2077 श्रावण 23 शुक्रबार

सरकारी सावधानीका कारण शीतलहर र हिमपातले मानवीय क्षति भएनः गृहमन्त्री

  |      21:01:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
सरकारी  सावधानीका कारण शीतलहर र हिमपातले  मानवीय क्षति भएनः गृहमन्त्री

काठमाडौं पुस, २७– चिसो, शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित भए पनि यो वर्ष कुनै मानवीय क्षति नभएको सरकारले जनाएको छ ।


गृहमन्त्री रामबहादुर थापाले सरकारको आवश्यक सावधानी र समन्वयका कारण मानवीय क्षति बेहोर्नु नपरेको जानकारी गराउँदै चिसोको मौसम बाँकी नै रहेको हुँदा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको काममा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिए ।


गृह मन्त्रालयमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले हिमपात र शीतलहर बढ्नसक्नेतर्फ सङ्केत गर्दै थप सतर्कता अपनाउनसमेत आग्रह गरे। 


विपद् जोखिम न्यूनीकरण र यसको व्यवस्थापन विश्वव्यापी समस्या हो । जोखिम न्यूनीकरणका लागि सबै देश आ–आफ्नै ढङ्गले लागिरहेका छन् । 


नेपालले आफ्नो भौगोलिक अवस्था र परिस्थितिअनुसार विशेष योजना बनाएर जोखिम न्यूनीकरणका काम गरिरहेको सरकारको भनाइ छ ।


मुलुकले हिउँदमा चिसोबाट र बर्खामा बाढी, पहिरो र डुबानबाट उत्पन्न विपद्को सामना गर्नुपरेको छ । 

विगतमा पनि सरकारले चिसोका कारण सामान्यबाहेक ठूलो क्षति बेहार्नु नपरेको स्मरण गर्दै गृहमन्त्री थापाले विपद्बाटभन्दा बढी मानवीय क्षति सडक दुर्घटनाबाट हुने गरेको भन्दै चिन्ता प्रकट गरे । 

“उक्त दुर्घटनाबारे प्रधानमन्त्री र राष्ट्रपतिले पनि चासो व्यक्त गर्नुभएको छ, सडक दुर्घटना रोक्न र यसबाट हुने जनधनको क्षति न्यूनीकरणमा ठूलै काम गर्नुपर्ने देखिएको छ”, बैठकमा गृहमन्त्री थापाले भने ।

 उनले हालै गठन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशको अवस्थाअनुसार योजना निर्माण गरेर जोखिम न्यूनीकरणमा काम गर्ने आशा व्यक्त गरे । 

बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद्को अवस्थाबारे जानकारी गराएको थियो । बैठकले प्राधिकरणको कार्य सञ्चालन कार्यविधि र विपद् पूर्वतयारी तथा प्रतिकार गर्ने  योजना तर्जुमा निर्देशिका २०७६ को मस्यौदा पनि स्वीकृत गरेको गृह मन्त्रालयले जनाएको छ । 

विपद् व्यवस्थापन कोषबाट शीतलहर तथा हिमपातको असर न्यूनीकरणका लागि पूर्वतयारी गर्न तराईका २२ र हिमाली क्षेत्रका २० जिल्लाका लागि छुट्याइएको एक करोड ४० लाख, ७९ हजार, दिवस मनाउन छुट्याएको रु ५० हजार र जिल्ला विपद् व्यवस्थापनका लागि कोषमा निकासा गरेको रु ५३ लाख गरी कूल रु एक करोड ९४ लाख निर्णयको अनुमोदन गरेको छ । 

बैठकमा विभिन्न जिल्लामा हिमपात, शीतलहर र चिसोबाट प्रभावितलाई राहत वितरण अवस्थाबारे जानकारी गराइएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...