2076 चैत्र 19 बुधबार

राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  |      20:16:00   |  

प्रयोजक :

15806254601210x100-NIC-super.gif
Corporate-benefit_1280x150Pixles.gif
राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं माघ, ११–
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोह माननीय अर्थमन्त्री डा.युवराज खतिवडाको प्रमुख आथित्यतामा शुक्रवार सम्पन्न भएको छ । समारोहमा माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्तरको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहने  बताउनुभयो । उहांले राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने बताउनुभयो ।

समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा रा.वा. बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको बताउनुभयो । 

बैंकका संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धती र सेवाको गुणस्तरमा सुधारभएको बताउनुभयो ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनुभयो । उहांले २०७६ पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको बताउनुभयो । बैैंकले यस अवधिमा खुद मुनाफा २ अर्ब ५ करोड रुपैंया गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो ।

उहांले आर्थिक वर्ष २०७६।०७७ लाई क्लिन एण्ड स्मार्ट आरबीबी भन्ने अभियान संचालन गरी फिजिकल र फाईनान्सीयल स्मार्टनेसको लक्ष्य सहित विभिन्न प्रकारका कामहरु गरि रहेका छौ । यस सिलसिलामा लामो समय देखि नधुल्याइएका पुराना कागजपत्रहरु धुल्याउने काम सम्पन्न गरेका छौ । पुराना फर्निचरहरु, गाडी तथा सरसामानहरु लिलाम विक्री गरिसकेका छौ । लामो समय देखि अनरिकन्सीलाईड तथा पेन्डिंगमा रहेका हिसाब मिलान कार्यलाई कार्यदल बनाएर राफसाफ गर्ने गरी काम अगाडि बढाएको बताउनुभयो ।

कार्यक्रममा बैंकमा क्रियाशिल तीन वटै ट्रेड यूनियनका अध्यक्षहरुले शुभकामना ब्यक्त गर्नुभएको थियो । आज भन्दा ५५ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो । हाल देशभर बैंकका २३८ वटा शाखा कार्यालय, २०५ वटा ए.टि.एम, २८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् ।

कार्यक्रममा बैंकको ५५ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार २०७६ विमोचन गरिएको थियो । कार्यक्रममा  बैंकको सर्वोत्कृष्ठ÷उत्कुष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरुको नाम घोषणा, सर्वोत्कृष्ठ÷उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषणा, कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पुरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । 

कार्यक्रममा ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान, प्रभातफेरी, विभिन्न खेलकुद कार्यक्रमहरु केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा शाखा कार्यालयहरुमा संचालन भएका थिए ।

कार्यक्रममा शेयरधनिहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकशरु, बैंक संचालक समितिका सदस्यहरु, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधकारी, कर्मचारी संचय कोषका कोष प्रशासक तुलसी गौतम, नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल, रावा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारीे र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी र महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिति रहेको थियो । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...