2077 जेष्ठ 14 बुधबार

मोरंग व्यापार संघ र उद्योग संगठन मोरङद्वारा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

  |      14:17:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
मोरंग व्यापार संघ र उद्योग संगठन मोरङद्वारा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौ, जेठ ९ । मोरंग व्यापार संघ र उद्योग संगठन मोरङद्वारा कोशी अञ्चल अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमण नेपालमा पनि व्यापक रुपले फैलिन थालेको सन्दर्भमा त्यसको रोकथाम एवं नियन्त्रण गर्न ने.उ.वा.महासंघका संस्थापक सदस्य ‘मोरंग व्यापार संघ’ र सदस्य ‘उद्योग संगठन मोरङ’ले सरकारका स्वास्थ्य संरक्षणका हरेक कदमहरुलाई आत्मसात गरी निरन्तर रुपले सहकार्य गर्दै आएको छ ।

सोही क्रममा बिहिबा संघ र संगठनले कोरोना संक्रमितहरुको स्वास्थोेपचारमा सहयोग पु¥याउने उद्देश्यले प्रादेशिक राजधानी विराटनगरको कोशी अञ्चल अस्पताललाई एक सय (एक सय) थान स्वास्थ्य सुरक्षा सामग्री (पिपिई सेट) उपलब्ध गराएको छ । 


मुलुकमा हाल दिनहुँ रुपमा संक्रमितहरुको संख्यामा बृद्धि भई रहेकोमा तिनको प्रत्यक्ष निगरानी, परिक्षण र उपचारमा खटिएका कोशी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको पहलमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे सहित संघ–संगठनको संयुक्त टोलीले उक्त पिपिई सेट कोशी अञ्चल अस्पतालकी मे.सु डा. संगीता मिश्रालाई हस्तान्तरण गरेको छ । 

हस्तान्तरण गर्ने क्रममा संघका अध्यक्ष मुन्दडाले कोभिड १९ रोगबाट संक्रमित रोगीहरुको रेखदेख एवं स्वास्थोपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुलाई केहि हद सम्म भएपनि स्वास्थ्य सुरक्षाको प्रत्याभूति होस् भन्ने अभिप्रायले उक्त स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गराइएको जानकारी गराएका थिए । 

संघ र संगठनका अध्यक्षद्वयबाट हस्तान्तरित ती सामग्रीहरु ग्रहण गर्ने क्रममा कोशी अञ्चल अस्पतालकी मे.सु. डा. संगीता मिश्राज्यूले वर्तमान जटिल परिस्थितिमा स्वास्थकर्मीहरुको जीवन रक्षार्थ अत्यावश्कीय स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराई मानवीय धर्म निर्वाह गर्नु भएकोमा संघ र संगठनका अध्यक्षज्यूहरुलाई धन्यवाद दिनु भई आगामी दिनमा पनि संघ र संगठनबाट निरन्तर साथ र सहयोगको अपेक्षा लिएको बताए थिए । 

उक्त सुरक्षा सामग्रीहरु हस्तान्तरण गर्न संघका तर्फबाट निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडा, उपाध्यक्ष विकास कुमार बेगवानी, महासचिव अनिल कुमार साह का. सदस्यहरु अमित सारडा, राजेश बगडिया र संगठनका तर्फबाट वरिष्ठ उपाध्यक्ष सुयस प्याकुरेल उपाध्यक्ष राकेश सुराना लगायतको उपस्थिति रहेको थियो । यस अघि संघ र संगठनले प्रदेश र स्थानीय सरकारहरुमार्फत सर्वसाधारणहरुकालागि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरु समेत उपलब्ध गराएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...