2077 श्रावण 28 बुधबार

राष्ट्र बैंकको ढुकुटी खर्चेर वार्षिक ५ सय कर्मचारी विदेश सयर

  |      00:00:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
राष्ट्र बैंकको ढुकुटी खर्चेर वार्षिक ५ सय कर्मचारी विदेश सयर

काठमाडौं पुस, २६– नेपाल राष्ट्र बैकको ढुकुटीबाट वार्षिक ५ सय कर्मचारी भारतबाहेक अन्य तेस्रो मुलुक भ्रमण गर्ने गरेका छन् । भ्रमणका गएका कर्मचारीका लागि लुगाभत्ता, मनोरञ्जन र ट्याक्सी खर्च पनि राष्ट्र बैंककै ढुकुटीबाट खर्च हुने गरेको देखिएको छ ।

स्रोतका अनुसार लुगा र मनोरञ्जनका लागि गत वर्ष राष्ट्र ४ करोड ५९ लाख  खर्चेको छ । गत वर्ष मात्रै राष्ट्र बैंकले विदेशको भ्रमणमा १५ करोड ७७ लाख खर्च गरेको छ जुन अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा ६  प्रतिशतले बढेको देखिन्छ । विदेश भ्रमण भत्ताका लागि राष्ट्र बैकले ५ करोड ९८ लाख खर्च गरेको छ भने हवाई टिकटमा ५ करोड २० लाख खर्च भएको छ ।

बैंकले वार्षिक रपमा सबै कर्मचारीलाई २० देखि २५ हजारको पोशाक भत्ता दिन्छ । तर  सोहि कर्मचारीले विदेश भ्रमण गरे थप ४१ हजार ४ सय बराबरको खर्च पाउँछ । अवलोकन भ्रमणको नाममा   समेत ठूलो संख्यामा कर्मचारी विदेश भ्रमण गर्ने गरेका छन्  ।

ट्रेड युनियनकै सदस्यहरु विदेश भ्रमणमा जाने र आफ्ना नजिककालाई भने विदेशमा छापिएका नोट लिन कलकत्ता पठाउने गरेका छन् । जसका कारण पनि यो विषय तैचुप मैचुप रहेको छ । जबकी तेस्रो मुलुकबाट आउने अन्य सामान सिधै बिरगञ्ज सुख्खा बन्दरगाहमा आउछ ।

तर, नोट भने अहिलेसम्म पनि कलकत्तासम्म मात्रै ल्याउने र त्यसका लागि राष्ट्र बैंकले वर्षेनि डेढ सयको हाराहारीमा जाने गरेका छन् । कर्मचारी विदेशमा तालिममा जाने गरेपनि त्यस्तो तालिम खासै उपलब्धीमुलक नभएको बिज्ञहरु बताउँछन् ।

सोधानान्तर घाटा बढ्दै गएपछि राष्ट्र बैंकले गत वर्षदेखि बिदेश घुम्न जानेहरुले लाने रकममा कडाई गर्दै आएको छ । गत वर्षको कात्तिक महिनामा २५ सय अमेरिकी डलर सटही सुविधा कटौति गर्दै १५ सय कायम गरेको राष्ट्र बैंकले आफ्नै विदेश भ्रमणको खर्च  भने वर्षेनि बढाएको देखिन्छ ।

गत वर्षको असोज मसान्तमा मुलुकको सोधानान्तर स्थिती ३५ अर्ब ४२ करोडले घाटामा थियो । जुन अघिल्लो वर्ष ४ अर्ब २७ करोडले बचतमा थियो । 

यसरी मुलुकको घाटा बढ्दै गएपछि राष्ट्र बैंकले विदेशीने  पैसा घटाउनका लागि विदेश घुम्न र पढ्न जादा लान पाइने रकममा नै कटौति गर्याे । जसका कारण पनि अहिले मुलुक सोधानान्तम बचतमा छ । तर, राष्ट्र बैंक आफैले भने विदेश भ्रणका लागि गर्ने खर्चमा कुनै कमि ल्याएको छैन । बरु यो वर्षेनि बढ्दै गएको देखिन्छ  ।

राष्ट्र बैंकले कर्मचारी भ्रमणमा गर्ने खर्चमा कमि ल्याउनु जरुरी छ। साथै नोटकै लागि भारत भ्रमण गर्ने चलनको पनि अन्त्य गर्नु जरुरी छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...