2077 जेष्ठ 12 सोमबार

लक्ष्य अनुरुप राजस्व उठाउन सरकार असफल, तीन महिनामा २ खर्ब मात्रै असुली

  |      00:00:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
लक्ष्य अनुरुप  राजस्व उठाउन सरकार असफल, तीन महिनामा २ खर्ब मात्रै असुली

काठमाडौं कात्तिक, १९– सरकारले लक्ष्य अनुरुप राजस्व असुल गर्न नसकेको देखिएको छ ।  सरकारले असोज मसान्तसम्म २ खर्ब ५२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा २ खर्ब रुपैयाँ मात्र संकलन भएको छ ।

 अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्ष ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । जुन गत आर्थिक वर्षको लक्ष्य भन्दा २९ प्रतिशत बढी हो । गतवर्ष नै लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको सरकारले लक्ष्य धेरै लिएको भन्दै अर्थशास्त्रीले आलोचना गरेका थिए । तर सरकारले सुनेन । अर्थशास्त्रीले महात्वाकांक्षी भनेको राजस्व संकलन गर्न सरकार पहिलो तीन महिनामै चुकेको छ ।

लक्ष्य नै महत्वाकांक्षी त छदैछ । साथै आयातमा आएको कमिले पनि राजस्वमा गिरावट आएको हो । पछिल्लो तीन महिनामा ब्यापार घाटा १२ दशमलव २ प्रतिशतले घटेको छ ।

मुलुकको अधिकांश राजस्व आयातीत सामानमा लागेको करबाट प्राप्त हुने गर्छ । यो वर्षको तीन महिनामा विदेशबाट आयात हुने बस्तु भने १० दशमलव ३४ प्रतिशतले घट्यो । जसका कारण सरकारले लक्ष्य अनुरुप राजस्व  असुल गर्न नसकेको देखिन्छ  ।

आयात घट्दा यसले भन्सार महसुलका साथै, भ्याट, अन्तशुल्क, यातायात शुल्क  र सेवा शुल्कमा पनि गिरावट ल्याउँछ ।  अहिले राजस्व भन्दा साधारण खर्च बढी छ । यसको अर्थ लक्ष्य अनुसार राजस्व संकलन नहुँदा साधारण खर्चका लागि पनि विदेशी ऋण र अनुदानमा भर पर्नुपर्ने हुन्छ ।

 

 

पूर्व अर्थसचिव शान्तराज सुवेदीका अनुसार कुल राजस्वको ५२ प्रतिशत हिस्सा भन्सार नाकामा उठ्ने गरेको छ । अर्थात कुल राजस्व मध्ये भन्सार नाकाहुँदै आएका सामानहरुबाट उठ्ने गरेको छ । आयातमा कमि ल्याए अनुसार देशमा यहाँको उत्पादन भने बढ्न सकेको छैन ।

 

आयातीत सामानमा लगाएको करबाट राजस्व धान्नु राम्रो भने होइन । तर आयातीत सामान रोक्दा देशमा उत्पादन बढाउन सके त्यसले बल्ल राजस्वमा योगदान गर्न  सक्छ । र , अर्थतन्त्रमा आयात रोकिदा पनि खासै असर पर्दैन ।  त्यसैले सरकारले राजस्वमा बृद्धि गर्न अब देशमा उत्पादन बढाउन जोड दिनु पर्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...