन बजेटको व्यवस्था

  |      18:23:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
सहुलियतमा मल उपलब्ध गराउन बजेटको व्यवस्था
सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीलाई रु एक करोड बजेट उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा किसनलाल भट्ट र कर्पोरेशनका धनगढीस्थित कार्यालयका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेबीच सहुलियत मूल्यमा मल बिक्री गर्नेसम्बन्धी सम्झौता आदानप्रदान भएको छ । 
 
सम्झौताअनुसार कर्पोरेशनले बिक्री गर्दै आएको रासायनिक मल एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट कर्पोरेशनले तोकेको मूल्यभन्दा सहुलियत मूल्यमा बिक्री गर्नुपर्नेछ । खेती गर्ने समयमा रासायनिक मल अभावको समस्या खेप्दै आएका किसानलाई सहुलियत मूल्यमा मलको व्यवस्था गरी राहत दिन प्रदेश सरकारले पहिलो पटक यो बजेट पलब्ध गराउने भएको हो । 
  
कर्पोरेशनले डिएपी र युरिया मलका अलावा युरिया मलको विकल्पमा प्रयोग गर्न सकिने एमोनियम सल्फेट र डिएपी मलको विकल्पमा प्रयोग गर्न सकिने सिङ्गल सुपर फस्फेट मलसमेत बिक्री गर्दै आएको छ । नेपाल सरकारले डिएपी र युरिया मलमा अनुदान दिए पनि एमोनियम फस्फेट र सिङ्गल सुपर फस्फेटमा अनुदान दिएको छैन । जसका कारण डिएपी र युरिया मलको तुलनामा यो मलको मूल्य केही महङ्गो पर्न गई आम किसानले खरिद गर्न सकिरहेका थिएनन् ।
  
“किसानलाई सहुलियत मूल्यमा मल उपलब्ध गराई राहत दिन प्रदेश सरकारले ऐतिहासिक काम गरेको छ”, कर्पोरेशनका नायब महाप्रबन्धक पाण्डेले भन्नुभयो, “अब प्रदेशमा मल अभाव हुँदैन ।” सम्झौताअनुसार ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट रु एक हजार, बोरोन मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु ९३० र जिङ्क मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु ९०० बिक्री मूल्य निर्धारण गरिएको छ । 
 
कर्पोरेशनले अहिलेसम्म ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट रु एक हजार ४२६, बोरोन मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु एक हजार १६६ र जिङ्क मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु एक हजार १४६ मा अधिकृत बिक्रेतामार्फत बिक्री गर्दै आएको छ ।
  
हाल डिएपी र युरिया मलको अभाव भए पनि कर्पोरेशनसँग एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल पर्याप्त मौज्दात छ । मल बिक्रीको जिम्मा लिएको अर्को कृषि सामग्री कम्पनी लिमिटेडमा पनि हाल युरिया र डिएपी मलको अभाव छ । चालू आर्थिक वर्षको चौमासिकमा कर्पोरेशनले दुई हजार ४६५ मे टन एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल बिक्री गरिसकेको जनाइएको छ ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...